मिडिया एनपी, काठमाण्डौ ।
सानो पर्दाको टेलिसृखला तितोसत्य हेर्ने लाखौँ दर्शकको एउटै
प्रश्न हुने गर्छ, के दिपा र दिपक साँच्चिकै श्रीमान
श्रीमती हुन् ? हरेक हप्ताको बिहिबार
प्रसारण हुने यो हास्यव्यग्य टेलिसृखलामा उनीहरुले
आमदर्शकलाई यही प्रश्नले
काउकुती लगाउँदै बषैाँ बिताए । तर अहिले सम्म खुलेर
दर्शकलाई आफ्नो सम्बन्धका बारेमा नखुलाएका दिपक र
दिपाको जोडी अन्नत दर्शकको कौतुहुलतालाई चिर्दै
बैबाहिक बन्धनमा बाँधिएको छ ।
आज काठमाडौँको थलीमा सुटुक्क बिवाह गरेका दिपक र
दिपाले तितोसत्यकै चर्चित कलाकार निर्मल शर्मा गैँडा र चलचित्र
पत्रकार संघका अध्यक्ष शान्तिप्रियालाई
आफ्नो बिहेको साक्षी राखेका छन् । जसलाई निर्देशक
निर्मल शर्मा गैँडाले क्यामेरामा कैद गरेका छन् ।
उनले
मिडीया एनपीलाई जानकारी दिँदै
भने दिपक र दिपाले तितो सत्यमा जस्तै विबाह गर्नुभएको हो । उनले
अझ रहस्य खोल्दै भने नेपालमा पहिलो पटक
भित्रीएको फोर्ड
गाडीको विज्ञापनमा उहाँहरु
दुलाहा दुलहीको भेषमा देखिनुभएको हो तर रियल
लाइफमा भने होइन ।
दिपक र दिपालाई दुलाहा दुलही बनेर
खेलेको प्रचारको निर्देशन पनि निर्मल शर्मा गैँडाले नै गरेका छन् ।
सोमबार दिनभर जसो नै लगाएर छायांकन गरिएको विज्ञापन करिब ४५
सेकेण्डको हुने निर्देशक शर्माले बताए ।
विज्ञापनमा शान्तिप्रिया दुलही दीपाका बुबाको रुपमा देखिएका छन्
। विज्ञापन केही दिनमा नै
टेलिभीजनमा देख्न पाइने निर्देशक शर्माले बताए ।




0 comments: