करिब डेढ सय यात्रु बोकेको स्पाइस जेट जहाज बिहीबार राति उड्न ठीक्क परेको अवस्थामा भैंसीसँग ठोक्किएको थियो ।
स्पाइस जेटको फ्लाइट नम्बर एसजी-६२२ सुरत एयरपोर्टमा दिल्ली जानका लागि ठीक्क भएको अवस्थामा अचानक धावनमार्गमा आएको भैंसी जहाजको इन्जिन भएको भागमा आएर ठोक्किएको खबर टाइम्स अफ इन्डियाको अनलाइन संस्करमा उल्लेख छ । स्पाइस जेटका प्रवक्ता सिद्धार्थ कुमारले फ्लाइट एसजी-६२२ का सबै यात्रु र चालक दलका सदस्य सुरक्षित रहेको जनाउँदै सुरत एयरपोर्टमा स्पाइस जेटले अनिश्चितकालका लागि उडान भर्न बन्द गरेको जानकारी दिए ।
भैंसी ठोक्किएपछि जहाजको इन्जिनमा खराबी आएको थियो । जसका कारण सो प्लेनले तत्काल उडान भर्न सकेन । जहाजमा चढिसकेका यात्रुलार्इ ओरालेर अर्को जहाज मुम्बर्इबाट झिकाएर यात्रुलार्इ गन्तब्यमा पुर्याइएको थियो ।
विमानस्थलमा यो घटना हुँदा त्यहाँस्थित जिम्मेवार कर्मचारीले कुनै प्रतिक्रिया दिएका छैनन् । धावनमार्गमै पसेर भैंसी जहाजसँग ठोक्किएपछि विमानस्थलको सुरक्षाव्यवस्थामा पनि प्रश्न खडा भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।





0 comments: