Saturday, November 22, 2014

उड्दा उड्दै विमानबाट आगोको मुस्लो सहित धुवाँ उड्न थालेपछि

५ मङ्सिर, मनिला । जापानतर्फ आइरहेको एक
जापानी विमानमा खराबी देखिएपछि
फिलिपिन्सको राजधानी मनिलामा आकस्मिक अवतरण
गरिएको समाचार छ । उडिरहेको विमानको ककपिटमा अकस्मात
धूँवा देखिएपछि सो विमान आकस्मिक अवतरण
गरिएको समाचारमा जनाइएको छ ।

फिलिपिन्सका अधिकारीहरुले सो विमानमा अकस्मात
खराबी देखिएको भन्दै
आफ्नो देशको मनिला विमानस्थलमा अवतरण गराइएको र विमान हाल
सकुसल नै रहेको बताएका छन् । उक्त विमानमा १७५ जना यात्रु
रहेका थिए । विमानमा रहेका यात्रु सकुसल रहेका र
विमानको अवस्थाका बारेमा अनुसन्धान
थालिएको अधिकारीहरुले जनाएका छन् ।
मनिला इन्टरनेशनल एयरपोर्टका अधिकारीहरुले
सो विमानमा रहेका १० जना हवाई
कर्मचारी पनि सकुसल रहेका जनाएका छन् ।

बोइङ्
७६७ सो विमान शुक्रबार अकस्मात अवतरण गरिएको हो ।
जापानी विमान सेवा अल निप्पोन एयरवेजको सो विमान
मनिलाबाट जापानको नारिता विमानस्थलतर्फ जादैथियो ।
सो क्रममा आकासमै उक्त विमानमा खराबी देखिन
थालेकोले आकस्मिक अवतरण गराइएको समाचारमा जनाइएको छ ।
रासस÷एएफपी - nepaliheadlines

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top