मल निष्कासनको स्वभाविक आवृतिमा विलम्ब हुनु, नियमित रूपले मल त्याग गर्न नसकी बल प्रयोग गर्नुपर्ने अवस्था आउनु वा दैनिक एकपटक पनि कोमल दिसा गर्न नसकेको अवस्थालाई कब्जियत भनिन्छ। हामीले खाएको खाना पाचन प्रक्रियापछि पोषक तत्व हाम्रो शरीरले शोषण गर्छ र अनुपयोगी तत्व ठोस पदार्थ मल र तरल पदार्थ मूत्रका रुपमा शरीरबाट बाहिर निस्कन्छ । स्वस्थ्य रहनको लागि नियमित रुपमा समयमा मल र मूत्रको त्याग गर्नु जरुरी छ । सामान्य स्वस्थ मानिसलाई दिनमा दुई पटक बिहान र साँझ पेट सफा र हल्का हुने गरी दिसा हुनुपर्दछ । यसो नभई एक दिन, दुई दिन या धेरै दिन बिराएर दिसा हुने अबस्थालाई कब्जियत भनिन्छ ।शौचको समयमा कठिनाई हुनु, राम्रो सँग मल निस्कासन नहुनु, र कडा सुख्खा मल निस्कासन हुने अबस्थालाई कब्ज भनिन्छ । यो कुनै विशेष रोग नभई रोगको लक्षणको रुपमा धेरै रोग यसैबाट जन्मन्छन् । अयोग्य र अनियमित भोजनका कारण हुने यस समस्या सबै उमेरका मानिसलाई हुनसक्छ । खानपान र जीवनशैलीका कारण हुने रोगहरु मध्ये कब्जियत पनि पाचन प्रणाली अन्र्तगतको मुख्य समस्या हो । समयमानै हेरचाह गरियो भने कब्जियत सजिलै सँग ठिक हुन्छ नत्र दिर्घकालिन कब्ज घातक पनि हुन सक्छ । कब्जियतको कारण प्रशस्त पानी या अन्य झोल कुराहरु नपिउनाले, खानामा रेसा, बोक्राहरुको कमी हुनाले, हरियो सागपात, तरकारी, फलफूल, टुसा निकालेको गेडागुडी, काँचो खान मिल्ने काँक्रो, गाँजर, चुकन्दर नखानाले, पहिला खाएको खाना नपच्दै फेरी खाना खानु, ज्यादा दुग्ध पदार्थ सेवन गर्नाले, खाना राम्रो सँग नचपाई खानु, चिया, कफि, चुरोट मदिराको ज्यादा सेवन, शोक, चिन्ता, तनाव, अनिद्रा, बैचेनी, खाना खाने बित्तिकै दिमागी काम गर्नु, कुनै औषधी सेवनको असर तथा रोगको कारण जस्तै थाइराइड, नशाको समस्या, व्यायाम नगर्नु, धेरै समयसम्म सुत्नु ।
विशेष रोगावस्था जस्तै आन्द्राको घाउ, ट्युमर, प्यारालाइसिस, मधुमेह, थाइराइडिजम, पराकिन्सन जस्ता समस्याबाहेक अधिकांश कब्जियतको मुख्य कारण अप्राकृतिक जीवनशैली हो। भोजन, व्यायाम, विश्राम र भावानात्मक रूपमा असन्तुलित जीवन नै अप्राकृतिक जीवन हो। भोक लागेको बेला नखाने, भोकभन्दा ज्यादा खाने गरिष्ठ भोजनहरू, मसिनो मिठो, तारे भुटेको, पचाउन कठिन, जंकफूड र संरक्षित खाद्यान्न प्रायःजसो खाइरहने, सागसब्जी सलादजस्ता खस्रामोटा, रेसा र चोकरयुक्त खाद्यपदार्थ कम खानाले कब्जियत हुने प्रबल सम्भावाना रहन्छ। व्यस्त र भागदौडले भरिएको, तनावपूर्ण जीवन जिउनेहरू, श्रमपछि विश्राम नगर्नेहरू, भय, चिन्ता, शोक र उदासीनताका कारणले पनि कब्जियत देखिएको छ। व्यायाम र श्रमबाट भाग्नेहरूलाई पनि कब्जियतले छाडेको छैन भने लामो समयसम्म विरेचक औषधी, पेनकिलर, नार्काटिक्स र दिमाग लठ्याउने औषधि खानेहरूमा कब्जियत ज्यादा देखिएको छ ।
लक्षण
मल त्यागको प्राकृतिक आवृत्तिमा विलम्ब हुनु, मलत्याग गर्न बल लगाउनुपर्ने अवस्था आउनु, दिसा कोमल नभएर गोटा पर्नु, अपानवायु बढ्नु, पेट भारी हुनु वा दुख्नु, भोक नलाग्नु मुख बिग्रिनु, रिंगटा लाग्नु, तिघ्राको पछाडिपट्टिको मांशपेशी दुख्नु, टाउको दुख्नु छात्ती पोल्नु र थाकेको महसुस हुनु। जोखिम कब्जियत कैयौं रोगहरूको कारण हो। पूर्वीय स्वास्थ्य विज्ञानमा कब्जियतलाई भयानक रोगहरूको जननी मानिएको छ। कब्जीयत हुँदा लामो समयसम्म मल आन्द्रामा नै रही रहने भएकाले आन्द्राभित्रै मल सडेर कुपित हुन पुग्छ। यसरी लामो समयसम्म आन्द्रामा मल रहिरहँदा आन्द्राभित्रै विषक्त पदार्थ बन्न पुग्छ। यी विषात पदार्थ आन्द्राबाटै अवशोषित भएर रगतको माध्यमबाट शरीरको विभिन्न अंगमा पुग्छन्। फलतः अंगहरूमा विषाक्त बढ्न गई महत्वूर्ण अंगहरूको कार्य क्षमतामा कमी आउँदा अनेक रोग देखिन सक्छ। पूर्वीय स्वास्थ्य विज्ञानहरूको मत अनुसार कब्जियतको कारणले उच्च तथा निम्न रक्तचाप, मधुमेह, मोटोपन, ग्यास्ट्रि्रक, अल्सर, आन्द्रा तथा पेटको क्यान्सर, इरिटेबल बवेल सिन्ड्राम, एसिडीटी, एपेन्डीसाइटिस, अपच, गुदद्वार खस्नु, डकार आउनु, चाया, पोतो, डन्डीफोर, आउनु, जोर्नी दुख्नु, हड्डी खिइनु, सुन्निएर विकृत हुनु जस्ता समस्या आउँछ। मानसिक समस्या जस्तैः डर, चिन्ता, खिन्नता, उदासिनता, अनिद्रा, यौनशक्तिको क्षय, प्रतिरक्षा प्रणालीको कार्यक्षमता गडबड हुनु, सर्दीले सताइ रहनु, ज्वरो, खोकी बल्भि्करहनु, मांसपेसी तथा नसा-नाडीहरु कमजोर हुनु, अन्तश्रावी ग्रन्थीहरुको कार्य सुुचारु नभएर हार्मोनको मात्रा घटवड भइरहनु लगायत समस्या पनि आउँछ। कोलेस्टेरोल, युरिक एसिड आदि रगतमा हुने तत्वहरू घटबढ भइरहनु, रक्तअल्पताको समस्या देखापर्नु, महत्वपूर्ण अंगहरूको कार्यक्षमता घट्न जस्ता रोग देखिन सक्छ।
रोकथाम
- प्रशस्त पानी पिउने बानी बसाल्नु पर्दछ ।
- चाउचाउ, बिस्कुट जस्ता तयारी खाना र बोतलमा पाइने चिसो पेय पदार्थको साटो उसिनेको पदार्थ, कोदो, फापर, चना भटमासजस्ता पोषिला खानाका साथै मही, महपानी या सर्बत आदि खाने बानी बसाल्नुपर्दछ ।
- काम र आरामको निश्चित तालिका बनाउनुपर्छ । आराम र श्रम नियमित र सन्तुलित बनाउनुपर्दछ । निश्चित समयमा काम गर्ने, निश्चित समयमा खाने र निश्चित समयमा आराम गर्ने बानी बसाल्नुपर्दछ ।
- दिसा आउँदा रोकेर राख्नु हुदैंन र दिसा लाग्ने बित्तिकै तुरुन्तै सबै काम छाडेर दिसा जानुपर्दछ ।
- धेरै कम्मर कसिलो गरी पटुका या पेटी कस्नु हुदैंन ।
- धेरै सागपात, हरिया, तरकारी सलाद, फलफूल प्रशस्त खानुपर्दछ ।
- भोकै उपवास या कोची कोची धेरै खाना खाने गर्नुहुदैंन ।
- तारेको, भुटेको, मसलादार खाना र माछा, मासु, अण्डाजस्ता मांसाहार त्याग्ने ।
- सेतो चामलको बदला ढिकीमा कुटेको रातो चामल, मैदा बदला चोकर सहितको मोटो, पीठो, चिनीको बदला गुड खाने बानी बसाल्नुपर्दछ ।
- बोक्रा फालेको सफा दालको सट्टा टुसा निकालेको या अङकुररित गरेको गेडागुडी खाने बानी बसाल्ने ।
- खाना खाने बित्तिकै सुत्नु हुदैंन । खाना खाएको २।३ घण्टामा पाचन प्रक्रिया सकिएको हुन्छ र सुत्न जाने ।
- मनमा कुरा खेलाउने, चिन्ता लिने, रिसाउने, डराउने, तनावको अबस्थामा आराम गर्ने ।




0 comments: