हेमन्त केसी जाजरकोट, मंसिर ६–विहीवार
भेरी नदिमा वेपत्ता भएको यात्रुवहाक बसवाट आज
२ वटा शब निकालिएको छ ।
कर्णाली चिसापानी र पोखरावाट
आएको गोत्ताखोरको टिमले पानीभित्र
रहेका बसवाट २ वटा शब निकालेका हुन् ।
नदीको झण्डै १० मिटर तल वस रहेको र वस
निकाल्नका लागी डोरीले तान्नेकाम भईरहेको छ ।
निकालिएका शब मध्ये डाडाँगाउ ४ का दल प्रसाद
जैसीको रहेको र अर्को एकको सनाखत हुन
वाँकी रहेको छ । त्यस्तै सुर्खेतको जहरेमा भेरीले
वगाएको १ वटा लास फेला परेको छ । बसमा अझै ५०
भन्दा वढी यात्रु हुन सक्ने अनुमान गरिएको छ ।
विहान ९ वजे देखी उद्धार कार्य भएपनि अहिले सम्म
वस पानी वाट वाहिर निकाल्न सकिएको छैन ।
प्रहरीका अनुसार अहिले सम्म ७ वटा शब
फेला परेको छ । उद्धारमा नेपाली सेना , शसस्त्र
प्रहरी, प्रहरी ,स्थानिय जनताहरु , राजनैतिक दल ,
जाजरकोट क्षेत्र नं १ का सभासद सक्ती वहादुर
वस्नेत लगायत खटिएका छन् ।




0 comments: