Friday, November 21, 2014

मंसिर महिनाको मासिक राशिफल हेर्नुहोस् यो महिना तपाईको कस्तो छ...


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सूर्यको प्रभाव
सूर्य आठौं घरमा रहेको छ । यसको प्रभावले अचानक
विविध समस्या देखा पर्न सक्छन् । पारिवारिक र
नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्याउन
नसक्नाले विनाकारण झगडा र विवाद हुनेछ ।
लामो समयसम्म अस्वस्थ हुने आशङ्का छ त्यसैले
खानपान, आहारविहार र स्वास्थ्यप्रति सचेत रहनु बेस
हुनेछ । शङ्कास्पद कारोबार र क्रियाकलाप
सहभागी नबन्नु राम्रो हुनेछ, त्यस्तै खराब र
अनैतिक मानिने कामभन्दा टाढा रहनु नै
कल्याणकारी हुनेछ । महत्त्वपूर्ण
कागजातमा हस्ताक्षर गर्नुअघि राम्ररी पढ्नु
बेस होला ।
मङ्गलको प्रभाव
मङ्गल नवौं घरमा रहेको छ । यसको प्रभावले
घरपरिवारका बृद्ध सदस्यबाट सहयोग र
आशीर्वचन मिल्नेछ । दूरदराज वा दुर्गम
स्थानमा गरिएको यात्रा सफल हुनेछ ।
आम्दानीका मार्ग बढ्ने छन् र
आयका नयाँनयाँ स्रोतहरू प्राप्त हुनेछन् । यद्यपि खर्च
पनि बढ्ने छ, तर
आम्दानीका मार्गहरूभन्दा बढी
खर्च हुनेछैन । चिट्ठा, लटरी वा सट्टापट्टाबाट
पनि आय हुने सम्भावना छ । समय राम्रो छ,
समयको भरपूर सदुपयोग गर्नु बेस हुनेछ ।
बुधको प्रभाव
बुध सातौं घरमा रहेको छ । यसको प्रभावले प्रसिद्धि र
सम्मानमा बृद्धि हुनेछ । विद्वानहरूका साथमा घुलमिल हुने
मौका आउने छ । बन्दव्यापारमा बढावा हुनेछ ।
विपरीत लिङ्गीहरूबाट
सहायता मिल्नेछ । सुखद यात्रा हुने सम्भावना भने
देखा पर्नसक्छ । किनमेलका क्षेत्रबाट लाभ प्राप्त हुनेछ
। साझेदार र सहयोगीले पूर्णरूपेण सहयोग
गर्नेछन् । कुनै प्रतिस्पर्धामा समेत सफलता हाासिल
हुनेछ ।
बृहस्पतिको प्रभाव
बृहस्पति चौथो घरमा रहेको छ । यसको प्रभावले
सुविधासम्पन्न जीवन यापन हुनेछ । पारिवारिक
सुख मिल्नेछ । घरायसी सुखसुविधा बढाउन र
चलअचल सम्पत्ति आदिमा खर्च बढ्ने छ, साथै
बन्दव्यापारको विकासमा पनि धनव्यय हुनेछ । अचानक
अयाचित लाभ मिल्नेछ । उच्चपदस्थ र
शक्तिशाली व्यक्तिहरूको सम्पर्कमा पुग्ने
सम्भावना छ । ख्याति र सम्मानमा अभिबृद्धि हुनेछ ।
व्यापारमा परिवर्तन हुने
वा नोकरीमा बढुवा वा प्रशंसा समेत पाउने
सम्भावना छ । धार्मिक क्रियाकलापप्रति झुकाव बढ्ने छ र
पवित्र स्थलको भ्रमणको सम्भावना छ । यस
समयावधिमां मस्तिष्क सन्तुलित रहने छ र सुखभोग गर्न
पाइने छ ।
शुक्रको प्रभाव
शुक्र आठौं घरमा रहेको छ । यसको प्रभावले कुनै
प्रतिष्ठा गुम्ने दुर्घटनामा फँस्न सक्नुहुन्छ ।
स्वास्थ्यका दृष्टिकोणले पनि यो समय राम्रो छैन । अचानक
धनलाभ हुने सम्भावना छ । तर
खर्चको मात्रामा पनि बृद्धि हुनेछ । गुप्त र रहस्यमय
सुख प्राप्त गर्ने महत्त्वाकाङ्क्षामा अङ्कुश लाउनु भएन
भने अति लज्जास्पद स्थितिको सामना गर्नुपर्ने स्थिति आउने
छ, यद्यपि परिवारका सदस्यको पूर्ण सहयोग प्राप्त
हुनेछ । हुन त परिजनसँग
कहिलेकाँही मतभेद पनि हुन सक्छ ।
यात्राको कार्यक्रम छ भने यथासम्भव रोक्नु ठिक हुन्छ ।
शनिको प्रभाव
शनि आठौं घरमा रहेको छ । यसको प्रभावले कुनै
महत्त्वपूर्ण चिजबिज हराउने वा नाश हुने खतरा छ ।
वरिष्ठ व्यक्ति वा सत्तामा रहेका अधिकृतसँग सम्बन्ध
बिग्रन सक्छ । लेनदेनको कारोबारमा हानि पुग्ने
सम्भावना भने देखा पर्नसक्छ । साथीभाइ र
सहयोगीले आफ्नो वचन पूरा गर्न सक्दैनन् ।
घरपरिवारका सदस्यको व्यवहारमा पनि फरक
भएको अनुभूति हुनेछ । त्यसो त गूढ ज्ञान
वा परामनोविज्ञान आदि क्षेत्रबाट कुनै सहायता प्राप्त
हुन सक्छ । आफ्नो योग्यता र प्रतिभामा निर्भर
हुँदा राम्रो हुनेछ । अचानक धनसम्पत्ति वा भौतिक
उन्नति हुनसक्छ । प्रियजनको निधनको समाचार आउन
सक्छ । स्वास्थ्यप्रति सचेत हुनु राम्रो हुन्छ ।
राहुको प्रभाव
राहु छैठौं घरमा रहेको छ । यसको प्रभावले कामधन्दा र
बन्दव्यापारमा सफलता प्राप्त हुनेछ । धनागम हुनेछ ।
उच्चपदस्थ व्यक्ति र राज्यपक्षबाट रोकिएका काम निर्बाध
सम्पन्न हुनेछन् । शत्रुपक्ष नियन्त्रणमा नै रहनेछन् ।
एउटा सुखद भ्रमणको सम्भावना छ । पारिवारिक वातावरण
पनि अनुकूल रहने छ । फाइदा हुने
क्षेत्रमा लगानी हुने सम्भावना छ । परोपकार
र धार्मिक क्षेत्रमा सक्रिय हुँदा यस
महिनामा धनको वर्षा नै हुने सम्भावना समेत छ ।
सानातिना रोगव्याधिले सताउन सक्छ ।
केतुको प्रभाव
केतु बाह्रौं घरमा रहेको छ । यसको प्रभावले
यो महिना अर्काका सल्लाह, सुझाव र आशयलाई सुन्ने
बानीको विकास गर्नु राम्रो हुन्छ । अनियमित र
बेठिक कामका कारण चिन्तित बन्नु पर्नेछ । सनक र
उन्मादबाट प्रेरित भएर गरेको कामकाजबाट हानि पुग्नेछ र
गहिरो सङ्कटमा फँस्न सक्नुहुन्छ । स्वास्थ्य
पनि प्रतिकूल हुने सम्भावना छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सूर्यको प्रभाव
सूर्य सातौं घरमा रहेको छ । यसको प्रभावले मानसिक रूपले
तनावग्रस्त र अस्वस्थ हुने सम्भावना भएकाले
यो महिना एउटा कठिन कालखण्ड
हो भन्दा अत्युक्ति नहोला । कडा मिहिनेत
गर्दा पनि राम्रो परिणाम हात पार्न सकिने छैन । व्यवसायिक/
व्यापारिक क्षेत्रमा रहेका नजिकका साथीभाइ र
कामदारले धोका दिनसक्छन् र
ठूलो नोक्सानी हुन सक्छ, सचेत रहनु
आवश्यक छ, । घरपरिवारभित्रका वादविवाद, झैझगडा र
समस्याहरूमा संयमता अपनाउनु राम्रो हुनेछ ।
मङ्गलको प्रभाव
मङ्गल आठौं घरमा रहेको छ । यसको प्रभावले
अहिलेको समय राम्रो छैन । आर्थिक
पक्षमा हानिको सम्भावना देखिन्छ । जोखिमपूर्ण काम गर्नु
उचित हुँदैन, जुवातास, लटरी र
सट्टापट्टामा धन नाश हुनसक्छ ।
स्वास्थ्यको प्रतिकूलताका कारण कठिनाइ हुनसक्छ ।
आफ्ना परिजन र घरपरिवारकै सदस्यका कारण समेत
तनावको सामना गर्नु पर्ने हुन्छ । परिचित
व्यक्तिका बारेमा दुःखद समाचार सुन्नु पर्नेछ ।
बुधको प्रभाव
बुध छैठौं घरमा रहेको छ । यसको प्रभावले खर्च
नियन्त्रणभन्दा बाहिर हुनेछ । स्वास्थ्य
सम्बन्धी कठिनाइ हुनसक्छ । शत्रु र
प्रतिस्पर्धीले प्रतिष्ठा बिगार्ने प्रयास गर्नेछन्
। यद्यपि पेसागत र व्यवसायिक परिस्थतिमा सुधार आउने छ
तर कामको बोझ बढ्नाले थकानको अनुभूति हुनेछ ।
यसबाहेक व्यर्थका काममा समेत अल्मलिनु पर्नेछ ।
बोलीलाई नियन्त्रण गर्नु राम्रो हुन्छ ,
कटुशब्दको प्रयोग र अर्काको आलोचना गर्ने
प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ । पारिवारिक
जीवनसमेत राम्रो छैन । सम्भव भएसम्म
यात्राबाट जोगिनु नै असल हुन्छ ।
बृहस्पतिको प्रभाव
बृहस्पति तेस्रो घरमा रहेको छ । यसको प्रभावले
गरेका क्रियाकलापको प्रशंसा हुनेछ । सामाजिक सम्मान
प्राप्त हुनेछ । आत्मविश्वास बढ्ने छ । सामाजिक
क्षेत्रमा वर्चस्व स्थापित हुनेछ । ससाना यात्राबाट
सफलता मिल्नेछ । पारिवारिक उत्थानका निम्ति कुनै
महत्त्वपूर्ण कार्य गर्न प्रयास गरिने छ । वैवाहिक
जीवन वा प्रेमप्रसंग सुखद हुनेछ ।
सहयोगी र साझेदारहरूसँग राम्रो सम्बन्ध
कायम हुनेछ । कुनै मान्यजनबाट साथसहयोग प्राप्त
हुनेछ । सानातिना रोगव्याधिको प्रकोपको सम्भावना भने
देखा पर्नसक्छ ।
शुक्रको प्रभाव
शुक्र सातौं घरमा रहेको छ । यसको प्रभावले
एउटा आनन्दप्रद यात्रा हुने सम्भावना छ ।
विपरीत लिङ्गीले पनि सहयोग
गर्नेछन् । गीतसङ्गीत एवं अन्य
ललितकलाका विषयहरूमा र सुगन्धित एवं सौन्दर्यपूर्ण
वस्तुहरूमा झुकाव बढ्ने छ । व्यवसाय र
व्यापारमा राम्रो प्रगति हुनेछ । गरेको प्रयासका कारण
आम्दानीका मार्गमा सहजता आउने छ ।
पारिवारिक जीवन सुखद हुनेछ ।
सानातिना रोगव्याधिको प्रकोप भने सहनु पर्नेछ । मिलनसार
स्वभावको विकास हुनेछ र प्रतिष्ठित
व्यक्तित्वको सम्पर्कमा भइने छ ।
शनिको प्रभाव
शनि सातौं घरमा रहेको छ । यसको प्रभावले यो समय
राम्रो छैन किनभने साझेदार वा सहयोगीले
होच्याउने प्रयास गर्नेछन् । अरुले
गरेको अनुत्तरदायी क्रियाकलाप र
असफलताका कारण चिन्तित बन्नुपर्ने छ ।
दैनिकी सञ्चालनका क्रममा पनि समस्या
हुनसक्छ । अनावश्यक आरोपका कारण सजाय भोग्नु
पर्छ । सानातिना झंझट वा विवादबाट जोगिनु बेस हुनेछ ।
विपरीत लिङ्गीसँग
पनि राम्रो सम्बन्ध हुनेछैन । जतिसक्दो अनावश्यक
यात्रा नगर्नु नै राम्रो हुनेछ । व्यापारिक र विकाससम्बद्ध
ठूलठूला निर्णय लिनुअघि पूर्णरूपेण निरीक्षण
गर्नु राम्रो हुनेछ ।
राहुको प्रभाव
राहु पाँचौं घरमा रहेको छ । यसको प्रभावले समुचित निर्णय
लिन नसक्दा क्षमता र योग्यतामा नराम्रो प्रभाव पर्नसक्छ ।
अन्धविश्वास र भ्रमले डेरा जमाउने बेला हो, यो ।
महत्त्वाकाङ्क्षा र असम्भव आशा जाग्नाले निराश हुन
सक्नुहुन्छ । जुवातास, लटरी, चिट्ठा र
सट्टापट्टामा धनलगानी गर्नुभयो भने
पछुतो हुनेछ । झैझगडा र मुद्दामामिलाभन्दा एक
कदमपछाडि हट्नु नै बेस हुनेछ, त्यस्तै
कसैको साक्षी वा जमानी पनि
नबस्नु राम्रो हुनेछ । स्वास्थ्यप्रति सचेत रहनु बेस
हुनेछ । खानपान र आहारविहारमा नियन्त्रण नहुनाले
पेटमा विकार आउन सक्छ ।
केतुको प्रभाव
केतु एघारौं घरमा रहेको छ । यसको प्रभावले अचानक
परिस्थिति फेरिएर अनुकूल हुन थाल्नेछ । व्यापारिक किनमेल
र नयाँ कारोबारले लाभान्वित तुल्याउने छ । मित्र र
हितैषीको पूर्ण सहयोग मिल्नेछ ।
उच्चकोटिको शारीरिक सुख प्राप्त हुनेछ ।
पदोन्नति हुनेछ । लामो लाभदायी यात्रा हुने
सम्भावना पनि छ । पारिवारिक जीवन संतोषप्रद
रहने छ । सामाजिक क्षेत्रमा वर्चस्व कायम हुनेछ,
जसबाट प्रतिष्ठा र सम्मान प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सूर्यको प्रभाव
सूर्य छैठौं घरमा रहेको छ । यसको प्रभावले यो समय
उपयोगी छ, जे गरे पनि सफलता हात पर्ने
सम्भावना हुन्छ । पहिले
देखिएका प्रायशः समस्याहरूको निराकरण हुनसक्छ ।
प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ ।
पछाडि उछित्तो काड्ने र कुरा काट्नेहरू आफैं चुप लाग्नेछन्
। नोकरी र व्यायसायिक
जीवनमा सुधार आउने छ । प्रतिष्ठा र
पदोन्नतिको सम्भावना छ । आफ्नो सर्कलमा सम्मान र साख
मिल्नेछ ।
मङ्गलको प्रभाव
मङ्गल सातौं घरमा रहेको छ । यसको प्रभावले दैनिक
कामकाज र व्यवहारमा अनेकानेक
कठिनाइको सामना गर्नुपर्छ । शत्रुले छवि बिगार्ने प्रयास
गर्नेछन् । सहयोगी र साझेदारहरूसँग विवाद
हुने सम्भावना छ । पारिवारिक जीवन सुखद
हुनेछैन । स्वास्थ्यप्रति समेत सचेत हुनु राम्रो हुन्छ ।
यात्राबाट लाभको सम्भावना छैन ।
जीवनसाथी वा
आत्मीय मित्रको प्रतिकूल स्वास्थ्यका कारण
चिन्तित बन्नुपर्ने छ । समस्या र कठिनाइमा समय यापन
गर्नु पर्ने छ ।
बुधको प्रभाव
बुध पाँचौं घरमा रहेको छ । यसको प्रभावले विवेक, बुद्धि र
समुचित अनुमानका कारण यस पटक सामाजिक सम्मान
प्राप्त हुनेछ । कल्पना र भावुकतामा मन रुमल्लिने
सम्भावना छ । नयाँनयाँ उद्यम र योजना कार्यान्वयन गर्नाले
सफलता मिल्नेछ । यो समय प्रणय र
रोमान्सका लागि पनि राम्रै छ ।
सृजनशीलताको प्रशंसा र सराहना हुनेछ ।
पारिवारिक सुखमा अभिबृद्धि हुनेछ । मित्र र शुभचिन्तकले
पूर्ण सहयोग गर्नेछन् । महत्त्वपूर्ण व्यक्तिहरूसित
सम्पर्क बढाउनु हुनेछ । एउटा स्मरणीय
यात्रा हुने सम्भावना भने देखा पर्नसक्छ ।
बृहस्पतिको प्रभाव
बृहस्पति दोस्रो घरमा रहेको छ । यसको प्रभावले
यो महिना आयक्षेत्रमा उल्लेखनीय
अभिबृद्धि हुनेछ । परिवारका सदस्य र अन्य
व्यक्तिको हितका लागि धनखर्च गर्न मन हौसिने छ ।
लोकप्रियता हासिल हुनेछ । परिवारमा नयाँ सदस्य
वा अतिथिको आगमन हुनसक्छ । शत्रुमाथि विजय प्राप्त
हुनेछ । अचल सम्पत्तिबाट लाभ मिल्नेछ । कला, कविता र
साहित्यमा रूचि बढ्ने छ ।
आफ्नो रूचिको क्षेत्रमा गरेको प्रयास सार्थक हुनेछ ।
सामान्यतया सबै किसिमका सुखभोग प्राप्त हुनेछ ।
शुक्रको प्रभाव
शुक्र छैठौं घरमा रहेको छ । यसको प्रभावले
विपरीत लिङ्गीसँगको सम्बन्ध
सुमधुर हुन सक्दैन । वासनाजन्य विचारले दुःखित तुल्याउने
मात्र होइन, यसले अपमानित पनि बनाउन सक्छ ।
स्वास्थ्य सम्बन्धी समस्याका कारण
दिनचर्र्यामा पनि अवरोध आउने छ । यद्यपि पेसागत र
व्यवसायिक परिस्थति ठिकै रहने छ । कामको बोझ
बढेको अनुभूति हुनेछ । शत्रु र
प्रतिस्पर्धीहरू प्रबल हुनेछन् ।
विपरीत परिस्थिति आएमा प्रतिरोधात्मक
शक्तिलाई विकसित तुल्याउने प्रयास गर्नु राम्रो हुनेछ ।
खर्चको मात्रामा अचानक बृद्धि हुने सम्भावना भने
देखा पर्नसक्छ । मानसिक तनावबाट जोगिनु पर्छ ।
शनिको प्रभाव
शनि छैठौं घरमा रहेको छ । यसको प्रभावले
आफ्नो कार्यक्षेत्रमा राम्रो प्रगति हुनेछ ।
नोकरी वा व्यवसायको क्षेत्रमा राम्रो सुधार
आउने छ । प्रभावशाली व्यक्तिसित सम्पर्क
बढ्ने छ ।
दैनिकी सञ्चालनका क्रममा फुर्तिको अनुभूति
हुनेछ । शत्रु र प्रतिस्पर्धीले बदख्वाइँ गर्ने
प्रयास गर्न सक्दैनन् । आर्थिक रूपले यो समय अनुकूल
रहनेछ । ससाना यात्रा उपयोगी हुनेछ ।
पारिवारिक वातावरण पूर्ण संतोषप्रद हुनेछ । यस
महिनाको मध्यभागमा सानातिना रोगव्याधिको मारमा पर्न
सक्नुहुन्छ ।
राहुको प्रभाव
राहु चौथो घरमा रहेको छ । यसको प्रभावले
गरेका प्रयासमा असफलता हुनाले मानसिक तनाव बढ्न
सक्छ । अभिभावक, हाकिम, उच्चपदस्थ अधिकृत
वा मातापितासँगको सम्बन्ध बिग्रिन सक्छ । पारिवारिक वातावरण
पनि अनुकूल हुनेछैन । यात्रा कष्टकारक हुनेछ ।
अवाञ्छित मार्गलाई अवलम्बन गरी धनार्जन
गर्ने प्रयत्न गर्नु हुँदैन । नोकरी वा व्यवसाय
संतोषकारक हुँदैन । साथीभाइ र
सहयोगीहरू टाढिन सक्छन् । स्वास्थ्य
सम्बन्धी कठिनाइ हुनसक्छ । आफूले गर्ने
प्रत्येक काम सावधान भई गर्ने बानी बसाल्नु
ठिक हुन्छ । दुर्घटना हुने सम्भावनासमेत छ ।
विपरीत परिस्थितिलार्ई विवेकपूर्वक निराकरण
गर्ने सोचको विकास गर्नु राम्रो हुनेछ ।
केतुको प्रभाव
केतु दसौं घरमा रहेको छ । यसको प्रभावले
परिणामप्रति आशावादी भइने छ ।
बन्दव्यापारमा राम्रो छ । महत्त्वपूर्ण
व्यक्तिका साथमा सम्पर्क बढ्ने छ । पेसागत र व्यवसायिक
परिस्थितिमा सुधार आउने छ । धेरै पटक
यात्राको सम्भावना बन्न सक्छ । नयाँ सृजना र
परिवर्तनका लागि मष्तिष्क सक्रिय रहनेछ ।
यद्यपि घरायसी वातावरण अनुकूल रहने छैन र
घरपरिवारको कुनै सदस्यको खराब स्वास्थ्यका कारण
तपार्ईले चिन्ताग्रस्त बन्नुपर्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सूर्यको प्रभाव
सूर्य पाँचौं घरमा रहेको छ । यसको प्रभावले
मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ ।
यद्यपि प्रेमप्रसङ्ग, प्रणय एवं
रतिरागका क्षेत्रमा निर्लिप्त हुन यो समय
उपयोगी हुँदैन । पढाइलेखाइ र बौद्धिक
क्रियाकलापका लागि उचित समय छ, तर
चिन्तनमननमा बढी निर्लिप्त हुनु
पनि हानिकारक बन्नसक्छ । आकस्मिक यात्राको अवसर
आउन सक्छ ।
मङ्गलको प्रभाव
मङ्गल छैठौं घरमा रहेको छ । यसको प्रभावले यस
समयमा सुखभोग गर्न पाइने छ । पेसागत र व्यवसायिक
परिस्थतिमा सुधार आउने छ । धनसम्पत्तिको लाभ हुने
सम्भावना छ । पारिवारिक वातावरण पनि सुखद हुनेछ । पेसा र
व्यवसायमा देखिएका अड्चन र बाधा हटाउन तथा शत्रुदमन
गर्न प्रयास गरिने छन् । समग्रमा समय राम्रै भए
पनि वाहनादिमा यात्रा गर्दा सावधान हुनु बेस हुनेछ ।
बुधको प्रभाव
बुध चौथो घरमा रहेको छ । यसको प्रभावले
लुकेको प्रतिभा र व्यवसायिक योग्यताको सहज विकास
हुनेछ ।
कार्यशैलीमा गम्भीरता आउने छ ।
सुखसुविधा भोग गर्न पाइने छ र मन प्रसन्न रहने छ ।
कामप्रतिको लगनशीलताका कारण प्रशस्त लाभ
मिल्नेछ । पारिवारिक वातावरण सुमधुर रहनेछ । मातापितासित
सुमधुर सम्बन्ध रहने छ ।
विलासिताका सामग्रीमा खर्च बढ्ने छ ।
सञ्चारमाध्यमबाट शुभ समाचार प्राप्त हुनेछ ।
घरपरिवारमा कुनै शुभ संस्कार सम्पन्न हुने सम्भावना भने
देखा पर्नसक्छ ।
बृहस्पतिको प्रभाव
बृहस्पति पहिलो घरमा रहेको छ । यसको प्रभावले
यो महिना मन प्रसन्न र फुर्तिलो रहनेछ र
परिवारमा पनि कुनै माङ्गलिक कार्य सम्पन्न हुनेछ, शुभ र
श्रेष्ठ कर्ममा लगनशीलता बढ्ने छ ।
आम्दानीका मार्ग बढ्ने छन् र उच्च
पदमा आसीन राजनैतिक प्रशासनिक
पदका व्यक्तित्वसँगको सम्बन्धमा सुधार आउने छ ।
योग्यताको प्रयोग गरी विपरीत
परिस्थितिलाई समेत आफ्नो पक्षमा ल्याउन सकिने छ ।
परिवारमा सुखसुविधाको जोहो हुनेछ । मन दर्शन र
चिन्तनमा केन्द्रित रहने छ । मस्तिष्क पूर्णरूपेण सक्रिय
रहनेछ ।
शुक्रको प्रभाव
शुक्र पाँचौं घरमा रहेको छ । यसको प्रभावले
विपरीत लिङ्गीप्रति आकर्षित
भइने छ । आकस्मिक
रूपमा हितकारी घटना घट्न सक्छ । सामाजिक
प्रतिष्ठा र सुखसम्मृद्धि पनि बढ्ने छ । पारिवारिक
जीवन अति सुखद रहने छ ।
बहुप्रतीक्षित अभिलाषा पूरा हुनेछ ।
सृजनात्मक क्षमताको प्रस्फुटन हुनाले कला, साहित्य,
सङ्गीत आदि क्षेत्रमा प्रशंसा प्राप्त
हुनसक्छ । सामाजिक क्षेत्रमा सुमधुर सम्बन्ध कायम
हुनेछ । पुराना साथीभाइ र
सहयोगीहरूसँग भेटघाट हुनेछ ।
सञ्चारको माध्यमबाट कुनै राम्रो खबर प्राप्त हुन सक्छ ।
शनिको प्रभाव
शनि पाँचौं घरमा रहेको छ । यसको प्रभावले सृजनात्मक
क्षमतालाई प्रस्फुटन गर्न सक्नुहुन्न र
बुद्धिविवेकको ह्रास हुनेछ । के गरी समुचित
निर्णय लिन सकिन्छ भन्ने विषयमा ध्यान दिनु आवश्यक छ
। सन्ततिको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । मित्र
एवं सहयोगीले वाचा पूरा गर्न सक्दैनन् ।
बढी आशावादी हुनु उचित होइन
र यात्राबाट सोचे जस्तो लाभ प्राप्त हुन सक्दैन । आर्थिक
समस्याले मानसिक तनावको सिर्जना हुनेछ । जोखिम
ब्यहोर्नु पर्ने प्रवृत्तिलाई पूर्णरूपेण अङ्कुश लगाउनु
बेस हुनेछ ।
राहुको प्रभाव
राहु तेस्रो घरमा रहेको छ । यसको प्रभावले
लुकेको आन्तरिक ऊर्जाका माध्यमले जस्तै काम
पनि सम्पन्न गर्ने क्षमता रहने छ । उद्देश्य
उपलब्धीमूलक हुनेछ । दृढ़
इच्छा शक्तिका कारण विपरीत
परिस्थितिमा पनि विवेक गुम्दैन र समुचित काम हुनेछ ।
सामाजिक सम्बन्धमा विस्तार हुनेछ र
प्रतिष्ठामा पनि अभिबृद्धि हुनेछ । दाजुभाइ र
दिदीबहिनीसँगको सम्बन्धमा सुधार
आउने छ । संचार माध्यमबाट उत्साहमा प्रेरणा प्राप्त हुने
समाचार सुन्न पाइने छ । व्यापार र लेनदेनको कारोबारबाट राम्रै
फाइदा प्राप्त हुनेछ । कर्मचारीले छिटै
बढुवा हुने वा प्रशंसा र पुरस्कार पाउने सङ्केत छ ।
केतुको प्रभाव
केतु नवौं घरमा रहेको छ । यसको प्रभावले कुनै
संस्थानको प्रमुख व्यक्तिसित सम्पर्क हुनेछ । परोपकार
र जनकल्याणको भावना विकसित हुनेछ । कुनै सृजनात्मक
काम गर्नाले प्रतिष्ठा प्राप्त हुनेछ र
सम्मानमा अभिबृद्धि हुनेछ । यात्रा महत्त्वपूर्ण सिद्ध
हुनेछ । धर्म र अध्यात्मतर्फ मन आकर्षित हुनेछ ।
पारिवारिक जीवन हर्षाेल्लासपूर्ण रहनेछ ।
परिवारमा कुनै माङ्गलिक कृत्य सम्पन्न हुनसक्छ । यस
महिनाभित्र लाभ प्राप्त हुने सबै कामका लागि प्रयास
गर्दा उचित हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सूर्यको प्रभाव
सूर्य चौथो घरमा रहेको छ । यसको प्रभावले
यो महिना कडा मिहिनेत र परिश्रम गर्ने महिना हो ।
निरन्तर गरिएको कष्टप्रद परिश्रमका कारण छिटै थाकिन्छ र
कार्य क्षमतामा समेत कमी आउने छ । मन
कुकर्म र गलत आचरणतर्फ आकर्षित बन्न सक्छ ।
मातापिता र अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय
बन्नेछ । दुर्घटनाको सामान्य सम्भावना छ, त्यसैले
सवारीसाधन हाँक्दा र बाटो काट्दा सावधान र
सचेत रहनु बेस हुनेछ ।
मङ्गलको प्रभाव
मङ्गल पाँचौं घरमा रहेको छ । यसको प्रभावले
यतिबेला बुद्धि र विवेकले काम नगर्न सक्छ, त्यसैले यस
समयमा सावधान हुनु आवश्यक छ । व्यक्तिगत
स्वास्थ्यमा समस्या आउन सक्छ । घरपरिवारकै
सदस्यका कारण तनाव सिर्जना हुनेछ । जुवातास,
लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ ।
कुनै त्यस्तो आकस्मिक निर्णय गर्नु पर्ने हुन्छ ,
जसका कारण मानसिक नियन्त्रण गुम्ने सम्भावना हुनेछ ।
मित्र र सहयोगीहरूबाट निराशा हुनेछ ।
यात्राबाट थकित बन्नुहुनेछ ।
बुधको प्रभाव
बुध तेस्रो घरमा रहेको छ । यसको प्रभावले
मिहिनेतको राम्रो नतिजा हात पर्ने छ । ससाना यात्राबाट
राम्रो फल मिल्नेछ । विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ ।
दाजुभाइ र दिदीबहिनीहरूबाट समेत
सहायता मिल्नेछ । नयाँनयाँ व्यक्तिहरूसित सम्पर्क
हुनाले भाग्य बढ्ने छ । पुराना साथीभाइसित
भेटघाट हुनेछ । प्रकाशन वा एजेन्सीसम्बद्ध
काम गर्नेले शुभ परिणाम प्राप्त गर्नेछन् । अभिव्यक्तिगत
कलात्मकता एवं भावनात्मक अभिनयको सहज
प्रतिभा देखा पर्नेछ ।
बृहस्पतिको प्रभाव
बृहस्पति बाह्रौं घरमा रहेको छ । यसको प्रभावले कुनै
काममा पनि लगाव नहुनाले आफन्तले निराशा र
वैमनस्यता प्रकट गर्नेछन् । असुरक्षाको भावना जाग्नेछ ।
व्यर्थको काममा समय र पैसा बरबाद हुनसक्छ ।
अर्काका लागि काम गर्नुपर्ने हुन्छ । खर्चे धेरै हुनेछ ।
शत्रु र प्रतिस्पर्धीले
तनावको सिर्जना गर्नेछन् । जतिसक्दो यात्राबाट जोगिनु बेस
हुनेछ । स्वास्थ्यप्रति ध्यान पुर्याउन नसक्नाले विविध
समस्या उत्पन्न हुनसक्छन् । घरपरिवारका सदस्यले
फरक व्यवहार देखाउन सक्छन् । विपरीत
परिस्थितिलार्ई सामना गर्न आँफूभित्र प्रतिरोधात्मक
शक्तिलाई विकसित तुल्याउनु राम्रो हुन्छ ।
शुक्रको प्रभाव
शुक्र चौथो घरमा रहेको छ । यसको प्रभावले
यो महिना बडो आनन्द र उमङ्गका साथमा बित्नेछ ।
पदप्रतिष्ठामा अभिबृद्धि हुनेछ र
आम्दानीका मार्गहरू पनि बढ्ने छन् । पारिवारिक
जीवन सुखद हुनेछ । व्यापार वाणिज्यबाट लाभ
मिल्नेछ । परिवारमा एक किसिमको जमघट र
रमाइलोको वातावरण सिर्जना हुनेछ । यात्राबाट लाभ हुनेछ ।
शत्रु र प्रतिस्पर्धीले हानि पुर्याउन सक्दैनन्
। परिवारमा सदस्य सङ्ख्यामा बृद्धि हुने
वा अतिथिको आगमन हुने सम्भावना छ ।
गरेको प्रयासमा सफलता मिल्नेछ । आमा वा कुनै बृद्ध
स्त्रीबाट पूर्ण सहयोग प्राप्त हुनेछ ।
प्रत्येक दृष्टिबाट राम्रो समय छ ।
शनिको प्रभाव
शनि चौथो घरमा रहेको छ । यसको प्रभावले गर्दै नगरेको र
थोरै सहभागिता जनाएको कामकारोबारका कारण झूठो आक्षेप
ब्यहोर्नु पर्ने हुनसक्छ । पारिवारिक सुखको पनि अभाव
हुनेछ । गरेका प्रयासहरूमा असफल हुनाले मानसिक
खिन्नता बढ्नेछ । स्वास्थ्यप्रति सचेत हुनु राम्रो हुन्छ ।
दीर्घ रोगको प्रकोपमा रहेका व्यक्तिले पूर्ण
रूपमा परहेजमा बस्नु राम्रो हुनेछ । शत्रु र
प्रतिस्पर्धीहरूले छवि धमिल्याउने प्रयास
गर्नेछन् । झैझगडा र वादविवादमा नफँस्दा उचित हुनेछ ।
सांसारिक सुखका दृष्टिकोणले पनि राम्रो समय छैन,
यद्यपि धार्मिक र आध्यात्मिक
कार्यमा सहभागी हुँदा कुनै
राहतको अनुभूति हुनेछ ।
राहुको प्रभाव
राहु दोस्रो घरमा रहेको छ । यसको प्रभावले
दैनिकी सञ्चालनका क्रममा धनसङ्ग्रहमा
कठिनाइ हुनेछ । नयाँ व्यवसाय
वा उद्योगधन्दामा लगानी गर्दा राम्रो विचार पुर्याउनु
ठिक हुन्छ । घरायसी वातावरण पनि तनावपूर्ण
रहनेछ । परिवारका सदस्यहरूसँग मतभेद हुनसक्छ ।
यद्यपि आँखामा समस्या आएर रोगी बन्न
सक्नुहुन्छ, तर सामान्यतया स्वास्थ्य ठीकै
हुनेछ । शत्रुले हानि पुर्याउने प्रयत्न गर्नेछन् ।
घरव्यवहारमा असुरक्षाको भावना विकसित हुनसक्छ ।
केतुको प्रभाव
केतु आठौं घरमा रहेको छ । यसको प्रभावले
यो महिना अचानक लाभप्राप्त हुने सम्भावना छ । अचल
सम्पत्ति समेत प्राप्त हुनसक्छ । मन धार्मिक
क्रियाकलापतर्फ आकर्षित हुनेछ । कुनै
अतीन्द्रिय अनुभव पनि प्राप्त हुनसक्छ ।
पारिवारिक वातावरण सौहार्दपूर्ण हुनेछ । आकस्मिक
भ्रमणबाट सफलता मिल्नेछ । प्रतिष्ठा र
सम्मानमा अभिबृद्धि हुनेछ । सानातिना बिमारी र
चोटपटकको सम्भावना छ । कुनै
तीर्थाटनको योजनामा सफलता पाउने सम्भावना छ
। समग्रमा यो समय सुखसुविधाका लागि महत्त्वपूर्ण रहने
छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सूर्यको प्रभाव
सूर्य तेस्रो घरमा रहेको छ । यसको प्रभावले पारिवारिक
जीवन सुखद रहनेछ ।
बहुप्रतीक्षित इच्छा, आकाङ्क्षा र उद्देश्य
सफल हुनसक्छन् । महिनाको अधिकतम समय घुमघाम र
भ्रमणमा बित्नेछ, साथै ससाना यात्रा फलदायी र
भाग्यशाली सिद्ध हुनेछन् । आकस्मिक
रूपमा धनप्राप्तिको सम्भावना समेत छ ।
घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्ध सुदृढ
हुनेछ । स्वास्थ्यका दृष्टिकोणले महिनाभरि राम्रै छ ।
मङ्गलको प्रभाव
मङ्गल चौथो घरमा रहेको छ । यसको प्रभावले यस
समयावधिमा मानसिक उल्झन र तनावबाट ग्रसित रहनु
पर्नेेछ । घरायसी सुखसुविधा, अचल सम्पति,
वाहनसुख, स्त्रीसुख एवं मित्रहरूको साथ
पाउन गाह्रो देखिन्छ । आर्थिक रूपले समेत राम्रो समय
देखिंदैन । खर्चको मात्रा पनि बढ्ने छ । कुनै गुप्त कारोबार
वा गतिविधिका क्रममा हानि ब्यहोर्नु पर्ने हुन्छ ।
आकस्मिक धनहानिको सम्भावना भने देखा पर्नसक्छ ।
बुधको प्रभाव
बुध दोस्रो घरमा रहेको छ । यसको प्रभावले आर्थिक रूपले
यो उत्तम समय छ । व्यावसायिक कारोबारबाट लाभ मिल्नेछ ।
परिस्थितिलाई मनन गर्नसक्ने क्षमताको विकास हुनाले
जोसुकैलाई पनि आफ्नो विचार र लक्ष्यप्रति सहमत
तुल्याउन सकिने छ । सामाजिक प्रसिद्धि प्राप्त हुनेछ ।
परिवारका सदस्यहरू सकारात्मक हुनेछन् ।
लगानीमा रहेको रकम फिर्ता आउनसक्छ ।
यस महिनामा भ्रमणबाट समेत लाभ हुनेछ ।
दार्शनिकता प्रति झुकाव बढ्ने छ र
स्वभावमा गम्भीरता प्राप्त हुनेछ ।
रहस्यात्मक विषय र गूढ विज्ञानमा रूचि जाग्ने छ ।
बृहस्पतिको प्रभाव
बृहस्पति एघारौं घरमा रहेको छ । यसको प्रभावले
उत्साहपूर्ण समय छ । यो समय
राम्ररी बित्नेछ । विदेश
अथवा दूरदराजमा रहेको स्थानमा बसोबास गर्ने
व्यक्तिहरूसितको सम्बन्ध सुमधुर रहने छ ।
नयाँनयाँ उद्यम र इलममा संग्लग्न हुनु पर्ने छ । दाजुभाइ
र दिदीबहिनीका माझमा
खुसीको वातावरण बन्नेछ ।
प्रतिस्पर्धा वा परीक्षामा सहभागी
हुँदा सफलता आर्जन हुनेछ । आध्यात्मिक र दार्शनिक
क्रियाकलापमा मन आकर्षित हुनसक्छ ।
शुक्रको प्रभाव
शुक्र तेस्रो घरमा रहेको छ । यसको प्रभावले
यो महिना मन अत्यधिक उत्साही र
फुर्तिलो रहनेछ । ससाना यात्रा सुखद र
फलदायी हुनेछन् । पारिवारिक सुख कायम रहने
छ । दाजुभाइ र
दिदीबहिनीका माझमा सुमधुर
सम्बन्ध कायम हुनेछ । शीघ्र निर्णय गर्ने
सामथ्र्यको विकास हुनेछ, जसबाट लाभ प्राप्त गर्न
सकिनेछ । यातायातको साधनको जोहो हुनसक्छ । प्रतिष्ठित
व्यक्तिहरूसित सम्पर्क बढ्ने छ । पेसागत र व्यवसायिक
परिस्थतिमा सुधार आउने छ । भाग्यशाली समय
हुनाले मनले इच्छाएको काम पूर्ण गर्न सकिने छ ।
शनिको प्रभाव
शनि तेस्रो घरमा रहेको छ । यसको प्रभावले प्रत्येक
कामलाई तन्मय भएर ध्यानपूर्वक गर्ने रहर जागेर आउँछ
। आत्मविश्वासको मात्रा बढ्ने छ । नोकरी र
बन्दव्यापारमा उत्साहवद्र्धक परिणाम प्राप्त हुन्छ ।
नयाँनयाँ उद्योगधन्दा र व्यवसायको प्रारम्भ हुने
वा नयाँ रोजगारीको सङ्केत छ ।
आम्दानीको मात्रा बढ्ने छ । पारिवारिक वातावरण
सौहार्दपूर्ण रहनेछ । संचार माध्यमबाट कुनै शुभ समाचार
सुन्न पाइने छ ।
राहुको प्रभाव
राहु पहिलो घरमा रहेको छ । यसको प्रभावले
यो महिना चाहिंदा नचाहिंदा काम गर्ने प्रवृत्तिको विकास
हुनेछ । भ्रमका पछि कुद्नु राम्रो होइन । अनावश्यक
डरले सताउन सक्छ । आफन्तले बारम्बार धोका दिन
सक्छन् । हडबडी र
शीघ्रताका साथमा गरिएको काममा कुनै लाभ
मिल्नेछैन । विपरीत
लिङ्गीसँगको सम्बन्ध राम्रो हुनेछैन ।
शीघ्र धनार्जन गर्ने उपाय अवलम्बन
गर्दा विचार पुर्याउनु राम्रो हुन्छ । प्रत्यक्ष
अनुभूतिमा आधारित कुरामा मात्र विश्वास गर्नु राम्रो हुन्छ ।
गुप्त रोगले सताउन सक्छ ।
केतुको प्रभाव
केतु सातौं घरमा रहेको छ । यसको प्रभावले
यो महिना मिश्रित परिणाम प्राप्त हुनेछ । भाग्यबल बढ्नेछ
। सामाजिक क्षेत्रमा सुसम्बन्ध विकसित हुनेछ । प्रणय
र प्रेमका लागि यो समय राम्रो होइन ।
प्रणयसम्बन्धमा तनावको सिर्जना हुनेछ, दाम्पत्य
जीवनमा झैझगडा र विवाद हुने पूर्ण
सम्भावना छ । खर्च अचानक बढ्ने सम्भावना छ ।
भ्रमणबाट कुनै विशेष किसिमको लाभ प्राप्त हुनेछैन ।
जोखिमयुक्त काममा फँस्ने सम्भावनासमेत छ,
यो महिना जोखिम मोल्ने उपयुक्त समय होइन ।
सानातिना रोगले पनि सताउन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सूर्यको प्रभाव
सूर्य दोस्रो घरमा रहेको छ । यसको प्रभावले
शारीरिक तनाव र बोझलाई झेल्नसक्ने सामथ्र्य
हुँदाहुँदै पनि पारिवारिक झैझमेला र समस्या बढ्नाले मन
विचलित हुनसक्छ र पारिवारिक
जीवनमा निराशापना देखिने सम्भावना छ, तर
घरायसी समस्या र परिवारजनका भावनालाई समेटेर
अघि बढ्नु राम्रो हुनेछ । आर्थिक दृष्टिले
पनि यो महिना लाभदायी हुनेछैन, कुनै
ठूलो सम्पत्तिको नोक्सानी हुनसक्छ,
दीर्घकालिक लगानी र
कारोबारप्रति सचेतता अपनाउनु आवश्यक छ, ।
स्वास्थ्यतर्फ आँखा र मुखको क्षेत्र कमजोर छन् ।
बोलीमा पनि अङ्कुश लगाएकै बेस हुनेछ ।
मङ्गलको प्रभाव
मङ्गल तेस्रो घरमा रहेको छ । यसको प्रभावले
मनमा उत्साह र साहसी प्रवृत्ति देखा पर्नेछ
। यात्राबाट लाभ मिल्नेछ । सञ्चार माध्यमबाट शुभ समाचार
प्राप्त हुनेछ । नातागोता,
खासगरी दाजुभाइका कारण
खुसीको वातावरण सिर्जना हुनेछ ।
जग्गाजमिनसँग सम्बद्ध कारोबारबाट लाभ प्राप्त हुने
सम्भावना छ । शत्रु र प्रतिस्पर्धीले
सामना गर्न सक्दैनन् । गरिएका प्रयासमा सुनिश्चित
सफलता प्राप्तिको योग छ ।
बुधको प्रभाव
बुध पहिलो घरमा रहेको छ । यसको प्रभावले अत्यन्त
सुखभोग गर्न पाइने छ । प्रतिभा, दक्षता र
योग्यता प्रदर्शन गर्नाले राम्रो परिणाम प्राप्त हुनेछ ।
महत्त्वपूर्ण व्यक्तित्व र विद्वानहरू
सम्पर्कमा रहनेछन् । सम्मान प्राप्त हुने र ख्याति बढ्ने
समय छ । पारिवारिक जीवन संतोषप्रद रहनेछ
। यद्यपि कामको बोझ धेरै नै हुन्छ , तर पनि समय र
स्वास्थ्य अनुकूल हुनाले सफलता मिल्नेछ ।
बृहस्पतिको प्रभाव
बृहस्पति दसौं घरमा रहेको छ । यसको प्रभावले व्यापार,
नोकरी वा कारोबारमा धेरै गरेको प्रयास सार्थक
हुनेछ । व्यापारको विस्तार हुनेछ र पद बढ्ने छ । वरिष्ठ
एवं शक्तिशाली व्यक्तित्वबाट स्नेह र
सम्मान प्राप्त हुनेछ । व्यापार र
नोकरीको सिलसिलामा धेरै घुमफिर हुनेछ ।
शत्रुको प्रतिष्ठालाई हानि पुर्याउने प्रयत्न हुनेछ तर
त्यसमा सफल हुनुहुन्न । पारिवारिक जीवन
सुखद हुनेछ ।
शुक्रको प्रभाव
शुक्र दोस्रो घरमा रहेको छ । यसको प्रभावले
घरपरिवारका सदस्यहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ
। विपरीत परिस्थितिलाई संयमतापूर्वक
सामना गरिनेछ । आम्दानीका मार्ग बढ्ने छन् ।
शङ्कास्पद कारोबार र गलत तरिकाबाट समेत धनार्जन गर्ने
सम्भावना छ । परिवारमा कुनै माङ्गलिक
कार्यको आयोजना हुनसक्छ । विपरीत
लिङ्गीसँग सुमधुर सम्बन्ध कायम हुनेछ ।
महंगा र सुस्वादु भोजनप्रति रुचि जागृत हुनेछ ।
घरायसी सुखसुविधा बढाउने भौतिक
सामाग्रीका निम्ति धनव्यय हुनेछ ।
घरायसी नातागोताका व्यक्तिहरूको जमघट
हुनेछ ।
शनिको प्रभाव
शनि दोस्रो घरमा रहेको छ । यसको प्रभावले कुनै आर्थिक
कठिनाइको सामना गर्नुपर्ने हुन्छ ।
आम्दानीका मार्गहरू पनि ठीक
रहने छैनन् । परिवारका सदस्यका आकाङ्क्षा पूरा हुन
सक्दैनन् । आफन्तहरूसित सम्बन्ध बिग्रन्छ ।
दैनिकी सञ्चालनका क्रममा सावधान हुनु
आवश्यक छ । नयाँ व्यवसाय र उद्योग धन्धामा सम्बद्ध
नहुनु बेस हुनेछ र महत्त्वपूर्ण
कागतपत्रमा राम्ररी पढेर हस्ताक्षर गर्नु
राम्रो हुन्छ । जोखिम मोलेर काम गर्ने
प्रवृत्तिमा पनि अङ्कुश लगाउनु उचित हुनेछ । मातापिता र
अभिभावकवर्गको स्वास्थ्य समेत राम्रो हुनेछैन ।
राहुको प्रभाव
राहु बाह्रौं घरमा रहेको छ । यसको प्रभावले बसाइँ सर्ने
वा सरुवा हुने योग छ । निवास स्थान
अथवा नोकरीको परिवर्तन हुनसक्छ ।
खर्चको मात्रामा बृद्धि हुनाले अशान्त भइने छ ।
आफन्तहरूसित नै झैझगडा र विवाद हुनसक्छ । यात्राबाट
लाभ हुने सम्भावना छैन र शारीरिक थकान बढ्ने
सम्भावना छ । घरपरिवारका सदस्य
तपाईंप्रति उदासीन रहने छन् । शत्रुले
हानि पुर्याउने प्रयत्न गर्नेछन् । दुष्ट मित्रदेखि सावधान
रहनु आवश्यक छ, किनभने उसले प्रतिष्ठामा आँच
पुर्याउने प्रयास गर्नेछ । घरपरिवारको कुनै सदस्यको खराब
स्वास्थ्य चिन्ताको कारण बन्न सक्छ । यस महिनामा कुनै
यात्राको योजना छ भने स्थगित गर्नु बेस हुनेछ ।
केतुको प्रभाव
केतु छैठौं घरमा रहेको छ । यसको प्रभावले
बन्दव्यापारका क्षेत्रमा यो महिना राम्रा काम सम्पन्न
हुनेछन् र कुनै नोकरीमा आबद्ध हुनुहुन्छ
भने पेसागत उन्नति हुनेछ, जसबाट प्रतिष्ठा बढ्ने छ ।
यो महिना चौतर्फी समुन्नतिको लक्षण छ ।
घरपरिवारको सदस्यको व्यवहार अनुकूल रहने छ ।
प्रतिस्पर्धा, खेल र तर्क एवं विवादमा सफलता आर्जन
हुनेछ । शत्रुले सामना गर्ने साहस गर्ने छैनन् ।
आकस्मिक यात्राबाट भाग्य बढ्ने सम्भावना छ । स्वास्थ्य
अनुकूल रहने छ । यो श्रेय बढाउने महत्त्वपूर्ण समय
हो ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सूर्यको प्रभाव
सूर्य पहिलो घरमा रहेको छ । यसको प्रभावले
यो महिना धनसम्पत्ति र सुखसुविधा आर्जन गर्ने
पक्षमा आकर्षित रहनुहुनेछ ।
आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना
हुनेछ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै
महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ ।
छोटो दूरीको यात्रा हुने सम्भावना छ, जुन
सुझबुझ र लगनशीलताका कारण फलदायक
सिद्ध हुनेछ । सामाजिक
सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ ।
स्वास्थ्यस्थितिमा असर पर्ने वा परिवारका कुनै सदस्य
अस्वस्थ हुने सम्भावना समेत छ, सचेतता अपनाउनु बेस
हुने देखिन्छ ।
मङ्गलको प्रभाव
मङ्गल दोस्रो घरमा रहेको छ । यसको प्रभावले आर्थिक
दृष्टिकोणले यो समय राम्रो होइन । घरपरिवारकै
सदस्यका बीचमा मनोमालिन्य बढ्नाले एवं
ससाना कुरामा झैझगडा मानसिक तनाव बढ्नसक्छ । मुखलाई
नियन्त्रणमा राख्नु बेस हुनेछ , नत्र अप्ठ्यारामा पर्न
सकिन्छ । अवाञ्छित व्यक्तिहरूउपर निर्भर रहनु पर्ने
बाध्यता हुनसक्छ । व्यापारमा घाटा हुने वा धनमाल
हराउने/ चोरी हुने सम्भावना भने
देखा पर्नसक्छ । उता व्यक्तिगत स्वास्थ्यप्रति समेत
सचेतता अपनाउनु पर्ने देखिन्छ ।
बुधको प्रभाव
बुध बाह्रौं घरमा रहेको छ । यसको प्रभावले
यो अवधि मानसिक तनाव र चिन्ता प्रदान गर्ने समय हो ।
शत्रु र प्रतिस्पर्धीले प्रतिष्ठामा आँच
पुर्याउने प्रयास गर्नेछन् । खर्चको मात्रा बढने छ । सोच्दै
नसोचेको क्षेत्रमा अचानक धनमालको हानि हुने
सम्भावना छ । स्वास्थ्य
सम्बन्धी समस्याका कारण तनावग्रस्त रहनु
पर्नेछ । सरकारविरोधी, असामाजिक र
हानिकारक कार्यमा समेत संलग्नता हुनसक्छ । पारिवारिक
वातावरण सुमधुर हुनेछैन । मन अध्यात्मतर्फ आकर्षित
हुनेछ । समस्या र कठिनाइलाई प्रतिरोध गर्ने कोशिश गर्नु
राम्रो हुन्छ । जोखिम मोलेर काम गर्ने प्रवृत्तिमा नियन्त्रण
गर्नु राम्रो हुन्छ र सबै किसिमका जुवातास,
लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ ।
बृहस्पतिको प्रभाव
बृहस्पति नवौं घरमा रहेको छ । यसको प्रभावले
यो अवधि सर्वश्रेष्ठ छ । अत्यधिक सफलता र सम्मान
प्राप्त हुनेछ । मनलाई एकाग्र बनाउन, समाधि र
योगको अभ्यास गर्नसमेत यस महिनाको उपयोग गर्न
सक्नुहुन्छ । धार्मिक र सामाजिक क्षेत्रको कुनै प्रमुख
व्यक्तिसित सम्पर्क हुनसक्छ । आफ्नो कामलाई पूर्ण
गर्ने अत्यधिक उत्साह हुनेछ । परिवारिक वातावरणबाट
पनि सहयोग मिल्नेछ ।
लामो यात्रा फलदायी सिद्ध हुनेछ ।
परिवारमा नयाँ सदस्यको आगमन हुनेछ ।
शुक्रको प्रभाव
शुक्र पहिलो घरमा रहेको छ । यसको प्रभावले सुखद
वातावरणमा सुखपूर्ण र आनन्दपूर्वक समय
व्यतीत हुनेछ । विपरीत
लिङ्गीप्रति झुकाव बढ्नेछ । दाम्पत्य
जीवनको भरपूर सुख भोग गर्न पाइने छ । थोरै
मिहिनेत गर्नाले आफ्नो आयस्रोत
राम्ररी बढाउन सकिन्छ । ललितकला,
सङ्गीत एवं साहित्यमा रूचि जाग्ने छ ।
सानातिना रोगले अस्वस्थ तुल्याउन सक्छ ।
घरपरिवारका सदस्यले काममा सक्दो सहयोग पुर्याउने छन् ।
शनिको प्रभाव
शनि पहिलो घरमा रहेको छ । यसको प्रभावले प्रत्येक
काममा बाधा आउने र ढिलो हुने सम्भावना छ ।
कहिलेकाँही असुरक्षाको
हीनभावना विकसित हुन सक्छ । कामको बोझ
बढ्ने छ । व्यर्थको काममा फँस्ने सम्भावना समेत छ ।
स्वास्थ्य पनि ठीक हुनेछैन । पारिवारिक
जीवन सुखद हुनेछैन । नातागोताको प्रतिकूल
स्वास्थ्यका कारण चिन्तित हुनुपर्ने छ । साझेदार
वा सहयोगीको लापरवाहीका कारण
हानि पुग्नसक्छ । हुन त यस महिनाको अन्त्यतिर राहत
मिल्नेछ । आशावादी हुनु
निराशावादी हुनुभन्दा राम्रो हुन्छ ।
राहुको प्रभाव
राहु एघारौं घरमा रहेको छ । यसको प्रभावले
महत्त्वपूर्ण व्यक्तिहरूको सम्पर्कमा भइने छ । आय
आर्जनका मार्गमा स्पष्ट निर्णय गर्ने समय हो, यो ।
नयाँ व्यवसाय र उद्योगधन्धामा संलग्नता बढ्ने सङ्केत छ ।
मित्र र सहयोगीबाट पूर्ण सहयोग मिल्नेछ ।
लामो यात्राबाट लाभ हुनेछ ।
विदेशीहरूसँगको सम्पर्क बढ्ने छ । पारिवारिक
जीवन सुखद हुनेछ । प्रणय र प्रेमसम्बन्ध
विस्तार गर्न यो समय अनुकूल छ । गरेका प्रतिस्पर्धा र
सङ्घर्षमा विजयी भइने छ । शत्रु पराजित
हुनेछन् । यद्यपि कानको रोगले सताउन सक्छ, तर
सामान्यतया स्वास्थ्यस्थिति ठीकै रहनेछ ।
केतुको प्रभाव
केतु पाँचौं घरमा रहेको छ । यसको प्रभावले धेरैजनासँग
मिलेर काम गर्ने प्रयास हुनेछ तर समुचित परिणाम प्राप्त
गर्न धौधौ हुन्छ । शीघ्रता र हतार गर्दा कुनै
काम सफल हुँदैन । परिवारका सदस्यहरूको अस्वस्थताले
पनि चिन्तित तुल्याउन सक्छ । समग्रमा पारिवारिक वातावरण
तनावग्रस्त हुनेछ । जोखिम मोलेर काम गर्ने प्रवृत्तिलाई
अङ्कुश लगाउनु बेस हुनेछ । शत्रुले साख बिगार्ने प्रयास
गर्नेछन्, त्यसैले सचेत रहनु ठिक हुन्छ र
जतिसक्दो यात्राबाट जोगिनु बेस हुनेछ । पेटको रोगले समेत
सताउन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सूर्यको प्रभाव
सूर्य बाह्रौं घरमा रहेको छ । यसको प्रभावले यस
महिनामा क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस
हुनेछ । गलत निर्णयका कारण अकल्पनीय
हानि हुनसक्छ, त्यसैले कुनै निर्णय लिनुपूर्व
राम्रो सोचविचार गर्नु आवश्यक छ । खर्चको मात्रा बढ्ने छ
। व्यवसायिक स्थितिमा गिरावट आउनसक्छ । व्यक्तिगत
स्वास्थ्य पनि अनुकूल हुनेछैन । नातागोताका सदस्य एवं
मित्रवर्गसँग सुमधुर सम्बन्ध कायम राख्नु आवश्यक छ,
अन्यथा एकआपसमा तनाव उत्पन्न हुनसक्छ । जुवातास,
लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ ।
मङ्गलको प्रभाव
मङ्गल पहिलो घरमा रहेको छ । यसको प्रभावले मिश्रित
परिणाम प्राप्त हुनेछ । इच्छाविपरीत परिणाम
आउनसक्छ, त्यसैले फलप्राप्ति प्रति धेरै उत्साह
नदेखाउनु उचित हुनेछ । सानातिना रोगव्याधिको भय र
हलुका दुर्घटना हुने सम्भावना छ । जोखिमपूर्ण र
जुवाजन्य काममा दिलचस्पी नदिनु नै बेस हुनेछ
। पारिवारिक झमेला बढ्नाले मानसिक तनाव हुन सक्छ ।
बुधको प्रभाव
बुध एघारौं घरमा रहेको छ । यसको प्रभावले
लामो दूरीको यात्रा गर्ने पूर्ण सम्भावना छ ।
मित्र र सहयोगीहरूले सहायता गर्नेछन् ।
आफ्नो व्यापार/व्यवसायलाई बढाउने र चम्काउने अवसर
मिल्नेछन् । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । दाजुभाइ
अथवा घनिष्ठ मित्रका बारेमा कुनै शुभ समाचार प्राप्त हुनेछ
। हरेक क्षेत्रबाट खुसियालीको वातावरण
प्राप्त हुने सम्भावना छ । प्रणय सम्बन्धका निमित्त
राम्रो समय छ । यस समयको पूर्णरूपले सदुपयोग गर्नु
राम्रो हुन्छ । यो महिना प्रतिष्ठित व्यक्तिहरूसित
मित्रतापूर्ण सम्बन्ध कायम हुनेछ ।
बृहस्पतिको प्रभाव
बृहस्पति आठौं घरमा रहेको छ । यसको प्रभावले सधैं
असुरक्षाको भावना विद्यमान रहने छ । मानसिक
चिन्ताका कारण कष्ट हुनेछ । शरीरमा रोगले
सताउन सक्छ । मस्तिष्कलाई आराम हुनेछैन ।
घरपरिवारका सदस्यले फरक व्यवहार देखाउन सक्छन् ।
रहस्य, अध्यात्म, गूढविज्ञान र
परामनोविज्ञानका विषयमा रूचि बढ्ने छ
वा यी क्षेत्रको कुनै अनुभव प्राप्त हुनेछ ।
अचानक धन लाभ हुने सम्भावना छ ।
नयाँ ठाउँमा लगानी गर्ने प्रयत्न
नगर्दा राम्रो हुन्छ , किनभने मनले इच्छाए झैं परिणाम
प्राप्त हुनेछैन । मित्र र सहयोगीले
आफ्नो बाचा पूरा गर्ने छैनन् ।
शुक्रको प्रभाव
शुक्र बाह्रौं घरमा रहेको छ । यसको प्रभावले भौतिक
सुखसुविधाका सामाग्री किनमेल गर्न धनखर्च
हुनेछ । उच्चकोटिको दाम्पत्य जीवनको भरपूर
सुख भोग गर्न पाइने छ, तथापि आफ्नो भोगवृत्तिमा अङ्कुश
लगाउँदा राम्रो हुनेछ, नत्र आनन्द प्राप्त
र्गाुको सट्टा झमेला ब्यहोर्नु पर्ने हुनसक्छ ।
सानातिना रोगव्याधिको प्रकोप सहनु पर्ने हुन सक्छ ।
दाम्पत्य र प्रणय सम्बन्धमा निरसता अपनाउनु राम्रो हुनेछ
। प्रतिस्पर्धी र प्रतिद्वन्द्वीले
हानि पुर्याउने प्रयास गर्नेछन् ।
यद्यपि तिनको वास्ता गर्नुहुन्न,
तापनि तिनीहरूप्रति सचेत हुनु राम्रो हुनेछ ।
आर्थिक रूपले यो समय नराम्रो छैन तर खर्चमा नियन्त्रण
गर्नु अझ राम्रो हो । परिवार जनको प्रतिकूल
स्वास्थ्यका कारण चिन्तित हुनु पर्नेछ ।
शनिको प्रभाव
शनि बाह्रौं घरमा रहेको छ । यसको प्रभावले
जीवनीशक्तिमा कमी
भएको अनुभूतिका कारण आँफूलाई कमजोर
भएको अनुभूति हुनेछ । व्यर्थको काममा आफ्नो ऊर्जा नाश
हुनेछ । धन हानि हुनेछ । परिजनको अस्वस्थताले
अशान्त रहनुहुनेछ । खर्चको मात्रा बढ्ने छ ।
नचिताएको ठाउँमा बसोबास गर्नुपर्ने हुन्छ । धार्मिक
क्रियाकलापमा संलग्न हुँदा अझ राम्रो हुन्छ । सांसारिक
दृष्टिकोणले यो श्रेष्ठ समय होइन ।
राहुको प्रभाव
राहु दसौं घरमा रहेको छ । यसको प्रभावले
यो महिना आत्मविश्वासमा अभिबृद्धि हुनेछ । निडर र जुझारु
बन्नुहुनेछ र झैझगडा, विवाद आदिबाट पछाडि हट्नु हुन्न
। मिहिनेत र कर्मठताले कामधन्धामा प्रगति र विकास हुनेछ
। वरिष्ठ व्यक्तित्व र सत्ताधारी व्यक्तिसित
सुमधुर सम्बन्ध कायम हुनेछ, साथै बन्दव्यापारबाट
पनि लाभ मिल्नेछ । एउटा इच्छाअनुकूलको यात्रा सम्पन्न
हुनाले असीमित लाभ मिल्नेछ ।
प्रतिस्पर्धामा विजयी भएर
आफ्ना शत्रुमाथि दबाब सिर्जना गर्ने समय हो, यो ।
स्वास्थ्य पनि अनुकूल रहने छ ।
केतुको प्रभाव
केतु चौथो घरमा रहेको छ । यसको प्रभावले
यो महिना वैचारिक अस्थिरता देखिन सक्छ ।
प्रसन्नता प्राप्त गर्न धौधौ हुन्छ । पारिवारिक वातावरण
पनि अनुकूल हुनेछैन । ससाना कुरा र विषयका कारण
झैझगडां र विवाद हुनसक्छ ।
बन्दव्यापारमा पनि मन्दी रहनेछ । पेसागत र
व्यवसायिक परिस्थिति संतोषजनक रहने छैन । यस
समयमा एकातिर आफैंलाई रोगव्याधिले सताउन सक्छ भने
अर्कोतिर परिवारका सदस्यहरूको अस्वस्थताले पनि सताउन
सक्छ । यद्यपि मन धार्मिक क्रियाकलापतर्फ प्रेरित
हुनेछ र पवित्र स्थलको भ्रमण हुनसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सूर्यको प्रभाव
सूर्य एघारौं घरमा रहेको छ । यसको प्रभावले इच्छा र
आकाङ्क्षा पूर्ण हुने समयका रूपमा यो महिना आएको छ
। नातागोताका सदस्यहरू र मित्रवर्गबाट सहायता मिल्नेछ ।
यस समयमा गरिएका किनमेल र कारोबारहरू सफल हुनेछन्
। करार र सम्झौताबाट लाभ मिल्नेछ । दाम्पत्य
जीवन, घरायसी सुख,
प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय
हो । आय आर्जनका मार्गमा सुधार आउने छ ।
लामो यात्रा सुखद र सफल हुनेछ ।
मङ्गलको प्रभाव
मङ्गल बाह्रौं घरमा रहेको छ । यसको प्रभावले प्रतिकूल
परिस्थिति र कठिनाइको सामना गर्नु पर्नेछ । स्वाभिमान र
घमण्डका कारण केही समस्याहरू
सिर्जना हुनसक्छन् । घमण्डलाई त्याग्नु श्रेयस्कर
हुनेछ, नत्र परिस्थिति अझ जटिल बन्नसक्छ ।
स्वास्थ्यका कारण तनावग्रस्त रहनु पर्नेछ ।
खर्चको मात्रामा बृद्धि भइरहन्छ ।
जीवनसाथी वा
प्रेमीप्रेमिकाका बीचमा सम्बन्ध
सुमधुर रहने छ । सारांशमा यो महिना मानसिक उल्झन र
समस्यामा केन्द्रित भइने छ ।
बुधको प्रभाव
बुध दसौं घरमा रहेको छ । यसको प्रभावले व्यापार/
व्यवसाय वा पेसामा राम्रो प्रगति हुनेछ ।
व्यापारको विस्तारसमेत हुनसक्छ । पूर्णरूपेण
कर्मशील भइने छ । वरिष्ठ व्यक्तित्व
वा सत्तावान् व्यक्तिका साथको सम्बन्धमा सुधार आउने छ ।
पारिवारिक वातावरण संतोषप्रद रहनेछ । वाहनादि र विदेशबाट
लाभ प्राप्त हुनेछ । घरमा कुनै शुभ
कृत्यको आयोजना हुनसक्छ ।
बृहस्पतिको प्रभाव
बृहस्पति सातौं घरमा रहेको छ । यसको प्रभावले दाम्पत्य
जीवनको भरपूर सुख भोग गर्न पाइने छ ।
व्यापार वा नोकरी आदिमा उत्तरोत्तर
प्रगति हुने राम्रो सम्भावना छ ।
बहुप्रतीक्षित भ्रमणको सम्भावना छ ।
पारिवारिक वातावरण पनि सुमधुर सम्बन्ध रहनेछ । इच्छा र
आकाङ्क्षा पूर्ण हुनेछन् । मन निडर रहने छ र
शत्रुगणले सामु पर्ने हिम्मत गर्दैनन् । दर्शन एवं
साहित्यमा रूचि बढ्ने छ । विद्वानसित सम्पर्क बढ्ने छ ।
सामाजिक सम्मान प्राप्त हुनेछ ।
शुक्रको प्रभाव
शुक्र एघारौं घरमा रहेको छ । यसको प्रभावले प्रत्येक
प्रयासमा सफलता प्राप्त हुनेछ । मित्र र
सहयोगीले पूर्ण सहयोग गर्नेछन् ।
बहुप्रतीक्षित अभिलाषा र
इच्छाको पूर्णता हुनेछ । दाजुभाइ र
दिदीबहिनीले समेत
आआफ्नो कार्यक्षेत्रमा राम्ररी काम गर्नेछन्
। यात्राबाट लाभ हुनेछ । उच्चकोटिको पारिवारिक सुख मिल्नेछ
। परिवारमा सदस्यको सङ्ख्यामा बढोत्तरी हुने
सम्भावना छ । सहयोगी हातहरू बढ्नेछन् र
मित्रशक्तिबाट लाभ हुनेछ । खर्च धेरै हुनेछ तर
आम्दानीका मार्गहरू पनि पर्याप्त रहने छन् ।
शनिको प्रभाव
शनि एघारौं घरमा रहेको छ । यसको प्रभावले समस्त
इच्छा र आकाङ्क्षाहरू पूर्ण हुनेछन् । नयाँ काम र
उद्यम सुरु हुनेछ । मित्रवर्ग र हितैषीबाट
राम्रो सहयोग मिल्नेछ । व्यापारका माध्यमबाट लाभ पाइने छ
। निकटतम नातेदारका बारेमा कुनै राम्रो खबर प्राप्त हुन
सक्छ । टाढा बसेका व्यक्तिहरूसित राम्रो सम्बन्ध कायम
हुनेछ । भ्रमण उपयोगी हुनेछ । प्रणय
सम्बन्धका लागि पनि राम्रो समय छ ।
परिवारका सदस्यहरूको व्यवहार तपाईंप्रति अनुकूल रहने
छ ।

राहुको प्रभाव
राहु नवौं घरमा रहेको छ । यसको प्रभावले मिश्रित
परिणमहरू प्राप्त हुनेछ । हुन त व्यवसाय र
व्यापारका क्षेत्रमा उपलब्धीपूर्ण काम हुनेछ,
तर लक्ष्यप्रति भ्रमित रहनाले एकपटक
हातमा आएको कामलाई मात्र महत्त्व दिएर
त्यसैमा घोरिरहन सकिन्छ । व्यक्तित्वमा अहङ्कारले
प्रवेश गर्नेछ जसका कारण लोकप्रियता घट्न सक्छ र
जनप्रियतामा कमी आउने छ । अन्र्तदृष्टिलाई
प्रयोग गरी आँफूभित्रका अवाञ्छित तत्वलाई
पन्साउनु राम्रो हुनेछ ।

केतुको प्रभाव
केतु तेस्रो घरमा रहेको छ । यसको प्रभावले बुद्धि र
विवेकको प्रयोग गर्न सक्नुहुन्न । हुन त यस
महिनामा आशावादी नै भइने छ ।
सञ्चारमाध्यममार्फत प्राप्त समाचारले लाभान्वित भइने छ ।
अचानक तय गरिएको यात्राबाट राम्रो परिणाम हात पर्नेछ ।
आय आर्जनका मार्गमा अभिबृद्धि हुनेछ । पारिवारिक
जीवनयापनमा राहतको अनुभूति हुनेछ ।
बढुवा हुने प्रक्रियामा हुनुहुन्छ भने परिणाम
पक्षमा प्राप्त हुनेछ । नयाँनयाँ मित्रहरू बनाउनु हुनेछ ।
मनमस्तिष्क अध्यात्मप्रति प्रेरित हुनेछ ।
वास्तवमा यो एउटा भाग्यशाली समय हो ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सूर्यको प्रभाव
सूर्य दसौं घरमा रहेको छ । यसको प्रभावले अत्यन्त
क्रियाशील र व्यस्त रहने र
कर्मक्षेत्रको परीक्षणको समय हो । व्यापार
र नोकरीका माध्यमबाट लाभ मिल्नेछ । हाकिम,
मातापिता र वरिष्ठ व्यक्तित्वको सहानुभूति र
आशीर्वाद मिल्नेछ । व्यवसायिक/व्यापारिक
दृष्टिले फलदायी यात्राको सम्भावना देखिन्छ ।
यस महिनालाई सन्तोषजनक समयका रूपमा लिन सकिन्छ ।
अधिकतम आर्थिक समस्याहरू हल हुनसक्छन् ।

मङ्गलको प्रभाव
मङ्गल एघारौं घरमा रहेको छ । यसको प्रभावले मित्र र
सहयोगीहरूबाट लाभ मिल्नेछ ।
बहुप्रतीक्षित इच्छा र आकाङ्क्षाले
पूर्णता पाउने छन् र लामो दूरीको यात्रा लाभदायक
रहने छ । आय
आर्जनका मार्गमा बढोत्तरी हुनेछ ।
विलासिताका सामग्री र अन्य वस्तुहरू खरिद
गर्नाले खर्च बढ्न सक्छ, तर घरायसी र
पारिवारिक वातावरण सुखद हुनेछ ।

बुधको प्रभाव
बुध नवौं घरमा रहेको छ । यसको प्रभावले
वाणिमा प्रभावकारिता देखिनाले
यो महिना समाजमा आफ्नो वर्चस्व कायम हुनेछ ।
प्रसिद्ध व्यक्तिहरू सम्पर्कमा आउने छन् । ख्याति,
प्रतिष्ठा र सम्मानमा बढोत्तरी हुनेछ ।
बुद्धिलाई उपयोग गर्नाले लाभ लिन सकिने छ । व्यवसाय
वा पेसामा राम्रो उपलब्धी हासिल हुनेछ ।
यात्राबाट निश्चित लाभ प्राप्त हुनेछ ।

बृहस्पतिको प्रभाव
बृहस्पति छैठौं घरमा रहेको छ । यसको प्रभावले थोरै
लाभका लागि समेत धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । पेसागत
र व्यवसायिक परिस्थति बिग्रँदै जानेछ । स्वास्थ्य
सम्बन्धी विविध समस्याले दिक्क लगाउने छ ।
परिजनसितको सम्बन्ध पनि राम्रो हुनेछैन । शत्रु र
प्रतिस्पर्धीहरू बलिया हुनेछन् । अनावश्यक
यात्राबाट जोगिनु बेस हुनेछ । त्यसो त मुद्दामामिला र
अड्डाअदालतको कामका लागि राम्रो समय छ ।
जीवनी शक्ति र
स्फूर्तिमा कमीको अनुभूति हुनाले झैझगडा र
झंझटबाट टाढा रहने प्रयत्न गर्नु राम्रो हुन्छ ।
शुक्रको प्रभाव
शुक्र दसौं घरमा रहेको छ । यसको प्रभावले आफ्नो कार्य
क्षेत्रमा महत्त्वपूर्ण सफलता मिल्नेछ । प्रतिष्ठा र
सम्मानमा अत्यधिक वृद्धि हुनेछ । विपरीत
परिस्थितिलाई कुशलतापूर्वक निराकरण गर्नुृहुनेछ ।
व्यापारिक साझेदार, सहयोगी वा व्यवसायिक
व्यक्तित्व र ग्राहकहरूसँगको सम्बन्ध दिन प्रतिदिन
सुध्रने सङ्केत छ । समयका साथै सङ्ग्रह र वचत गर्न
थाल्नु हुनेछ । विलासिताका सामाग्री खरिद
गर्दा धनव्ययको सम्भावना छ ।
घरपरिवारका सदस्यको व्यवहार अनुकूल रहने छ ।
व्यापारिक लाभका लागि यात्राको सम्भावना छ ।

शनिको प्रभाव
शनि दसौं घरमा रहेको छ । यसको प्रभावले मनले
इच्छाएको परिणाम प्राप्त गर्न कडा मिहिनेत गर्नुपर्छ ।
हुन त ठोस परिणाम हात पर्दैन तर काम ढिलो सम्पन्न
हुनेछ । पेसा वा व्यवसायसँग सम्बद्ध परिवर्तन गर्न
खोज्नु हानिकारक हुन्छ । प्रत्येक क्रियाकलापमा संलग्न
हुँदा धैर्य गर्नु अनिवार्य छ ।
नजिकको साथीको स्वास्थ्यले चिन्तित तुल्याउन
सक्छ । बन्दव्यापार र
नोकरीका सिलसिलामा गरिएका यात्राहरू
लाभकारी सिद्ध हुनेछन् ।
जग्गाजमिनको किनबेच गर्ने प्रक्रियालाई स्थगित राख्नु बेस
हुनेछ ।

राहुको प्रभाव
राहु आठौं घरमा रहेको छ । यसको प्रभावले
यो महिना दुर्घटनाले मानसिक तनाव सिर्जना हुनेछ ।
गरेका प्रत्येक काममा असफलता हुने सम्भावना छ ।
मनमा टुसाएको भ्रमले भयङ्कर मनोविकृतिलाई निम्त्याउन
सक्छ । साथीभाइले निर्वाह
गरेको भूमिका असहनीय बन्न सक्छ । कुनै न
कुनै अप्ठ्यारोले पछ्याइरहेको हुनेछ । स्वास्थ्यमा देखिने
प्रतिकूलताका कारण आफ्ना वचन पूरा गर्न सक्नुहुन्न ।
रहस्यात्मकतातर्फ रूचि जागृत हुनसक्छ र कुनै
अतीन्द्रिय अनुभव पनि प्राप्त हुनसक्छ ।
केतुको प्रभाव
केतु दोस्रो घरमा रहेको छ । यसको प्रभावले
अपशब्दको प्रयोग गर्नाले आफन्तहरूसित वैरभाव
सिर्जना हुनेछ । त्यसैले आफ्नो मुखलाई
पूर्णरूपमा नियन्त्रण राख्नु आवश्यक छ ।
खासगरी घनिष्ठ साथीभाइ र
नातागोताका मानिससित नम्र बोलीको प्रयोग गर्नु
राम्रो हुन्छ । धनहानि हुने सम्भावना छ ।
आफ्नो घरपरिवारकै सदस्यका साथमा पनि सम्बन्ध
बिग्रनसक्छ । यतिबेला कुनै नयाँ कामधन्धा वा व्यवसाय सुरु
नगर्नु बेस हुनेछ । यसै महिनाभित्र रोगव्याधिले आक्रमण
पनि गर्नसक्छ ।
आत्मविश्वासमा कमी आउनाले निर्णयात्मक
काममा अवरोध आउन सक्छ । यात्राबाट कुनै व्यवहारिक
लाभ प्राप्त हुनेछैन । आत्मीयजनले समेत
सहयोग गर्न सक्ने छैनन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सूर्यको प्रभाव
सूर्य नवौं घरमा रहेको छ । यसको प्रभावले
यो महिना मिश्रित परिणाम प्राप्त हुने योग छ ।
लामो यात्रा सफल हुनेछैन । उच्च पदमा प्रतिष्ठित
व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव
प्राप्त हुने सम्भावना देखिन्छ । मातापिता र
अभिभावकवर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नसक्छ
। धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण
हुनेछ । विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं
रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ ।
धनार्जनका दृष्टिले समेत राम्रो छ ।

मङ्गलको प्रभाव
मङ्गल दसौं घरमा रहेको छ । यसको प्रभावले
लेनदेनको कारोबार, सार्वजनिक क्षेत्र
वा सरकारी कामका माध्यमबाट फाइदा हुनेछ ।
उच्च पदस्थ र महत्त्वपूर्ण व्यक्तिहरूसित
मित्रता हुनेछ, जसबाट लाभान्वित बन्नुहुनेछ । व्यवसायिक
क्षेत्र र व्यापारको विस्तार हुनेछ । विपरीत
परिस्थितिलार्ई कुशलतापूर्वक झेल्नाले आत्मविश्वास
बढ्नेछ । शत्रुले हानि पुर्याउन सक्दैनन् ।
बुधको प्रभाव
बुध आठौं घरमा रहेको छ । यसको प्रभावले प्रयास
गर्दागर्दै असफलता पाउनाले निराश हुनु पर्नेछ ।
कार्यक्षेत्रमा बोझ बढ्ने सम्भावना भएकाले धेरै मिहिनेत
गर्नुपर्छ । ससाना कुराका कारण विवाद बढ्ने सम्भावना छ ।
महत्त्वहीन र
बेकारका काममा आफ्नो शक्ति र समयको खर्च हुनेछ ।
छिटो धन कमाउने प्रवृत्तिमा अङ्कुश लगाउनु बेस हुनेछ ।
स्वास्थ्य ठीक नहुनाले कुनै पनि काम पूर्ण
गर्न सक्नुहुन्न । पारिवारिक जीवन
तनावग्रस्त रहने छ । अनावश्यक यात्राबाट जोगिनु
राम्रो हुनेछ ।

बृहस्पतिको प्रभाव
बृहस्पति पाँचौं घरमा रहेको छ । यसको प्रभावले
आत्मविश्वासमा बृद्धि हुनाले लगातार सफलता प्राप्त हुने
देखिन्छ । सम्मान र प्रतिष्ठा मिल्नेछ । घर
परिवारमा माङ्गलिक कार्यको आयोजना हुनसक्छ । प्रणय र
प्रेमसम्बन्धका निमित्त राम्रो समय छ ।
आफ्नो बुद्धिमत्ता र तीक्ष्ण
दृष्टिकोणका कारण उचित समयमा सही निर्णय
लिन सकिने छ । बन्दव्यापार वा पेसाबाट लाभ प्राप्त हुनेछ ।
सामाजिक क्षेत्रमा सुसम्बन्ध बढ्ने छ । धार्मिक
क्रियाकलापमा सहभागी भइने छ । मित्रवर्ग र
हितैषीले पूर्ण सहयोग गर्नेछन् ।
शुक्रको प्रभाव
शुक्र नवौं घरमा रहेको छ । यसको प्रभावले उच्च पदस्थ
व्यक्तिहरूबाट सम्मान प्राप्त हुनेछ र तिनको सहयोग र
सद्भाव प्राप्त हुनेछ । मातापिता र गुरूजनसित अति सुमधुर
सम्बन्ध कायम हुनेछ । यो महिना सुदूर र दुर्गम
प्रदेशको भ्रमण हुनसक्छ । पारिवारिक
जीवनका लागि अनुकूल हुनेछ । थोरै मात्र
प्रयास गरेर आम्दानीका मार्ग बढाउन सकिन्छ
। यो महिना विपरीत परिस्थितिलाई
सही ढंगले निवारण सकिन्छ ।
यदि पदोन्नति हुने सम्भावना छ भने चाहेको परिणाम हात
पार्न सक्नु हुनेछ । मस्तिष्क धार्मिक क्रियाकलाप र
जीवनसम्बद्ध उच्च दर्शनतर्फ आकृष्ट
हुनेछ । प्रत्येक दृष्टिबाट राम्रो समय छ ।

शनिको प्रभाव
शनि नवौं घरमा रहेको छ । यसको प्रभावले
यो महिना प्रसन्नतापूर्वक व्यतीत हुनेछ ।
तपाईंबाट भएका प्रयासको राम्रो परिणाम आउन थाल्नेछ ।
राजनैतिक/प्रशासनिक पदका व्यक्तित्व रं मातापितासँग
सुमधुर सम्बन्ध कायम हुनेछ । लामो यात्राबाट लाभ प्राप्त
हुनेछ । मित्र र सहयोगीले पूर्णरूपेण
सहायता गनेछन् । मन अध्यात्म र दार्शनिकतातर्फ मोडिने
छ । नयाँ किसिमले व्यापार गर्नुहुने
अथवा रोजगारीको प्रकृतिमा बदलाव हुने
सङ्केत छ । शत्रु र प्रतिस्पर्धीबाट कुनै
भय हुँदैन । सानातिना रोगले भने सताउन सक्छ ।

राहुको प्रभाव
राहु सातौं घरमा रहेको छ । यसको प्रभावले पटकपटक
प्रयास गरे पनि सहयोगी र मित्रवर्गसँग
सुमधुर सम्बन्ध कायम हुन सक्दैन ।
दैनिकी सञ्चालनका क्रममा अवरोध
सिर्जना हुनेछ । घरपरिवारका सदस्यहरूको व्यवहार
अनुकूल हुन सक्दैन । मुद्दामामिला र
कानूनीफन्दामा फँस्ने सम्भावना छ ।
महत्त्वाकाङ्क्षा र असम्भव आशामा अल्झिएर बस्नु
राम्रो होइन । साथीभाइले होच्याउने प्रयास
गर्नेछन् । खानपान र आहारविहारको कमीले
पाचनप्रणालीमा गडबडी आउन
सक्छ । सम्भव भएसम्म यात्राबाट जोगिनु राम्रो हुन्छ ।

केतुको प्रभाव
केतु पहिलो घरमा रहेको छ । यसको प्रभावले व्यवहारिक
र लचिलो हुने प्रयास गर्नु राम्रो हुन्छ ।
वास्तवमा यतिबेला निरर्थक काममा फँस्ने सम्भावना छ,
त्यसैले व्यर्थ नै तनावग्रस्त भइने छ ।
बढी आत्मविश्वास नगर्नु राम्रो हुन्छ, यसले
विपत्ति र संकटतर्फ लिएर जानसक्छ ।
धनसम्पत्ति गुम्ने, लुटिने र हराउने तथा प्रतिष्ठा गुम्ने
सम्भावना समेत छ । समस्या समाधानका लागि पारिवारिक
सरसहयोगमा बढी निर्भर नहुनु आवश्यक
देखिन्छ । मित्र र हितैषीले वाचा पूरा गर्ने छैनन्
। यात्राबाट जतिसक्दो जोगिनु राम्रो हुन्छ । शत्रुपक्ष सबल
छन् । स्वास्थ्य प्रतिकूल रहने छ, खानपान र
आहारविहारमा ध्यान पुर्याउनु ठिक हुन्छ ।

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top