Saturday, November 15, 2014

महिलाको पेटबाट नजन्मेको बच्चाको कंकाल ३६ वर्षपछि निकालियो:

नयाँ दिल्ली– भारतको नागपुर जिल्लामा बस्ने एक
महिलाको पेटबाट ३६ वर्ष पुरानो नजन्मेको बच्चाको अवशेष
पाइएको छ । ६० वर्षकी कान्ताबाई गुनवन्त नाम
भएकी महिलाको पेटमा विगत ३६
वर्षदेखि उनको बच्चाको कंकाल रहेको पुष्टि भएको छ ।

उक्त कंकाललाई डाक्टरहरुको एक समूहले शल्यक्रिया गरेर
निकालेका छन् । नागपुरमा अवस्थित एनकेपी साल्वे
इन्स्टिच्युट अफ मेडिकल साइन्स र लता मंगेस्कर
हस्पिटलका डाक्टरहरुले पछिल्लो हप्ता कान्ताबाईको पेटबाट
बच्चाको कंकाल निकालेका हुन् । विगत दुई महिनादेखि उनले
आफ्नो पेटमा निकै पिडा भएका कारण
अस्पतालमा उपचारका लागि आएकी थिइन् ।

उपचारको क्रममा डाक्टरहरुले
पेटको दायाँ भागको तल्लो भागमा गाँठो भएको पत्ता लगाए जसलाई
डाक्टरहरुले क्यान्सर भएको आशंका गरेका थिए । एमआरआई
पछि उक्त गाँठो उनको नजन्मेको बच्चाको कंकाल
भएको पत्ता लाग्यो ।

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top