Monday, November 17, 2014

बालुवामा टाउको गाडेर प्रधानमन्त्री विरुद्ध अनौठो विरोध प्रदर्शन (फोटोफिचर सहित)

विरोध प्रदर्शनको शैली पनि कस्तो अचम्मको ?

हुँदाहुँदा मान्छेले बालुवामा टाउको गाडेर समेत आन्दोलन गर्न थालेका
छन् ।अस्ट्रेलियाको न्यु साउथ वेल्सस्थित
समुद्रतट बोन्डी बिचमा यस्तै प्रदर्शन भएको छ ।

झण्डै २ सय जना मानिसहरु बिहिबार समुद्रतटको बालुवामा टाउको
गाडेर प्रदर्शनमा उत्रिए ।

बि्रसबेनमा चलिरहेको जि ट्वान्टी शिखर सम्मेलनका लागि
विश्वका नेताहरु अस्ट्रेलिया आएको मौका पारेर
वातावरणकर्मीहरु यस्तो अनौठो हर्कतमा उत्रिएका
हुन् ।जलवायु परिवर्तन नियन्त्रणका लागि प्रभावकारी
कदम चाल्न दबाब दिने उद्धेश्यले उनीहरुले यस्तो
प्रदर्शन गरेको बताइएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री जोनी एबटले जि
ट्वान्टी सम्मेलनका बेला जलवायु परिवर्तनको विषयलाई
समावेश नगर्ने निर्णयको विरोधमा प्रदर्शनकारीहरुले
बालुवामा टाउको गाडेर सांकेतिक विरोध गरेका हुन् ।सबैभन्दा जल्दोबल्दो
जलवायु परिवर्तनको विषयलाई सम्मेलनमा समावेश नगराउने एबटको
टाउको साँच्चीकै बालुवामा गाडिएको हुँदा उनले मुख्य विषय
देख्दै नदेखेको प्रदर्शनकारीहरुले बताए ।

एबटले अस्ट्रेलियाली जनताको भावनालाई सम्मेलनमा
प्रतिनिधित्व नगरेको भन्दै जलवायु परिवर्तनका विषयमा
प्रधानमन्त्रीले कुरा नराखेपनि यसलाई मुख्यरुपमा
उठाइयोस् भन्नका लागि ध्यानाकर्षणस्वरुप बालुवामा टाउको गाडेर
प्रदर्शनमा उत्रिएको प्रदर्शनकारीको भनाइ छ ।

तस्विरहरु:

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top