Wednesday, November 19, 2014

सिरानीमुनी राखेको सामसुङ ग्यालेक्सी एस–४ यसरी पड्कियो

कतिपय मान्छेको राती सुत्दा पनि आफ्नो मोबाइल फोन
सिरानी मुनि राखेर सुत्ने गरेको पाइन्छ । कसैकसैले त
हेलचेक्राइ गरेर चार्जर समेत जोडेर
पनि सिरानी मुनी घुसारेर सुत्ने गरेको पाइन्छ ।

मोबाइल फोनमा आएका समस्याले आगलागी, घाइते
तथा मान्छेको ज्यानै समेत जाने गरेको पटक पटक समाचार सार्वजनिक
भइ रहेका छन् । मोबाइल फोन बोक्ने सबैले
केही यस्ता कुराहरुलाई ध्यानमा राख्नु
जरुरी छ जो आफ्नै सुरक्षाका लागि हो ।
अमेरिकाको टेक्सासमा यस्तै एउटा घटना घटेको छ । एक १३
वर्षीया बालिकाको सामसुङ ग्यालेक्सी एस–४
मोबाइल पड्किएको छ । राती सिरानी मुनि घुसारेर
सुतेकी उनको मोबाइल फोन अचानक पड्किएको हो ।

एरियल टोलफ्री नामकि ति बालिकाले
सिरानी मुनी राखेको फोनमा अचानक
आगो लागेपछि मात्रै थाहा पाइन त्यो समयमा उनको मोबाइल र
सिरानी, डसना जलिरहेको थियो । एरियलले घटना बारे
मिडिया र सम्बन्धित कम्पनीलाई
जानकारी गराईन ।

कम्पनीले उक्त मोबाइलमा ओर्जिनल
ब्याट्री प्रयोग नगरी लोकल
ब्याट्री प्रयोग भएकोले यस्तो भएको र
आफ्नो कम्पनीको मोबाइल एकदम सुरक्षित
भएको दाबी गरेको छ । कम्पनीले
क्षतिपूर्ति बापत एरियललाई एक मोबाइल सेट, तकिया,
डसना लगायतका जलेका सामान दिने भएको छ । कम्पनीले
मोबाइल सेटमा प्रयोग हुने समानहरु र
सुरक्षाका उपायहरुको बारेमा सेटमै
राखिएको चेतावनी स्टिकर पढ्न र सावधान रहन अनुरोध
पनि गरेको छ ।

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top