हाम्रो दिनचर्याको महत्वपूण अंग हो सुताइ ।
सुताइ
आरामका लागि अति आवश्यक छ । मानिस मात्र होइन पशु
पंछी पनि सुत्ने गर्छन् । शास्त्रमा सुत्ने
पनि नियम उल्लेख गरिएको छ । यहाँ सुत्दा अपनाउनु पर्ने
नियमबारे चर्चा गरिएको छ ।
सुताइको विज्ञान
हामी जव दिनभरी काम गरेर
थाक्छौं । शरीरको उर्जा कम हुन्छ ।
शरीरमा उर्जा कम भएपछि आराम
जरुरी हुन्छ ।
शरीरको आरामको लागि सुत्नु अत्यावश्यक छ ।
तर सुताइका पनि नियम छन् । सुत्दा जहिले पनि भोजन
गरेको २ घण्टाभन्दा पछि मात्र सुत्नु पर्छ । सुत्ने
समयमा जहिले पनि सकारात्मक सोंच राख्नु पर्छ । सुत्नु
अघि दिशा पिसाव पनि गरिसक्नु पर्छ । हात खुट्टा धोएर
राम्रोसँग पुछेर मात्र सुत्नु पर्छ । सयन
कक्षमा भगवानका चित्र हुनु राम्रो मानिन्छ । सूर्योदय
भन्दा अघि नै उठिसक्नु पर्छ ।
उत्तर सिरानी कहिल्यै नगर्नुस्
सुत्ने समयमा उत्तर दिशामा सिरानी गर्दा विभिन्न
रोग लाग्ने र समस्या आइलाग्ने हुन्छ । सुत्दा जहिले
पनि पूर्व वा दक्षिण पट्टि सिरानी बनाउनु उत्तम
मानिन्छ । यसो गर्दा रोग तथा समस्याबाट मुक्ति मिल्ने
शास्त्रको दावी छ । पश्चिम
पट्टि पनि सकेसम्म सिरानी गर्नु हुँदैन ।
दक्षिणबाट उत्तरी ध्रुवतर्फ प्रगतिशिल
विद्युत प्रभाव भएको हुन्छ र यसले
शरीरमा राम्रो उर्जा पैदा गर्छ । खाना पचाउन र
मस्तिष्कको लागि पनि यो दिशाको सुताइ राम्रो मानिन्छ ।
बायाँ कोख सुत्नुस्
रातिमा सुत्दा जहिले पनि बायाँ कोखो पल्टिएर सुत्नु
राम्रो मानिन्छ । खासमा यो पनि बैज्ञानिक विचारमा आधारित छ
। हाम्रो नाकबाट जुन श्वास बाहिर निस्कन्छ त्यसलाई
स्वर पनि भनिन्छ । नाकको बायाँ छिद्रबाट श्वाश लिनु
क्रियालाई चन्द्र स्वर भनिन्छ । दायाँबाट श्वास निस्कनु सूर्य
स्वर हो । सूर्य स्वरले गर्मी पैदा गर्छ ।
बायाँ कोख पल्टिएर सुत्दा सूर्य स्वर निस्किन्छ । भोजन
पचाउनका लागि पनि यो स्वर राम्रो मानिन्छ ।




0 comments: