निमोनिया रोग भनेको के हो?
आखाले नदेखिने किटाणुबाट अचानक स्वासप्रश्वस प्रक्रियासंग
सम्बन्धित अंगहरुमा संक्रमण भइ सास फेर्ने बाधा पुगेमा यसलाई
स्वासप्रश्वस रोग भनिन्छ। यसले धेरैजसो फ़ोक्सोमा असर गर्दछ
साथै नाक र कानमा समेत असर गर्दछ।
निमोनिया रोगको समस्या
निमोनिया रोगमा प्रायजसो बच्चाहरुलाई साधारण
रुघाखोकी लाग्ने गर्दछ। तर,
कहिलेकाही रुघाखोकीबाट नै ५
बर्षमुनिका बच्चाहरुमा निमोनिया भन्ने घातक रोग पनि लग्न सक्दछ ।
फ़ोकसोमा कितानुहरुबाट संक्रमण भएमा निमोनिया हुन्छ। यस रोगबाट
नेपालमा बर्षनी करिब ४० हजारजति ५
वर्षमुनिका बालबालिकाहरु मर्ने गर्दछ। खास गरेर श्वासप्रश्वास
रोगमा हुने मृत्युको कारण निमोनिया रोगको समयमै उपचार नपाउनाले नै
हो।
श्वासप्रश्वास रोगका लक्षण तथा चिन्हहरु के के हुन्?
साधारण रुगाखोकी लाग्दा बच्चाहरुलाई
खोकी लाग्ने,नाकबाट सिगान बग्ने र हल्का ज्वरो आउने
गर्दछ। निमोनिया भएको बच्चामा भने छिटोछिटो बच्चाको सास चल्ने, सास
फेर्ने गाह्रो हुने, उच्च ज्वरो आउने र कोखा हान्नेजस्ता लक्षण
र चिन्हहरु देखा पर्दछन्। तर, कडा निमोनिया हुन गएमा बच्चा खान
पिउन नसक्ने हुन्छ र कसैकसैमा सास फेर्दा अस्वभाविक आवाज
सुनिने पनि गर्दछन।
रुघाखोकी तथा निमोनियाको उपचार कसरि गर्ने?
निमोनियाको कारणले हुने मृत्यूबाट जोगाउन बच्चालाई
रुघाखोकी लाग्दा हेलचेक्रायी गर्नुहुदैन।
रुघाखोकीको समयमै घरेलु उपचार गरि निमोनिया लाग्नबाट
जोगाउन सकिन्छ। घरेलु उपचार भनेको:
न्यानो पारि राखने तर नागुम्स्याउने,
बच्चालाई आमाको दुध धेरैपटक खुवाइराख्ने,
सफा कपडा नुनपानीमा चोबेर बच्चाको नाक सफा गरिदिने,
बच्चालाई खोकी बदी लागेको छ भने घरेलु
औषधिहरु जस्तै मह, अदुवाको रस, तुलसीको पात
राखेर उमालेको पानि, बेसार पानि उमालेर खुवाउनु राम्रो हुन्छ,
६
महिनाभन्दा बढी उमेरको बच्चा भएमा अघिपछिभन्दा बढी झोल
कुरा र खाने कुरा पटकपटक गरि खुवाउने।
बच्चा सास छिटोछिटो फेरेको र कोखा हानेको छ कि हेर्ने।
बच्चालाई स्वास्थ्य संस्थामा उपचारको लागि लैजानुपर्ने अवस्थाहरु के
के हुन्?
बच्चाले छिटोछिटो सास फेरेमा।
बच्चाको कोखा हनेमा।
बच्चाले झोलकुरा वा खानेकुरा खान नासकेमा।
बच्चाले आमाको दुध चुस्न नसकेमा।
२ महिनामुनिका बच्चालाई ज्वरो आएमा वा हात, खुट्टा शिताग भएमा।
बच्चा ज्यादै कुपोषित भएमा।
रुघाखोकी र निमोनिया लग्न नदिने उपायहरु
बच्चालाई धुवा,धुलो,मटितेलको खारबाट जोगाउने।
बच्चा भएको ठाउमा धुमपान गर्दै नगर्ने।
जाडो वा गर्मीमा मौसमअनुसारको कपडा लगाइदिने।
बच्चालाई न्यानो तर हावा आउन जान सक्ने कोठामा राखने।
बच्चालाई एक वर्षभित्र खोपको मात्रा पुरा गराउने।
बच्चा जन्मेदेखि ६ महिनासमन आमाको दुध मात्र खुवाउने।
त्यसपछि आमाको दुधको साथै टप पोषिलो र ताजा खाने कुरा खुवाउने।
बच्चालाई धुलो र फोहर वाताबरणमा खेल्न नदिने।




0 comments: