Monday, November 17, 2014

एपेन्डिसाइटिस भएमा के हुन्छ ?

एपेन्डिक्स भनेको मासंपेसीले बनेको करिव पाँचदेखि दस
से.मी. लम्बाइको एउटा पाइपजस्तो तन्तु हो जसको व्यास
दुईदेखि चार मिलिमिटर मात्र हुन्छ । यसको एकातिरको मुख बन्द
हुन्छ र अर्को तिरको मुख ठूलो आन्द्रा र सानो आन्द्रा जोडिने
ठाउँमा ठूलो आन्द्रासँग जोडिएर रहेको हुन्छ ।
एपेन्डिक्सको हाम्रो शरीरमा कुनै खास काम छैन । कसै -
कसैले यसको महत्व
शरीरको प्रतिरक्षा प्रणालीमा रहेको बताए
पनि पुष्टी चाँहि गर्न सकेका छैनन् । दाहिने
कोखाभन्दा अलिकति तल रहने यो एपेन्डिक्स कुनै पनि कारणले सुन्निन
गएमा त्यसलाई एपेन्डिसाइटिस भनिन्छ यो बिरामीका लागि एक
आपत्कालीन अवस्था हो समयमै रोग ठम्याउन सकिएन र
तुुरुन्त उपचार सुरु गरिएन भने यसले बिरामीलाई चिन्ताजनक
अवस्थामा पनि पुर्याउन सक्छ ।
एपेन्डिसाइटिस हुन सक्ने कारण-
खानामा फाइबरको कमी भएमा केही भाइरसको सङ्क्रमणले
गर्दा एपेन्डिक्सको कोष सुन्निन्छन् र
यसरी सुन्निएको कोषमा ब्याक्टेरियाजस्तै अक्सयुरियस
भरमिकुलारिस, ई कोलाई इन्टेरोकोकाई आदिले गएर थप सङ्क्रमण
गराउदँछन् अनि एपेन्डिसाइटिस हुन्छ ।

एपेन्डिक्स ठूलो आन्द्रासँग
सीधै जोडिएको हुनाले
कहिलेकाँही ठूलो आन्द्रामा गाँठो पर्दा वा बटारिँदा आन्द्रामा रहेको दिशा फर्केर
आई एपेन्डिक्समा पसेर एपेन्डिक्सको सङ्क्रमण गराउन सक्दछ ।
एपेन्डिक्समा जुका आएर पनि एपेन्डिसाइटिस गराउन सक्दछन् जुन
प्रमुख कारणमध्ये एक हो । कब्जियतका बिरामीले
दिशा खुुकुलो बनाउने औषधिको अत्यधिक प्रयोग गरेमा पनि एमेन्डिसाइटिस
हुन सक्छ ।
यी माथि उल्ल्ोख गरिएका कुनै पनि कारणले
गर्दा एपेन्डिक्सको मुख बन्द भएमा त्यसभित्र
रहेका जमेका फोहोरको कारणले गर्दा त्यहाँको चापमा वृद्धि हुन
जान्छ । चापमा भएको बृद्धिले गर्दा एपेन्डिक्सको रक्त
सञ्चारमा कमी आउँदछ । रगतको प्रवाह नै कम
भएपछि एपेन्डिक्सका कोष झन् ठूलो हुँदै आफ्नो आकारमा वृद्धि गर्न
थाल्दछन् । जसले गर्दा रगत प्रवाह गर्ने
नलीमा क्षति पुग्न गई पूरै रक्त सञ्चार बन्द हुन्छ र
एपेन्डिक्सका कोषमा घाउ लाग्दछ अनि विस्तारै कुहिन सुरु गर्दछन् ।
लक्षणहरू- सुरुमा नाइटोको वरिपरि दुख्न सुरु गर्छ । दुखाइ विस्तारै
सर्दै गएर एक-दुई घण्टाको फरकमै कम्मरको दाहिने
पट्टीतिर पुग्दछ । विस्तारै पाँच-छ घण्टामा पेट पूरै दुख्न
थाल्छ र पछि गएर नाइटोदेखि मुनि कम्मरको दाहिनेतिर कोखामा र
कोखाभन्दा मुनि छुदैमा पनि दुख्ने हुन्छ । जति समय बित्दै
गयो त्यति नै दुखाइको मात्रा बढ्दै जान्छ ।
वाक्वाकी लाग्ने, वान्ता आउने हुन्छ ।
ज्वरो सुरुमा हलुका आउँछ र पछि बढेर जान्छ ।
मुटुको धड्कनको गति बढ्छ ।सास गन्हाउन थाल्छ ।
सुन्निएको एपेन्डिक्सले पिसावको थैलीमा तनाव उत्पन्न
गर्ने भएकाले छिटोछिटो र छोटो छोटो पिसाव आउँछ ।
एपेन्डिसाइटिस भएको बिरामीहरूमा

१. देब्रे कोखामा थिच्दा पनि दाहिने कोखा र त्योभन्दा तलतिर दुख्छ ।
यसलाई च्यखकष्लन कष्नल भनिन्छ ।२.
सुतिरहेको बिरामीले घुँडा नखुम्चाइकन
खुट्टा उचाल्दा दाहिने कोखा र त्योभन्दा तलतिर दुखाइको अनुभव हुन्छ
। यसलाई द्यबमिधष्लनुक तभकत भनिन्छ ।

३. दाहिने खुट्टालाई नखुम्चाइकन पछाडि लग्दा दाहिने कोखा र
त्योभन्दा मुनि दख्छ । यसलाई ऋयउभुक एकयबक तभकत भनिन्छ ।
यी माथि उल्लेख गरिएका विधिहरूद्वारा एपेन्डिसाइटिस
भएको हो कि होइन भनेर छुटट्याउन मद्दत मिल्दछ ।
उपचार - शल्यक्रिया गरेर एपेन्डिक्सलाई निकाल्नेबाहेक
यसको अर्को विकल्प छैन । एपेन्डिसाइटिसको समयमै उपचार गरिएन
भने यसले हाम्रो पेटमा रहेको आमाशय सानो आन्द्रा र
ठूलो आन्द्रालगायतलाई ढाकेर राख्ने तन्तुको एक तह जसलाई
पेरिटोनियम भनिन्छ, त्यसलाई फुटाइदिन सक्छ ।
यदि त्यस्तो भएमा सङ्क्रमण शरीरभरि फैलिएर
अवस्था चिन्ताजनक पनि बनाउन सक्छ ।
तर शल्यक्रियाको पनि आफ्नै समस्या छन् ।
ठूलो आन्द्राको प्यारालाइसिस हुन सक्छ ।

जसले गर्दा खाना नपच्ने
समस्या हुन्छ । त्यस्तै, सिलाइएको टाका नमिलेर र
राम्ररी नकस्सिएर रक्तस्रावको पनि सम्भावना रहन्छ ।
शरीरमा कुनै प्रभावी काम नभएको र जुनसुकै
उमेरमा अनि जुनसुकै समयमा पनि एपेन्डिक्सले दुःख दिने भएकाले अरू
कुनै समस्याको कारणले गर्दा पेटको शल्यक्रिया गर्नु परेको छ भने धेरै
शल्यचिकित्सकले बिरामी वा आफन्तको अनुमति लिएर
एपेन्डिक्सलाई फालिदिने गरेका छन् ।
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर
गर्न नभुल्नुहोला !!

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top