Sunday, November 9, 2014

प्याज खाय फाइदै फाइदा !BENEFITS OF ONION

धेरै फाइदा गर्छ प्याजले
प्याज आलुपछि सबैभन्दा बढी खाइने
तरकारीमा पर्छ ।

प्याजका फाइदा कम छैनन् । सास गनाउँछ भनेर युवा वर्ग
यसको सेवनबाट
हच्किने गरेको देखिन्छ । तर तिनले के भुल्नु हुँदैन भने, प्याज
राम्रो तरकारीका साथै अति राम्रो औषधि समेत हो ।
प्याजमा केलिसिन
र राइबो फलेबिन -भिटामिन बी) पर्याप्त मात्रामा हुन्छ

प्याजमा ११
प्रतिशत कार्बोहाइड्रेट हुन्छ । यसमा गन्ध हुनुको कारण
यसमा एन-प्रोपाइल
डाइसल्फाइड हुनु हो । यो पदार्थ
पानीमा घुलनशील
एमिनो अम्ल माथि एन्जाइमको प्रतिक्रियाले गर्दा निर्मित हुन्छ ।
आधुनिक चिकित्सा विज्ञानको नयाँ अध्ययन अनुसार, प्याजको नियमित
उपयोगले
ग्यास्टि्रक अल्सरबाट बचाउ हुन
सक्छ । यस्तै, स्विटजरल्यान्डस्थित बर्न विश्वविद्यालयमा
गरिएको अध्ययनले
यसको नियमित सेवनले ओस्टियोस्पोरोसिस हुने सम्भावना समेत कम
हुने
देखाएको छ । केही अन्य अध्ययनले प्याजको नियमित
उपयोगबाट
पेट र मस्तिष्कको क्यान्सर हुने जोखिम कम हुने उल्लेख
गरेका छन् ।

प्याजले रगतमा कोलेस्ट्रोल, ट्राइग्लिसराइड र थ्रोम्बोक्सेनको
स्तरमा समेत
कमी ल्याउँछ । विभिन्न अध्ययन अनुसार,
प्याजमा एन्टिब्याक्टेरियल
र एन्टिफंगल गुण समेत हुन्छ ।

आयुर्वेदमा प्याज अजीर्ण अर्थात् खाना नरुच्ने-
नपच्ने र
झाडापखालामा उपयोगी हुने उल्लेख छ ।

योजीवाणुरोधी, तनावरोधी,
पीडानाशक, मधुमेह नियन्त्रक,
पत्थरी विरोधी र
वाथरोधी मानिन्छ

प्याज प्राचीन कालदेखि नै
कति उपयोगी रहँदै
आएको छ
भने, मिश्रको पिरामिडका निर्माताहरूसमेत प्याज खान्थे रे ।

पिरामिडका ममी -मानव शवह) रूपमा समेत प्याज
पाइएको छ ।

प्याजलाई छालामा दल्दा कपाल बढ्ने जनविश्वास समेत छ ।
एक शेयर गर्न नबिर्सनूहोला"

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top