सिधा कपालको फेसन फेरि फर्केर आएको छ । कपाललाई
सिधा गर्ने उत्पादनहरुको माग बढिरहेको छ तर कपाललाई
सिधा गर्नका लागि जुन केमिकल्सको प्रयोग गरिन्छ
त्यसले कपालको स्वास्थयमा निकै नराम्रो प्रभाव पर्ने
गर्दछ ।
त्यसकारण कपाललाई सिधा गर्नका लागि प्राकृतिक
उत्पादनहरुको आवश्यकता भएको महसुस भएको छ ।
तपाईंको किचनमा त्यस्ता थुप्रै उत्पादनहरु हुन्छन्
जसको नियमित प्रयोग गरेर आफ्नो कपाललाई नरम र
सिधा बनाउन सक्नुहुन्छ । आउनुहोस्, यस्ता प्राकृतिक
उत्पादनको बारेमा जानकारी पाऔँ ।
१. नरिवलको दुध र कागतीको रसको मिश्रणः नरिवलबाट
दुध निकाल्नका लागि सबैभन्दा पहिले काँचो नरिवललाई
बेस्सरी निचोर्नुहोस् । नरिवलको दुधमा कपाललाई
सिधा गर्ने गुण हुन्छ । तर यदि तपाईं
यसमा कागती पनि मिसाउनुहुन्छ भने परिणाम अझ
राम्रो हुने गर्दछ । यो मिश्रणलाई
केहि घण्टाका लागि फ्रिजमा राख्नुहोस् ।
यो मिश्रणको माथिल्लो भागमा क्रिम तर बसेको हुन्छ ।
यो क्रिमलाई आफ्नो कपालमा लगाउनुहोस् र कपाललाई
न्यानो रुमालले बेर्नुहोस् । एक घण्टासम्म
प्रतिक्षा गर्नुहोस् त्यसपछि कपाललाई एउटा माइल्ड
स्याम्पुले धुनुहोस् । सुकिसकेपछि तपाईंको कपाल नरम
हुनेछ । यस प्रकार तपाईं आफ्नो रुखो कपाललाई
व्यस्थित गर्नसक्नुहुन्छ ।
२. नियमित मनतातो तेलको मालिसः धेरै मानिसहरुलाई
थाहा नहोला कि नियमित रुपमा मनतातो तेलको मालिसले
पनि कपाललाई नरम र सिधा बनाउने गर्दछ ।
नरिवलको तेलमा अलिभ ओइल मिसाउनुहोस् । केहि दिन
पछि ओलिभ आइलको सट्टामा बदामको तेल मिसाएर
पनि प्रयोग गर्नुहोस् । कपालमा र
टाउकोको छालामा यी मिश्रणहरुले मालिस गर्नुहोस् ।
कपाललाई तातोपानीमा डुबाएको न्यानो रुमालले
ढाक्नुहोस् । यसलाई लगभग ४५ मिनेटसम्म यत्तिकै
छोड्नुहोस् त्यसपछि स्याम्पुले धुनुहोस् ।
३. प्राकृतिक कन्डिसनिङः कपाललाई धोइसकेपछि नियमित
रुपमा कन्डिसनरको प्रयोग गरेर पनि तपाईंको कपाल नरम
र कोमल हुने गर्दछ ।
४. मिल्क स्प्रेः जब कपाललाई सिधा गर्ने कुरा आउँछ तब
त्यसमा दुधले निकै सहयोग पुर्याउँछ । दुधलाई
एउटा बोतलमा भर्नुहोस् र त्यसलाई कपालमा छर्कनुहोस्
। दुध सुकुञ्जेल लगभग आधा घण्टासम्म
प्रतिक्षा गर्नुहोस् । त्यसपछि फेरी कपाललाई श्याम्पुले
धुनुहोस् र आफ्नो कपालको नयाँ रुप तपाईंले आफैँ
थाहा पाउनुहुन्छ ।
५. दुध र महः थोरै दुध लिनुहोस् र त्यसमा मह मिसाएर
पेस्ट बनाउनुहोस् । अझ
बढि प्रभावकारी बनाउनका लागि यो मिश्रणमा स्ट्रबेर
ी
अथवा केरा मिसाउनुहोस् । यसलाई
आफ्नो कपालमा लगाउनुहोस् । यसलाई सुक्न केहि समय
लाग्नेछ । त्यसकारण लगभग डेढ घण्टासम्म कुर्नुहोस् र
त्यसपछि धुनुहोस् ।
६. अण्डा तथा ओलिभ ओइलको सम्मिश्रणः यी दुबै
कपालको हेरचाहको लागि निकै महत्वपूर्ण हुन् ।
दुईवटा अण्डा फिट्नुहोस् र त्यसमा ओलिभ आइल
राम्रो मात्रामा हाल्नुहोस् र उक्त सम्मिश्रणलाई
कपालमा लगाउनुहोस् । यसलाई एक घण्टासम्म सुक्न
दिनुहोस् र त्यसपछि नुहाउनुहोस् । (एजेन्सी)
रातोपाटी




0 comments: