काठमाडौं- नेपालले थाइल्यान्डको फुकेटमा बुधबार सुरु
चौथो एसियाली बिच खेलकुदमा पहिलो पदक जितेको छ।
साम्बो खेलाडी भगवती माझीले
५२ केजी तौल समूहबाट नेपाललाई कांस्य पदक दिलाइन्।
भगवती सेमिफाइनलमा काजकिस्तानकी खेलाडीसँग
पराजित हुँदै कांस्यमा सीमित भइन्।
पहिलो खेलमा वाई पाएकी उनले क्वार्टरफाइनलमा
तुर्कमेस्तानकी खेलाडीलाई पराजित गर्दै पदक
पक्का गरेकी हुन्।
६८ केजी तौलमा प्रतिस्पर्धा गरेका गोपाल पुनमगर
कोरियाली खेलाडीसँग क्वार्टरफाइनलमा
हारेका थिए।
एसियाली बिच खेलकुदमा नेपालले साम्बोसँगै बास्केटबल र
ट्रायथोलनका खेलाडीलाई सहभागिता गराएको छ।
बास्केटबल र ट्रायथोलन बुधबार त्यसतर्फ प्रस्थान गरेका छन्।
ट्रायथोलनका टीकाराम थापा र हिमाल टमाटाले
प्रतिस्पर्धा गर्ने छन्। टिम प्रशिक्षकमा युवराज सुनुवार र टिम
व्यवस्थापकमा ट्रायथोलन संघका महासचिव नीलेन्द्रराज
श्रेष्ठ छन्।
२६ राष्ट्रका ४६ खेलाडीले प्रतिस्पर्धा गर्ने
प्रतियोगितामा नेपाली टिमले व्यक्तिगत स्पि्रन्टमा भाग लिने
छन्। त्यसमा ७५० मिटर पौडी, २० किमि साइक्लिङ र ५
किमि दौड रहनेछ।




0 comments: