प्रहरीले अनुमान (दुर्घटनास्थलको तस्विर सहित)
जाजरकोट, मंसिर ४ – (अपडेट) दुर्घटना हुन नदिन सबै पक्ष
सचेत भएकै बेला बिहीबार जाजरकोटमा फेरि बस
दुर्घटना भएको छ । खचाखच यात्रु बोकेर जाजरकोटको खलंगाबाट
सुर्खेतको राकमका लागि छुटेको ना २ ख १४ ०८ नम्बरको बस
बिहान पौने सातबजे भूरचौरबाट
भेरी नदीमा खसेको हो । सडकबाट
झण्डै ४० मिटर तल नदीमा खसेपछि बस
देखिएको छैन । स्थानीय पत्रकार
दीपेन्द्र शर्माका अनुसार स्थानीयबासिन्दा
र प्रहरीले उद्धारको प्रयास गरिरहेका छन् ।
बिहीबार दिउँसो साढे दुई बजेसम्म ५ जनाको शव
भेटिएको छ । ज्यान जानेमा खलंगा–२
की गीता सोनारको मात्र सनाखत भएको छ
। १० जना घाइतेलाई उद्दार गरेर अस्पताल पठाइएको छ । अरु
यात्रुको बारेमा केही थाहा भएको छैन ।
बसमा कति यात्रु थिए भन्ने यकिन नभएपनि खलंगाबाटै ४२
जना चढेको चलानी रहेकाले बीच
बाटोमा थपिएका समेत गरि ६०
जनाको हाराहारीमा बसमा यात्रु हुनसक्ने
प्रहरीले अनुमान गरेको छ ।
बसभित्रका यात्रुको उद्धारका लागि गोताखोर सहितको हेलिकोप्टर
गएको छ । नेपाली सेनाका चारजना गोताखोर
सहितको सेनाकै हेलिकोप्टर घटनास्थल
पठाइएको गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद
ढकालले जनाकारी दिनुभयो । गोताखोर र आवश्यक
सामाग्री सहितको टोली जाजरकोट पुगेर
तत्काल उद्धारको काम थाल्ने उहाँले बताउनुभयो । -
ujyaaloonline




0 comments: