काठमाडौ ,मंसीर ७–
राजधानी बाहिरका सरकारी अस्पतालहरुले
बिरामीलाई
नजिकका महंगा निजी अस्पतालमा पठाएर कमिसन हात
पार्ने गरेका खबर त सार्वजनिक भइसकेको छ ।
काठमाडौको प्रमुख
अस्पतालका रुपमा कहलिएको वीर अस्पतालबाट
पनि बिरामी बेचिन्छन् र यसवापत
वीरमा कार्यरत कर्मचारीले नियमित अतिरिक्त
आम्दानी गरिरहन्छन् भन्दा झट्ट पत्यार नलाग्न
सक्छ । आकस्मिक कक्षमा आएका बिरामीका विभिन्न
जाँचपडतालका लागि वीरमा समय लाग्ने, मेसिन बिग्रिएको र
जनशक्ति नभएका जस्ता अनेक बहाना बनाई महाबौद्ध
लगायतका स्थानमा पठाइने गरिएको हो । आकस्मिक
कक्षमा आएका बिरामीहरुको रगत, दिसा, पिसाब, पिटिआई,
आइएनआर, एलएफटी आदी जाँच गर्न
महाबौद्धका क्लिनिक र ल्याबमा पठाउने गरिएको हो । Bir Hopital
वीरमै सहजै जाँचपडताल हुनसक्ने उल्लेखित विषय
जाँच गर्नुपर्ने बिरामीहरुलाई आफूले सिफारिश
गरिएका क्लिनिक र ल्याबमा पठाएर वीरका आकस्मिक
कक्षका कर्मचारीले मासिक लाखसम्म बुझ्ने
गरेका त्यहींका एक प्राविधिकले रातोपाटीलाई
बताएका छन् । उनका अनुसार
यसरी बिरामीलाई थप
मारमा पारी निजीमा पठाउने
वीरका प्राय कर्मचारीले थाहा पाएका अहेब
टीका पनेरु पनि हुन् । पनेरुले उमाकान्त
चौधरी स्वास्थ्यमन्त्री भएका बेला उनको नजिक
रही स्वास्थ्य
मातहतका कर्मचारीको सरुवा तथा बढुवामा आर्थिक
लेनदेन गरको भनी बदनामी खेपेका थिए ।
मन्त्री निकट भएर
बसिरहँदा चौधरीको समेत छवीमा असर पर्ने
महशुस गरिएपछि उनलाई उनैको माग बमोजिम वीर
अस्पतालमा काजमा पठाइएको हो । उनले
आकस्कि कक्षामा आएका बिरामीलाई अस्पतालममा बेड
हुँदाहुँदै पनि निजी अस्पतालमा पठाएर कमिसन लिने
गरेका तथ्यप्रति वीरका थुप्रै
कर्मचारी जानकार छन् । तर पनेरु अहिले
वीर अस्पतालका निर्देशक डाक्टर स्वयंप्रकाश
पण्डितलाई रिझाएर अस्पताल वरिपरी रंगारोगन गर्ने काम
पनि आफू निकट ठेकेदारलाई दिन सफल भएका छन् ।
अस्पतालको रंगरोगन गर्ने ठेक्का मिलाए वापत उनले पण्डितलाई
समेत दिनुपर्ने गरी २० लाख जति हात परेको आफु
निकटका एक आफन्तीलाई बताएका छन् ।
रङ्गरोगनको सो काम गर्न कसलाई दिने भन्ने विषयमा पनि एमाले र
काँग्रेसवीच विवाद भएको थियो । हाल सार्क
सम्मेलनका नाममा रंगरोगन र
सररफाईका लागि तथा भिआईपी कक्ष निर्माणका निमित्त
सरकारले तीन करोड रुपैयाँ प्रदान गरेको छ ।
हाल सार्क
सम्मेलनमा रङ्ग रोगन र सरसफाईको लागि साथै भिआईपि कक्ष
निर्माणको लागि सरकारले तीन करोड दिएको तर टिकाराम
पनेरुले डा. भुपेन्द्र बस्नेत र निर्देशक पण्डितलाई यो आकस्मिक
कार्य हो, त्यसैले टेण्डर नगरिकन काम गर्न सकिन्छ भन्दै
कोटेशनको भरमा आफू निकटलाई काम दिई लाखौ झ्वाम बनाउने
योजनामा छन् । पनेरु आकस्मिक कक्षमा बस्दा अस्पतालको ल्याबमै
हुने दिसा, पिसाव,रगत, पिटिआई, आईएनआर,
एलएफटी नजिकको महाबौद्धस्थित क्लिनिकहरुमा पठाई
मासिक लाखौं रुपिँया बुझ्ने गर्दथे । अस्पतालमा आईसियु बेड
खाली हुँदाहुदै वीर अस्पतालमा बेड
खाली छैन भन्दै सहिद मेमोरिएल अस्पताल
कलंकी , लाईफ केएर सुन्धरा, भेनस बानेश्वर,
महेन्द्रनारायण निधी गौशला पठाई
प्रति बिरामी रु पाँचहजार कमिसन वापत लिने गर्दथे ।
यस विषयमा पटक पटक सञ्चारमाध्यम र स्वास्थ्य
मन्त्रालयमा उजुरी परेपनि उनी काँग्रेसका सशाङ्क
कोइराला निकट हुँ भन्दै हाल अस्पतालको वार्षिक १५ करोडको खरिद
गर्ने सार्वज




0 comments: