Monday, November 10, 2014

कुवेती साहुले नेपाली महिला कामदारलाई छुरा हाने


दियु पौडेल,नोभेम्वर १०,२०१४
नवलपरासी कावासोति -८
की मुना दमाईको छुरी प्रहार
गरी हत्या गर्ने प्रयास रहेको कुवेतवाट समचार
दाता मौसम लिम्वुले जानकारी दिनुभएको छ
कुवेतको रेहाबमा रहेको एक कुवेतीको घरमा काम
गर्ने नेपाली घरेलु महिला कामदार
माथि घरधनी(साहु) कुवेतीले छुरा प्रहार
गरेका छन।अरब टाइम्समा बताइए अनुसार, साहुले घर भित्रै
छुरा प्रहार गरेपछी साहुको बहिनिले कुवेत
प्रहरीमा खबर गरेकी थीइन
भने घाइते नेपाली चेलीलाई
कुवेतको फर्मानिया अस्पातलमा उपचारार्थ भर्ना गरिएको छ।
-
अरब टाइम्सका अनुसार घरेलु महिला कामदार र साहु बिच भनाभन
हुँदा आबेगमा आएर साहुले उनि माथि छुरा प्रहार गरेका थिए।नाम
तथा ठेगाना र उमेर नखुलाइए पनि नेपाली घरेलु
महिला कामदारलाई फर्मानिया अस्पातलमा भर्ना गरिएको र साहुलाई
कुवेत प्रहरीले पक्राउ गरेको जनाइएको छ।

यस बारेमा नेपाली दुताबास कुवेतकी श्रम
सहचरी श्रीजना तिवारीलाई
संपर्क गर्दा दुताबासमा अहिले सम्म कुनै
जानकारी नआएको र यसै समाचारलाई आधार
मानी आफुहरुले खोजी गर्ने बताइन।

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top