Wednesday, November 19, 2014

लिङ्ग उत्तेजित गराउने ६ तरिकाहरु जानी राखौं:

उमेर चढ्दै गइसकेपछि पार्टनरलाई बेडमा सन्तुष्टि प्रदान
गर्न अलि कठिन हुने गर्दछ । लिङ्ग उत्तेजना नहुने
समस्याले तपाईंको सेक्स लाइफमा नकारात्मक असर
पुर्याउँदछ । सेक्स लाइफमा पूर्ण सन्तुष्टि प्राप्त
गर्नको लागि स्वस्थ जीवन बाँच्न अत्यावश्यक
छ । हामीले यहाँ लिङ्ग उत्तेजित गराउने
६ तरिका उल्लेख गरेका छौँ, जसलाई
जीवनमा अपनाउँदा तपाईंलाई फाइदा पुग्नेछ ।

१. राम्रो खानाको सेवनः
तपाईंको डाइटको केहि साधारण परिवर्तनले
लिङ्गमा उत्तेजना ल्याउन मद्दत गर्दछ । केरा, अण्डा,
बदाम, खुर्सानी, प्याज र वाइनले
तपाईंको सेक्सको क्षमतालाई वृद्धि गर्न सहयोग गर्दछ ।
जंक फुडहरुबाट टाढै रहनुहोस् ।

२. तपाईंको लिङ्गलाई व्यायामको आवश्यकता पर्दछः
स्वस्थ मानिसहरु जहिले
पनि सेक्सुअल्ली एक्टिभ हुन्छन् ।
व्यायामले तपाईंको सेक्स ड्राइभ र क्षमतामा वृद्धि गर्न
मद्दत गर्दछ । लिङ्ग उत्तेजना हुने नदिने तत्व,
तनावलाई यसले घटाउन मद्दत गर्छ र
टेस्टोस्टेरोनको उत्पादनमा सहयोग गर्छ ।
लिङ्गको लागि ‘केगेल’ व्यायाम निकै लाभदायक मानिन्छ ।

३. धुमपान र मद्यपानबाट टाढै रहनुहोस्ः
धुमपान र मद्यपानले तपाईंको सेक्स लाइफ बर्बाद पार्ने
कुरा कयौँ पटक सुनिसक्नुभएको होला । धुमपानले
तपाईंको रक्तसंचारलाई घटाउँछ जसले
फोक्सोको क्षमतामा ह्रास आउँदछ । यसले
तपाईंको लिङ्ग उत्तेजनामा असर पुर्याउँदछ । मद्यपानले
तपाईंको शरीरलाई लगmद बनाउँदछ र लिङ्ग
उत्तेजनामा असर पुर्याउँदछ ।

४. हस्तमैथुन धेरै नगर्नुहोस्ः
साँच्चिकैको सेक्सको लागि केहि बचाउनुहोस् ।
हस्तमैथुन धेरै गर्नाले तपाईंको सेक्स
प्रतिको चाहनामा कमी आउन सक्छ ।
निरन्तरको उत्तेजनाले अर्को दिनमा तपाईंको लिङ्ग
उत्तेजनामा कमी आउनसक्छ त्यसकारण
चाहनालाई कन्ट्रोल गर्नुहोस् ।

५. सहि सेक्स पोजिसन चिन्नुहोस्ः
जहिले पनि मुखमैथुनबाट सुरु गर्नुहोस् ।
मिसनरी र डगीजस्ता सेक्स
पोजिसनले धेरै रक्तसंचार गर्ने हुँदा लिङ्ग
उत्तेजना बढि हुने गर्दछ । सुरुमा नै आफ्नो पार्टनरलाई
आफूमाथि चढ्न नदिनुहोस् ।

६. टाइट अन्डरगार्मेन्ट्सहरुको प्रयोग नगर्नुहोस्ः
सुत्दाखेरी टाइट अन्डरगार्मेन्ट्सको प्रयोग
नगर्नुहोस् । यसले पेनाइल टिस्युमा रक्तसंचारमा अवरोध
खडा गर्दछ ।

अन्त्यमा, लिङ्ग उत्तेजना नहुने कुरामा चिन्ता गर्न
छाड्नुहोस् र स्वस्थ सेक्स लाइफ अगाडि बढाउनुहोस् ।

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top