Wednesday, November 12, 2014

६ वर्षीया बालिका बलात्कृत


स्याङ्जा : स्याङ्जामा एक ६ वर्षीया नाबालिका बलात्कृत
भएकी छन् ।

नाबालिका बलात्कार
गरेको अभियोगमा सेतीदोभानका–१९ वर्षीय
शिव विकलाई प्रहरीले पक्राउ गरेको छ ।
दाजु नाता पर्ने उनले बालिकालाई फकाउँदै घर
भन्दा केही परको विद्यालय पछाडि बलात्कार
गरेको प्रहरीको भनाइ छ ।

बलात्कारपछि बालिकाले पेट र गुप्तांग दुख्यो भनेपछि दाजु पर्नेले
बलात्कार गरेको खुल्न आएको हो । बालिकाको योनीबाट
बाहिर चोट लागेको र पानी बग्ने क्रम
नरोकिएपछि उपचारका लागि स्वास्थ्य संस्थामा भर्ना गरिएको छ ।
बालिकाका बाबा केही दिनअघि मात्र वैदेशिक
रोजगारीमा गएका थिए । उनको घरमा दाजु र आमा मात्र छन्

प्रहरीले युवालाई पक्राउ
गरी जवरजस्ती करणीमा मुद्धा दर्ता गर्ने
तयारी गरेको छ ।

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top