Tuesday, November 25, 2014

मोदीले झण्डा र हात हल्लाएपछि सिंगारिएको बस सिंहदरबारबाट दिल्ली गुड्यो

काठमाडौं, मंसिर ९ – सार्क
सम्मेलनको तयारीले चटारो र
झिलिमिली बनेको सिंहदरबारमा मंगलबार साँझ
अर्को बेग्लै दृश्य देखियो । सरकारी स्तरबाट
काठमाडौं –दिल्ली बस
सेवा सञ्चालनको लागि नेपाल र
भारतका प्रधानमन्त्रीले संयुक्त शुभारम्भ गर्ने
कार्यक्रम भएकाले सिंहदरबारमा घुईंचो थियो ।

३२ जना यात्रु
बोकेको बस
दिउँसैदेखि प्रधानमन्त्री कार्यालयको अघिल्तिर
रोकिएको थियो । बसलाई फूलमाला र ध्वजापताकाले
सिँगारिएको थियो । बस दुई बजे
दिल्लीका लागि गुड्ने भनिएपनि दुई
देशका प्रधानमन्त्रीले शुभारम्भ गर्ने
कार्यक्रम भएकाले यात्रुसहित सिंहदरबार
पुर्याइएको हो । बेलुकी ६ बजेपछि मात्र
शुभारम्भ कार्यक्रम भएपनि दुई
देशका प्रधानमन्त्रीलाई नजिकबाट देख्न पाइने
भएकाले यात्रुलाई यसको पर्वाह थिएन ।
सिंहदरबारको कार्यालयमा अरु काम भ्याएपछि दुई
देशका प्रधानमन्त्री बस सेवा शुभारम्भ गर्ने
काममा लाग्नुभयो । मान्छे देख्ने बित्तिकै मुस्कुराउने र हात
हल्लाउने
बानीभएकाफरासिलास्वभावकाभारतीय
प्रधानमन्त्री नरेन्द्र
मोदी बसभित्रै पुग्नुभयो । यात्रुलाई
शुभयात्रा भन्नुभयो । हात हल्लाउनुभयो । फेरि तल
ओर्लनुभयो ।
नेपालका प्रधानमन्त्री सुशील
कोइराला र उहाँ मिलेर झण्डा हल्लाउनुभयो ।

अनि बस
सिंहदरबारबाट दिल्लीतर्फ गुड्यो । नेपाल
यातायात व्यवसायी राष्ट्रिय
महासंघका महासचिव सरोज सिटौलाका अनुसार नेपाल भारत
जनमैत्री यातायात सेवाको नामबाट बस
सेवा सञ्चालन सुरु भएको छ । हाल
निजी स्तरबाट दैनिक ३ वटा बस काठमाडौं-
दिल्लीमा सञ्चालन हुदै आएको छ । १०
बर्षदेखि नेपाली व्यवसायीले
दिल्ली-काठमाडौं र काठमाडौं-
दिल्लीका लागि बस सेवा सञ्चालन गर्दै आएको र
यो सेवा यथावत रहने महासचिव सिटौलाले
जानकारी दिनुभयो । नेपालबाट नेपाल यातायात
व्यवसायी राष्ट्रिय महासंघ र भारतबाट
दिल्ली ट्रान्सपोर्ट कर्पोरेशनले
सवारी व्यवस्थापन गर्ने भएकाले
नेपाली व्यवसायीलाई समस्या नपर्ने
आशा गरिएको छ ।

यसअघि नेपाली व्यवसायीले मात्र
बस सेवा सन्चालन गर्दा भारतमा विभिन्न खाले समस्या झेल्दै
आएका थिए । नेपाली यातायात
व्यवसायीको हीत हुने
गरी द्धिपक्षीय सम्झौता गर्न यस
अघि नै सुझाव दिईसकेको महासचिव सिटौलाले
जानकारी दिनुभयो । उहाँका अनुसार
अहिलेका लागि प्रति यात्रु ३ हजार ६ सय ८०
रुपैयाँ भाडा निर्धारण गरिएको छ । काठमाडौं–
दिल्लीको १२ सय किलोमिटरको यो रुट पार गर्न
३६ घण्टा लाग्नेछ ।

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top