Friday, November 14, 2014

आजको राशिफल:

वि.सं. २०७१ कार्तिक २९ गते शनिबार तदनुसार ई. सं. २०१४ नोभेम्बर
१५ तारिख
मार्गशीर्ष कृष्ण अष्टमी, मघा नक्षत्र,
सिंह राशिको चन्द्रमा, ब्रह्म योग, गर करण

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
विद्यार्थीका लागि आज साह्रै नकारात्मक दिन रहने छ ।
आफ्नो क्षमतामा घट्दै गएको महसुस हुनेछ । भौतिक
सुविधाको जोहो गर्ने सिलसिलामा ठूलो धनराशि खर्च हुने सम्भावना छ ।
आज चिन्तन र बौद्धिकताको क्षेत्रमा कमी हुनेछ,
आजको चिन्तन र उपायले अझ बढी निराशालाई
बढावा मिल्नेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के
बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज
ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक
जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आज विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले
राम्रो लाभ प्राप्त गर्नसक्छन् । तर घरमा बस्नेले अनावश्यक दौडधुप
गर्नु पर्नेछ । काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन्
। कुनै नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन ।
शरीरमा थकान र आलस्य देखिनसक्छ र
खर्चको मात्रासमेत बढ्नेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग
पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस
मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने
समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ । नयाँ काम गर्ने
सोच बनाउनु भएको छ भने आज त्यसका लागि अनुकूल समय
आएको छ । भाइबहिनीका तर्फबाट
खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ ।
आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय
नमः यस मन्त्रको कम्तीमा ११ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आजको दिन आर्थिक दृष्टिले नराम्रो दिन छ । नोकरी र
व्यवसायिक क्षेत्रमा आज तपाईंको बोलीको प्रतिकूल अर्थ
लाग्नेछ, होस पुर्याएर बोल्नुहोला ।
तपाईंमा विपरीतलिङ्गीप्रतिको अनावश्यक
आकर्षण बढ्न सक्छ, उमंग, जोस र जाँगरलाई त्याग्नु श्रेयस्कर
हुनेछ । धातुको कारोवारमा महँगोमा पर्नसक्नु हुन्छ ।
आजका लागि शुभअङ्क ५ र शुभरङ्ग
बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस
मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन् ।
तपाईंका महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् । कुनै लाभदायक
वस्तुको किनमेल र कारोबार गरिने छ । लामो दूरीको लाभदायक
यात्राको सम्भावना छ । घरायसी वातावरण
पनि तपाईंको पक्षमा रहनेछ । समग्रतामा अत्यन्त राम्रो परिणाम
प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने
कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ
सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
समय राम्रो छैन । शरीरमा आलस्य र थकानको अनुभव
हुनेछ । यतिबेला तपार्इंलाई नै भनेर कुनै ठूलो सहयोग सद्भाव मिल्न
कठिन छ । विचार गरेर काम गर्नुहोला । मनमा अशान्ति र
छटपटी व्याप्त हुने छ, सचेत एवं सावधान रहनु होला,
खराब समय छ । खर्चको मात्रा बढ्न सक्छ । आजका लागि शुभअङ्क
३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस
मन्त्रको कम्तीमा १० पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् ।
साथीभाइसित भेटघाट हुने योगसमेत छ । अपूरा कार्य
पूर्ण हुनेछन् । धार्मिक तथा आध्यात्मिक
क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्नेछ र त्यस
पाटोका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ ।
आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं
हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ, तर चिन्तनमूलक काम
र अध्ययन, अध्यापन एवं लेखनको कार्यमा समय दिने फुर्सत पाउनु
हुन्न । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय
निकाल्न नसक्नाले थोरै तर सम्हाल्न सकिने नमिठोपना आउने सङ्केत
भने देखिन्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग
हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज
ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक
जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
यातायातको साधन वा यात्राबाट समस्या भोग्नुपर्ने समय छ । धार्मिक
तथा सामाजिक गतिविधिमा संलग्न हुँदा बन्दव्यापारमा हानि हुने दिन छ
। तर पनि सामाजिक क्षेत्रबाट अपजस नै ब्यहोर्नु पर्ने दिन छ ।
मातापिता वा मान्यजनको स्वास्थ्यस्थिति वा समस्याका कारण आजको दिन
व्यतीत हुनसक्छ । आजका लागि शुभअङ्क ८ र
शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ रां राहवे नमः यस
मन्त्रको कम्तीमा १८ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
गर्नु नपर्ने कामबाट जोगिने बेला हो, गर्न बाँकी काम
पनि आजलाई थाती राख्नु नै बेस हुनेछ । हरबखत
सजग एवं सचेत भई कार्य गर्नु होला ।
छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । हाकिम,
मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । गुप्त र मानसिक
रोगले सताउन सक्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग
कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज
ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३
पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सोचेजस्तै सफलता प्राप्त हुनेछ । सोच्दै नसोचेका कामहरू सजिलै
सम्पन्न हुनेछन् । पराक्रम बढ्नुका साथै शरीर
फुर्तिलो रहने छ । दाम्पत्य जीवन सुखमय रहनेछ ।
साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने
योजना बनाउनु भएको छ भने त्यसका लागि आज अनुकूल छ ।
आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने
कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ
कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न
उपलब्धीहरु हासिल हुनेछन् । देख्दा झिनामसिना र
सानातिना काम भए पनि आजको कामले दीर्घकालिक
उपलब्धी हासिल हुनेछ । कुनै झैझगडा, विवाद
वा तर्कवितर्कमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ ।
आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने
कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ
घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top