भिडियो हेर्नका लागि तलको बक्समा क्लिक
गर्नुहोस
२०७१ मंग्सीर ९ काठमाडौँ ।
दाईजोका कारण आगोमा जलाइएकी २०
वर्षीय रिहाना ढपाली उपचार गराएर
माईती घर फर्के पनि पिडकहरुलाई
सरकारले कानुनी दायरामा ल्याउन
नसकेको प्रति चिन्ता व्यक्त गरे
कि छन् ।
रिहानाको स्वास्थ्य
अवस्थाको बारेमा जानकारी लिन
पुगेको तराई मानव अधिकार रक्षक
संजाल थर्ड एलायन्स उप क्षेत्रीय
कार्यालयका संयोजक आलम खान संग
कुरा गर्दै रिहानाले भनिन्,‘विभिन्न
संघ संस्थाको सहयोग र
डाक्टरहरुका कारण आफू बाच्न सफल
भए पनि जिउदै मेरो हत्या गर्ने
प्रयास गरेकोहरुलाई स्थानीय
प्रशासनले पक्राउ नगरेको बताउदै
उनले स्थानीय प्रशासनले पिडकहरुलाई
पक्राउ नगरी अन्याय गरेको बताईन् ।’
काठमाडौको विर अस्पतालबाट उपचार
गराएर फर्के
की रिहाना आफनो आमा संग बस्न
पाएको प्रति खुशी रहेको बताउदै
उनले आफू पूर्ण रुपमा निको भए
पछि पिडकहरुलाई
कानुनी दायरामा ल्याएर देखाउने
बताए कि छन् । आफू जस्तै अरु कसैले
पिडा झेल्नु नपरोस
भन्नका लागि शान्तिपूर्ण
रुपमा संघर्षको तयारी गरी रहेको रिहानाले
बताए कि छन् । रिहानालाई जलाउने
श्रीमान र सासु लगायत अन्य
व्यक्तिहरु खुल्ला रुपमा घुमि रहे
पनि प्रहरी प्रशासनले पक्राउ
नगरेको बताउदै तत्काल पिडकहरुलाई
पक्राउ गर्न स्थानीय प्रशासन संग
माग गरेकी छन् । यस्तै
रिहानाको बुबा समिम शेषले
छोरी रिहानाको नागरिकता बनाउन
का लागि सहयोग गरि दिन थर्ड
एलायन्स उप क्षेत्रीय कार्यालय संग
आग्रह गरेका छन् । नेपाली भएको म
आफूलाई गर्भ रहेको बताउदै रिहानाले
नेपालको अधिकारीक नागरिक बन्ने
सपना बोकेको बताए कि छन्,
जिवनको सम्पूर्ण थोकको अन्त्य भए
पनि नेपाली नागरिकता बनाउने र
नेपाली नारीहरुलाई कम उमेर
मा विवाह नगर्न र
शिक्षाको ज्योतीलाई फैलाउने
लक्ष्य बोकेको बताए कि छन् ।
यता थर्ड एलायन्सका उप क्षेत्रीय
संयोजक आलम खानले
रिहाना नेपाली हुन,
बंशजको अधारमा नागरिकता उनले
पाउनु पर्ने बताए । खानले समिम
शेषले
छोरी रिहानाको नागरिकता बनाउनका लागि अनुरोध
गरेकोले नागरिकताका लागि आवश्यक
पर्ने सम्पूर्ण कागजात संकलन गर्न
सुरुगरेको बताए । खानले कागजातहरु
पुरा भए पछि प्रमुख
जिल्ला अधिकारी संग कुरा गरेर
रिहानालाई नागरिकता दिलाउने
तयारी गरेको बताए । रिहाना उपचार
गराएर फर्के पछि अहिले सहज रुप
हिडडुल गर्न सकेकी छन् । बाँके
लक्ष्मणपुर ८ मियापुरमा रिहानालाई
मोटरसाइकल र
भैसी दाइजो नल्याएको भन्दै उनकै
पति र सासूले जलाएर मार्ने प्रयास
गरेका थिए । शरीरको तल्लो भाग पुरै
जलेकी उनलाई दुई दिन घरमै राखेर
उपचार बहानामा भारत बहराइच पुर्याएर
घटना गुपचुप पारिएको थियो ।




0 comments: