किडनी अर्थात मृगौला शरीरको निक्कै
महत्वपूर्ण अंग मध्ये एक हो । यसले शरीरमा रगत
सफा गर्ने देखि, हार्मोन बनाउने, खनिज सोक्ने, मुत्र उत्पादन गर्ने,
टक्सिन अर्थात खराव पदार्थहरुलाई शरीरबाट निकाल्ने
तथा एसिडको सन्तुलन बनाउने जस्ता काम गर्छ ।
यहाँ हामीले दैनिक जीवनमा गर्ने १०
गल्तीको चर्चा गरिएको छ जसले मृगौलालाई
हानी पुर्याउँछ ।
१ पानी कम पिउने
यदि तपाइँ नियमित पानी पिउने गर्नु हुन्न भने
यसको सबै भन्दा पहिलो र खराव प्रभाव मृगौलामा पर्छ ।
पानीको अभावले गर्दा मृगौलाले रगत सफा गरेर फोहोर
फ्याँक्न कठिन हुन्छ । यसले उल्टो परिणाम दिन्छ
शरीरमा टक्सिन जम्मा हुन्छ ।
२ नून बढी
खानामा चर्को नून खाने बानी छ भने यसले रक्त चाप
बढाउँछ । यसले मृगौलामा दवाव पैदा गर्छ । तपाँइले दिनमा ५ ग्राम
भन्दा बढी नून खानु हानिकारक छ ।
३ पिसाव रोक्ने
यदि पिसाव आउँदा पनि पछि जाउँला भनेर बस्ने बानी छ
भने आजै देखि बानी सुधार्नुस् । पिसाव रोक्ने
बानीले मृगौलामा पत्थरी हुने र मृगौला फेल
नै हुने खतरा समेत पैदा गर्छ ।
४ गुलियो खाने बानी
यदि गुलिया खानेकुरा धेरै बानी छ भने आजै देखि छोड्नुस्
। गुलियो बढी खाँदा यसले
शरीरमा प्रोटीनको मात्रा बढी भएर
मृगौलामा समस्या हुन्छ ।
५ पोषणको अभाव
शरीरमा पोषक तत्वको अभाव भो भने मृगौला खराव
हुन्छ । भिटामिन-6 र म्याग्नेशियम भरपुर खानाले
मृगौलामा पत्थरी हुन दिँदैन ।
६ मासु बढी खाने
मासुको पारखी हुनुहुन्छ र बढी नै मासु
खाने बानी छ भने पनि तपाइँको मृगौला समस्यामा छ ।
मांसाहारले शरीरको पाचन प्रक्रियालाई प्रभावित पार्छ
जसले मृगौलामा सोझै असर गर्छ ।
७ अनिद्रा
रातिमा निद्रा नलाग्ने वा धेरै जागा बस्ने
बानी पनि मृगौलाका लागि घातक छ । यसले
मृगौला सम्बन्धि विभिन्न रोग ल्याउन सक्छ । निद्राले मृगौलालाई
स्वस्थ राख्न सघाउँछ ।
८ चिया कफी बढी सेवन
चिया कफी अत्याधिक
मात्रामा पिउँदा पनि मृगौलामा समस्या हुन्छ । चिया कफीले
शरीरमा क्याफिनको मात्रा बढाउँछ जसले मृगौलामा भार पर्छ
।
९ पेनकिलर सेवन
टाउको दुख्ने वित्तिकै वा सामान्य दुखाइ कम गर्न
पनि गोली खाने बानी छ भने आजै
देखि छोड्नुस् । धेरै पेनकिलरको सेवनले तपाइँको मृगौलामा प्रभाव पार्छ
।
१० जाँड रक्सी
अल्कोहल अर्थात जाँड रक्सीको अत्याधिक सेवनले
पनि मृगौला समस्यामा पर्छ । यसले मृगौला फेल हुने अत्याधिक
सम्भावना हुन्छ ।
यी १० कुरा सँधै ख्याल गर्नुस्




0 comments: