Saturday, November 15, 2014

गाजर खाँदा यति धेरै फाइदा. जानी राखौं

गाजरलाई जाडोको फल पनि भनिन्छ । यसमा थुप्रै भिटामिन र मिनरल
पाइन्छ । गाजरमा एन्टी-अक्सीडेंट्स भिटा-
क्यारोटिन, अल्फा क्यारोटिन, क्याल्शियम, भिटामिन ए,
बी 1, बी 2, सी र ई समेत
हुन्छ । यहाँ गाजर खाँदा हुने ७ फाइदाको चर्चा गरिएको छ ।

१ क्यान्सरबाट बचाउँछ अनुसन्धानबाट गाजर सेवनले
क्यान्सरको सम्भावना कम हुने देखाएको छ । यसमा हुने
फ्यालकारिनल र फ्यालक्यरिन्डियलले क्यान्सरबाट बचाउँछ ।

२ जवान राख्छ गाजर एन्टी एजिङ
औषधी नै हो । यसमा हुने भिटा-क्यारोटीन
एक एन्टी-अक्सीडेन्ट नै हो जसले
शरीरमा मेटाबोलिज़्ममा बदलावले हुने तन्तुको मृत्युलाई
रोक्छ र जवान राख्छ । गाजरमा हुने भिटामिन ए ले त्वचालाई
सूर्यको किरणबाट बचाउँछ र भिटामिन एको कमीबाट हुने
कपाल र नङको सुख्खा पनबाट पनि बचाउँछ ।

३ रोगसँग लड्ने क्षमतामा वृद्धी नियमितरुपमा गाजर
सेवन गर्दा चिसोबाट बँच्न सकिन्छ । गाजरमा हुने जुसले
शरीरमा रोगसँग लड्ने क्षमता वृद्धी गर्छ ।
पेटमा हुने विभिन्न संक्रमणबाट पनि बचाउँछ ।

४ दाँतलाई स्वस्थ राख्छ गाजरले हाम्रा दाँतलाई स्वस्थ राख्छ ।
यसमा हुने तत्वले मुखमा हुने दुर्घन्ध समेत हटाउँछ ।
दाँतमा मात्र होइन गिँजामा हुने समस्या समेत गाजर सेवनबाट कम
गर्न सकिन्छ ।

५ आँखा तेज बनाउँछ आँखामा हुने
दृष्टी शक्ति वृद्धी गर्ने
क्षमता गाजरमा हुन्छ । यसमा हुने भिटामिन ए ले
आँखाको ज्योती बढाउँछ । यसमा आँखामा हुने अन्य
समस्यालाई समेत ४० प्रतिशतले रोक्छ ।

६ मस्तिस्क घातबाट बचाउँछ गाजरले मस्तिस्क घातबाट पनि बचाउँछ ।
एक अध्यनका अनुसार जुन ब्यक्तिले सातामा ६ वा त्यस
भन्दा बढी गाजर खान्छ उसलाई मस्तिस्क घात हुने
सम्भावना निक्कै कम हुन्छ । सातामा ७ वटा गाजर खानु राम्रो मानिन्छ

७ हाड बलियो बनाउँछ हाम्रो शरीरमा हुने
हड्डी बलियो पार्न गाजरमा हुने
क्याल्शियमको भूमिका महत्वपूर्ण हुन्छ । गाजरमा हुने अपर,
आइरन, म्याग्नीशियम, फस्फोरस र सल्फरले
शरीरलाई बलियो पार्छ ।

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top