Thursday, November 13, 2014

कुन वार जन्मेका मानीस कति धनि र कस्ता हुन्छन् जानी राखौं

आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह
चन्द्र हो । मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार
बुधको । विहीबार वृहस्पति र शुक्रवार
शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ ।
शनिवारको कारक ग्रह शनि मानिन्छ ।ज्योतिषका अनुसार
जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव
जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र
भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष
शास्त्रीको दावी छ ।
कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य
थाहा पाउनुस् ।

आइतबारः
पुरुष
आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् ।
उनीहरुको आयु पनि लामो हुन्छ ।
यस्ता ब्यक्ति कम बोल्ने र कला र
शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने
ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर
परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास
गर्छन् । तर यिनीहरुलाई २० देखि २२ वर्ष
सम्म दुःख हुन्छ ।
स्त्री
आइतबार जन्मिने स्त्री दान-पुण्य गर्ने र
बलशाली एवं चतुर हुन्छन् ।

सोमबारः
पुरुष
सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ ।
यस्ता ब्यक्तिको जीवनमा सुख दुख बराबर
जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख
सुख उस्तै उस्तै लाग्छ । सोमबार जन्मिने ब्यकेति विद्वान,
कला कुशल र बहादुर पनि हुन्छन् । सोमबार जन्मिने
ब्यक्तिलाई श्वास प्रश्वासको रोग हुन सक्छ
यस्ता ब्यक्तिलाई ९, १२, २७ वर्षमा कष्ट हुन्छ ।
स्त्री
सोमबार जन्म भएका महिला सुन्दर हुन्छन् ।
यस्ता महिलामा मिठो बोली र शान्ति प्रिय र
पुत्रवति हुन्छन् ।

मंगलबारः
पुरुष
मंगलबार जन्म हुने
ब्यक्ति सामान्यतया धनी हुन्छन् ।
यस्ता ब्यक्तिको स्वभाव उग्र हुन्छ । यसै कारण
उनीहरुसँग मानिसहरु
वेखुसी हुन्छन् । यिनीहरुलाई
छाला सम्बन्धी रोग हुन सक्छ । दुख र सुख
आउने जाने भैरहन्छ ।
स्त्री
ज्योतिषका अनुसार मंगलवार जन्म
भएका स्त्री कठोर हृदयका हुन्छन्
यस्ता स्त्रीमा दया माया कम हुन्छ ।
यस्ता स्त्री दुब्ला पातला र झगडालु समेत
हुन्छन् ।

बुधबारः
पुरुष
बुधबार जन्मिने ब्यक्ति धर्मकर्ममा मन भएका हुन्छन् ।
यिनीहरुको बोलीमा मिठास
हुन्छन् । यिनीहरुको ८ र २२
वर्षको उमेरमा कष्ट पाउने योग हुन्छ ।
स्त्री
बुधाबार जन्मिने स्त्री कुनै विशेष
क्षेत्रमा रुचि राख्ने र विशेषज्ञता हासिल गर्ने
हुन्छतन् । सरस्वतीको विशेष कृपा हुने
हुँदा यिनीहरु सुन्दर र शुसील
पनि हुन्छन् ।

विहीबारः
पुरुष विहीबार जन्मिने पुरुष विद्वान र
पराक्रमी हुन्छन् । यिनीहरुले
जीवनमा धेरै उतार चढाव र समस्या झेल्नु पर्ने
हुन्छ । तर पनि साहसी हुन्छन् ।
यिनीहरुसँग संगत हुनेहरु
खुसी हुन्छन् । विहीबार
जन्मिनेहरुलाई ७, १२, १३, १६ र ३० वर्षमा संकट पर्छ

स्त्री
जुन स्त्रीको विहीबार जन्म
हुन्छ त्यस्ता महिला उच्च शिक्षा हासिल गर्ने र
सर्वगुणी हुन्छन् ।

शुक्रबारः
पुरुष
शुक्रबार जन्मिने ब्यक्ति हँसिलो स्वभावका हुन्छन् ।
बुद्दीमान र
मृदुभाषी यिनीहरुको स्वभाव
हो । यिनीहरु सहनशिल पनि हुन्छन् ।
यिनीहरु शौखिन हुन्छन् र २० र २४
वर्षको उमेरमा कष्ट हुन्छ ।

स्त्री
कुनै पनि स्त्री शुक्रबार
जन्मेकी छे भने उसको श्वभाव चंचल हुन्छ
। यस्ता स्त्री मस्ती मजाक
गर्छन् । परिवार र समाजमा विशेष इज्जत हुन्छ ।
केही काला रंगका भएपनि सुन्दर हुन्छन् ।

शनिबारः
पुरुष
जुन ब्यक्तिको जन्म शनिबार हुन्छ
उनीहरु कृषि ब्यावार
वा प्रविधीको क्षेत्रमा रुची राख्छन्
। यिनीहरुका लागि बाल्यकाल कष्टपूर्ण
हुन सक्छ । भाइ बहिनी वा दाइ
दिदीबठ्ठ सन्तुष्टी मिल्दैन ।
यिनीहरुलाई २० र २५ वा ४५ वर्षमा कष्ट
हुन्छ ।

स्त्री
शनिबार जन्मिने
स्त्री दुबली पातली हुन्छन्
तर अग्ला ।
सामान्यतया यस्ता स्त्री कालो वर्णका हुन्छन
। यस्ता महिला अरुका कुरा काट्ने पनि हुन् सक्छन्

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top