फोटो : मलेसियाली अदालत अगाडि निर्मला
मलेसिया : भ्रुण हत्या गरेको अभियोगमा एक
नेपाली युवतीलाई मलेसियामा एक वर्षको जेल
सजाय दिइएको छ ।
भ्रुण हत्याको आरोपमा गत अक्टोवरमा पक्राउ
परेकी निर्मला थापालाई मलेसियाको अदालतले एक
वर्षको जेल सजाय तोकेको हो । पेनाङ्ग राज्यको तामान सिकुस्थित एक
पोलीक्लिनिकमा भ्रुण हत्या गरेको प्रमाणसहित थापालाई
मलेसियन प्रहरीले पक्राउ गरेको थियो ।
उनलाई यहाँको अदालतले नोभेम्वर १२ मा सो सजाय सुनाएको हो ।
नेपाली दुतवास मलेसियाकी प्रथम सचिव
द्रौपदा सापकोटाका अनुसार भ्रुण
हत्याको आरोपमा नेपाली महिलालाई जेल सजाय
भएको यो पहिलो घटना हो ।
घटनामा संलग्न भनिएका युवा भने फरार छन् । ९ अक्टोवरमा पक्राउ
परेकी थापालाई १३
अक्टोवरमा यहाँको स्थानीय अदालतले १० वर्षको जेल
सजाय सुनाएको थियो ।
मलेसियन भाषामा लेखिएको सजाय पत्र उनले
नबुझेको अदालतमा वताएपछि दोभाषेसहित मुद्धा पुर्नविचारका लागि समय
दिइएको थियो । निर्मलाको मुद्दामा अदालतले उचित
प्रक्रिया पूरा नगरी सजाय तोकेकाले
उनको अधिकारको लागि थप पहल गरिने सापकोटाले बताइन् ।




0 comments: