मेष राशि
मेश
राशिका जोडीकोबीचमा समस्या आइरहन्छ तर
कुनै पक्षले अलिकति मात्र समझदारी पुर्याएमा भने
समस्या समाधान हुन समय लाग्दैन ।
वृष राशि
यो राशिका जोडीलाई विवाह बचाउँन मुस्किल पर्छ ।
खासगरी यो राशिका पुरुष कतिबेला प्रेमी बन्ने
कि जीवनसाथी भन्ने अलमलमै
जीवन विताउँछन् ।
मिथुन राशि
मिथुन
राशिका ब्यक्ति आपसी समझदारी कायम
राख्न सबै भन्दा उत्कृष्ठ मानिन्छन् । यो राशिका ब्यक्तिले
प्रेमी प्रेमिकालाई साथ पनि दिन्छन् ।
कर्कट राशि
कर्कट राशिका ब्यक्तिलाई प्रेममा समस्या आइरहन्छ ।
खासगरी स्वास्थ्य समस्या हुने भएका कारण
यो राशिका ब्यक्ति कम बोल्ने हुन्छन् । जसले
सम्बन्धमा समस्या आइरहन्छ ।
सिंह राशि
सिंह राशिका ब्यक्तिको प्रेम निकटतामा मात्र सम्भव हुन्छ ।
टाढा हुने वित्तिकै यिनीहरुसँग
सम्बन्धमा समस्या आउँछ ।
यो राशिका ब्यक्ति प्रेमी प्रेमीकासँग नछुट्टिनु
बुद्धिमानी हुन्छ ।
कन्या राशि
कन्या राशिका ब्यक्तिको प्रेममा धेरै उतार चढाव आउँदैन ।
यिनीहरुको सम्बन्ध निक्कै बलियो हुने हुँदा चाहेर
पनि छुटाउन सकिँदैन । तर यो राशिका ब्यक्ति प्रेम ब्यक्त गर्न र
परिवारमा भन्न भने डराउँछन् ।
तुला राशि
तुला राशिका ब्यक्ति प्रेमलाई भन्दा प्रतिष्ठालाई महत्व दिन्छन् ।
यसले कहिले काँहि प्रेम सम्बन्धमा समस्या ल्याउन सक्छ ।
कहिले काँहि यिनीहरुको घमण्डले प्रेम नै टुक्रिन
सक्छ । तर कहिले भने अत्याधिक झुक्ने बानी समेत
यिनीहरुमा हुन्छ ।
वृश्चिक राशि
यो राशिका ब्यक्ति प्रेमको विषयमा निक्कै धेरै सोंच्छन् । सोंच्ने
बढी र प्रेम ब्यक्त कम गर्ने
समस्या यो राशिका ब्यक्तिमा हुन्छ । यो राशिका ब्यक्तिको प्रेममा उतार
चढाव आइरहन्छ ।
धनु राशि
धनु राशिका ब्यक्तिको प्रेममा समस्या आइरहन्छ । प्रेम,
जीवन, निजी जीवन
तथा कार्यक्षेत्रमा सन्तुलन मिलाउन नसक्दा यिनीहरुले
प्रेममा झन्झटको सामना गर्छन् ।
मकर राशि
मकर राशिका ब्यक्तिले अहंकार देखाउने भएका कारण प्रेममा झन्झट
ब्यहोर्छन् । यो राशिका ब्यक्तिले
प्रेमी प्रेमीकासँग रवाफ देखाउँछन् ।
यसका कारण प्रेम सम्बन्धमा मधुरता समाप्त हुँदै जान्छ ।
कुम्भ राशि
कुम्भ राशिका ब्यक्तिको जीवनमा सामान्य सामान्य कुराले
पनि प्रेम सम्बन्ध गाढा हुने र सामान्य कुराले सम्बन्ध टुट्ने हुन्छ
। यो राशिका ब्यक्ति प्रेममा नयाँ पन ल्याउने प्रयास गरिरहन्छन् जुन
कहिलेकाँहि प्रेम टुट्ने कारण नै बनिदिन्छ ।
मीन राशि
मीन राशिका ब्यक्तिले प्रेमलाई अत्याधिक महत्व
दिन्छन् । अनावश्यक महत्व दिने भएका कारण
यो राशिका ब्यक्ति प्रेममा दुःखी भैरहन्छन् ।
आफ्नो निजी जिन्दगी र प्रेम तथा कार्यालय
वा ब्यापारको बिचमा दुरी कायम राख्न सक्दैनन् ।
अनि समस्या परिरहन्छ ।




0 comments: