आफ्नो ल्यापटपमा निकै महत्वपूर्ण काम
गरिरहँदा वा फोनमा कुरा गर्दा, हामीमध्ये धेरैले
जीवनमा एकपटक ब्याट्रिका कारण समस्या झेल्नु
परेको होला । एक समयपछि चाहे त्यो ल्यापटप होस्
या फोन सबैको ब्याट्रिको क्षमतामा बिस्तारै
ह्रास आउने गर्दछ । तर यदि तपाईं केहि कुरामा ध्यान
दिनुहुन्छ भने तपाईंको स्मार्टफोन र
ल्यापटपको ब्याट्रि एक वर्ष बढि टिक्ने गर्दछ ।
ल्यापटप अथवा फोनको ब्याट्रिलाई यदि राम्रोसँग
हेर्ने हो भने त्यसमा केहि निर्देशन दिइएको हुन्छ
जसलाई हामी मध्ये धेरैले पढ्दैनौँ । कतिपय कुराहरु
हामीलाई त्यहाँ दिइएको निर्देशनबाट थाहा हुन्छ
भने कतिपय कुराहरु हामी तपाईंलाई अहिले
बताउँदैछौँ ।
१. ब्याट्रिलाई अत्यधिक तापक्रमबाट
टाढा राख्नुहोस्ः
कुनै पनि डिभाइसको ब्याट्रि लाइफ त्यसलाई
प्रयोग गर्ने ठाउँको तापमानसँग गहिरो सम्बन्ध
रहेको हुन्छ । यदि तपाईं आफ्नो ल्यापटप र
मोबाइलको प्रयोग त्यस्तो ठाउँमा प्रयोग गर्नुहुन्छ
जहाँको तापमान ३५ डिग्रिभन्दा बढि र
जिरो डिग्रीभन्दा कम
भएको अवस्थामा ब्याट्रिको क्षमता निकै चाँडै कम
हुने गर्दछ । यसका लागि आफ्नो ल्यापटपलाई
सकेसम्म तातो हुनबाट बचाउनुहोस् ।
यसको लागि सम्भव भएको खण्डमा कुलिङ
प्याडमा ल्यापटपको प्रयोग गर्नुहोस् ।
२. फुल डिस्चार्जः
थुप्रै जानकारहरुका अनुसार ब्याट्रि फुल डिस्चार्ज
हुनुभन्दा अगाडि नै चार्ज गर्नपर्ने हुन्छ । अर्थात जब
तपाईंको फोन ४० प्रतिशत चार्ज भएको छ भने
चार्जर निकाल्नुहोस् र केहि क्षण पछि त्यसलाई
फेरि चार्ज गर्नुहोस् । यसले
तपाईंको ब्याट्रि लाइफलाई बढाउन मद्दत गर्दछ र
चार्ज पनि धेरैबेरसम्म रहने गर्दछ । ब्याट्रि ओभर चार्ज
हुनबाट बचाउनुहोस् किनभने यसले
ब्याट्रिमा भएको लिथियम प्लेट खराब हुने गर्दछ ।
३. तेज चार्जिङ गर्ने चार्जरको प्रयोग नगर्नुहोस्ः
ल्यापटप अथवा मोबाइल तेज चार्ज गर्नबाट
बचाउनुहोस् । कुनै पनि डिभाइस चार्ज
गर्नका लागि ओरिजिनल चार्जरको प्रयोग गर्नुहोस्
। यसले तपाईंको ब्याट्रि लाइफलाई सेफ राख्दछ ।
४. जहिले पनि केहि प्रतिशत चार्ज राख्नुहोस्ः
यदि तपाईं १ वा २ हप्ताको लागि कतै बाहिर जाँदै
हुनुहुन्छ भने कम्तीमा ५० प्रतिशतसम्म मोबाइल
अथवा ल्यापटप चार्ज गरेर मात्र बन्द गर्नुहोस्
ता कि जब तपाईं बाहिरबाट आउनुहुन्छ,
त्यसमा ब्याट्रिको मात्रा रहिरहोस् । यसले
ब्याट्रिको भित्र भएको चार्जिङ पार्टिकललाई
एक्टिभ राख्ने गर्दछ ।
५. नक्कली चार्जरबाट बच्नुहोस्ः
फुटपाथमा पाइने चार्जरहरुबाट बच्नुहोस् ।
यस्ता नक्कली चार्जरले तपाईंको डिभाइस चार्ज
नभएता पनि गलत चार्जिङ लाइट देखाउने गर्दछ ।
(एजेन्सी)




0 comments: