काठमाडौं : चन्द्रनिगाहपुरस्थित एसबीआइ
बैंकबाट निकालिएको २० लाख लुट्ने
हतियारधारी समूहका एकजनालाई प्रहरीले
समाएको छ। घटनास्थलबाट करिब एक
किलोमिटरको दुरीमा गोली लागेको अवस्थामा उनी पक्राउ
गरेका हुन् । पक्राउ
पर्नेमा सिन्धुली पिपलमाडीका नारायण राइ छन्
। उनको ढाडमा गोली लागेकोले उनलाई
उपचारका लागि चितवन अस्पतालमा ल्याइएको छ। पक्राउ
परेका अभियुक्त आफै घाइते भएर उपचारका लागि लगिाएको र
केही बोल्नसक्ने अवस्था नरहेकाले घटनाबारे थप
विवरण केही प्राप्त नभएको प्रहरीले
बताएको छ। रकम बोकेका तीनजना फरार रहेका छन् ।
प्रहरीले तीनको खोजी कार्य
गरिरहेको छ। प्रहरीले रकम लुटेर भाग्ने
क्रममा प्रयोग भएका दुईवटा मोटरसाइकल बा ३९ प ६९३३ र बा ६२ प
९४१८ पनि बरामद गरेको छ। भाग्ने क्रममा लुटेराले
छोडेको आशंका प्रहरीको छ।
रौतहटको चन्द्रनिगाहपुरस्थित मेन रोडमा रहेको नेपाल
एसबीआई बैकबाट रकम झिकेर
निस्केका आइडी बैंक ( इन्फ्रास्ट्रक्चर डेभेलपमेन्ट
बैंक) का गार्डलाई
गोली हानी एउटा समुहले २० लाख
लुटेका थिए। आइडी बैकका गार्ड टेक बहादुर
कार्कीलाई तिघ्रामा दुई
गोली हानी रकम लिएर भागेका थिए।




0 comments: