यदि लिङ्ग उत्तेजना नै नहुने समस्या लामो समयसम्म कायम रहे वा लिङ्ग उत्तेजित नै नभए चिकित्सकसँग सम्पर्क राख्नुपर्छ जसले गर्दा समस्याको सही निदान र त्यसैअनुसारको उपचार गर्न सकियोस्। लिङ्ग उत्तेजनामा अप्ठयारो परेकाहरूलाई
.jpg)
सहयोग पुर्याउन लिङ्ग उत्तेजित बनाउने औषधी जस्तै भियाग्रा वा केही शल्य चिकित्साको विकास भएका छन्। अहिले चर्चामा रहेको भियाग्राका बारेमा त सुन्नुभएकै होला। लिङ्ग उत्तेजित गराउने यस्ता औषधी चिकित्सकको निगरानी वा सिफारिसमा मात्र खान सकिन्छ। हृदयरोग भएका व्यक्तिहरूले अन्य बढी शारीरिक परिश्रम गर्नुपर्ने स्थितिजस्तै नै यौनसम्पर्क राख्दा पनि विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ। विशेष गरेर हृदयरोगका लागि नाइट्रेट भएका औषधी प्रयोग गर्ने व्यक्तिले यस्ता उत्तेजक औषधी प्रयोग गर्नु हुँदैन। भियाग्रा यौन इच्छा वा क्षमता वृद्धि गर्ने एफ्रोडिजियाक वा हार्मोन युक्त औषधी पनि होइन भन्ने कुरा बुझ्नु आवश्यक छ। त्यसैले भियाग्राले लिङ्ग उत्तेजनासम्बन्धी सबै समस्या समाधान नगर्न सक्छ। शल्य चिकित्साका लागि त चिकित्सक चाहियो नै। केही गम्भीर कुअसर पनि हुने भएकाले पक्का आवश्यक नभई त्यसै भियाग्रा खानु बुद्धिमानी होइन।




0 comments: