Wednesday, November 19, 2014

‘हजुरबा र बुवाको श्रीमती ( हुनुपर्दाको पिडा )हुनुभन्दा मर्नु बेस’ (सत्य घटना )

म पुनम कार्की,

काभ्रेपलाञ्चोकको पनौति नगरपालिकामा मेरो घर हो । घरमा दुई
वहिनी र एक भाई मध्ये म जेठी हुँ ।
हजुरबुवा इन्द्र बहादुर कार्की र बुवा प्रकाश बहादुर
कार्की हुन् । बुवाकी चार
श्रीमति छन् । पहिलो श्रीमतिबाट ४
छोरी भएपछि उहाँले अन्य श्रीमति विवाह
गर्नु भयो ।
तेस्रो श्रीमती मकाउमा छँदा फिलीपिनो केटीसँग
विहे गरेर १ छोरी छिन् उनीहरु उतै बस्छन्

अर्की अर्की पाँचखालमा प्रेमिका रहेकी छिन्
। मेरो शिक्षा सानै देखि बोडिङ स्कुलमा भयो । पाँच कक्षासम्म
गाउँमा आमासँग बसे । ६ कक्षामा पढ्दै गर्दा एक दिन आमा र
हजुरबाको निकै झगडा भयो (जो हजुरबाले मंगलबार विहान विष
सेवन गरि आत्महत्या गर्नु भयो ) त्यसपछि अलग अलग बस्न
थाल्यौ । त्यसको करिव ७–८ महिनापछि हजुरबाले मलाई
खाना पकाउने कोही भएन भनेर बोलाउनु भयो र म गएँ ।
हजुरबा खाटमा र म तल सुत्थ्यौं ।
त्यसको केही महिनापछि एक दिन हजुरबाले
जाडो भयो तिमीपनि माथी आउँ भनेर बोलाउनु
भयो । राति मलाई के के गुर्न भयो थाहा भएन, सानी थिएँ
। भोली पल्टदेखि पेट दुख्न थाल्यो । रगत पनि बग्यो ।
विद्यालयमा पनि मलाई पेट दुख्ने र रगत बग्ने भएपछि मिसहरुले
मलाई अस्पताल पुरयाउनु भयो । औषधी गरेपछि ठिक
भयो । त्यसको केही समयपछि फेरी मलाई
सुत्न बोलाउनु भयो म गइन । अनि पिट्नु भयो । मैले
मम्मीलाई सवै भन्दीन्छु भनेपछि उहाँले
कसलाई के भन्छिेस् भन्दै फेरी पिट्नु भयो ।
यसरी मलाई तीन पटक बलात्कार गर्नु
भयो । फेरी मेरो पेट दुख्न र रगत बग्न थाल्यो । मलाई
धेरै पिडा पनि भयो । ५, ६ कक्षामा पढ्ने भएकाले धेरै
कुरा त्यो बेला बुझन पनि सकिन । बुवा विदेश हुनुहन्थ्यो ।
उहाँ आउनु भयो र मलाई मम्मीलाई संगै
तल्लो घरमा राखिदिनु भयो । हामीसँगै बस्न थाल्यो ।
फेरी बुवा विदेश लाग्नु भयो । म ९ कक्षामा पढ्ने
बेला उहाँ विदेशबाट नफर्किने गरि आउनु भयो ।

त्यो बेला एकदिन फुपु
दिदी विरामी पर्नु भयो र उहाँलाई
हस्पीटलमा कुर्न मम्मी जानु भयो । बुवाले
महिलेदेखि मलाई चुम्पी गर्ने शरिर चलाउने,
अंगालो हाल्ने गर्नुहुन्थ्यो । मैले चाहि बुवाले माया गर्नु
भएको होला भन्थे । मम्मी गएको रात पनि उसले मलाई
चलाउने चुम्पी गर्न काम गरिरहेको थियो ।
त्यही बेला आफ्नो कोठामा टिभि हेर्न बोलायो । म
बहिनीहरुलाई लिएर टिभि हेर्न गएँ ।

saveत्यसको केही समयपछि उनीहरु
कोठा गएर सुते । एक्लै भएको बेला उसले मलाई पहिले हात
समात्यो त्यसपछि आफुमाथी राख्यो र
अनी सुतायो । त्यसपछि म झसंग भए र भने के गर्नु
थाल्नु भयो के भयो भनेर भने । उसले केही होइन चुप
लाग भन्यो । त्यो बेला मलाई कस्तो भयो कस्तो । मैले म सुत्न जान्छु
भने उसले चुप लाग एक छिन हो केही हुदैन भन्यो ।
मेरो हात जोडले समात्यो । मैले नाइ नाई भने उसले मेरो मुख थुन्यो,
हात बाँधिदियो, मेरो खुट्टालाई उसको खुट्टाले च्याप्यो । मेरो तल
लगाएको कपडा खोलिदियो । फेरी हात फुकाएर
माथीको कपडा पनि खोलिदियो । मलाई
जवरजस्ती बलात्कार गरयो । मैले फुत्किने लाख कोसिस
गरे तर सकिन । त्यो बेला रातभर रोइरहे ।

त्यसपछि म होस्टेल
बस्ने गएँ । एसएससी सकेपछि फेरी म
घरमा आएँ । एसएल सीमा ८३ प्रतिशत लिएर पास
पनि भए । कलेज जान सुरु गरेको दुई महिनापछि म
एक्कासी विरामी परे । कलेज जान
नसकि सुतिरहेका बेला फेरी आएर
जवरजस्ती बलात्कार गरयो । त्यो बेला म
यति विरामी थिएँ की त्यहाँबाट हिडेर कतै
जान सक्ने अवस्थामा पनि थिएन । मानसिक पिडाले म दुई बर्ष लगातार
विरामी भए । बेहोस
भएका बेला पनि होसमा आउदा बलात्कार गरेको हुन्थ्यो । मलाई
यसरी धम्क्याएको थियो की म कसैसँग
केही भन्न सक्ने अवस्थामा थिइन । उसले
केही बाहिर भने मेरो मम्मीलाई समेत
मारिदिने धम्की दिएको थियो ।
दुईबर्षको विरामी पछि मलाई अलि ठिक भएको थियो ।

त्यसको एक सातापछि पुनः मलाई बलात्कार गर्न खोज्यो मैले प्रतिवाद
गर्न खोज्दा पाइपले पेटमा कुट्यो । त्यसका कारण ७ दिन पुन
ज्वरो आयो । उसको डर धम्की र त्रासले मैले
केही आवाज उठाउन सकेकी थिइन ।
गएको असोजदेखि मेरो स्वास्थ्यमा केही सुधार भयो र
आवाज उठाउने निर्णयमा पुगे । पहिलो पटक
यो कुरा मम्मीलाई भने । उहाँले मुद्दा लड्ने र मलाई
न्याय दिलाउने बताउनु भयो । उहाँ सुरुमा रुनु पनि भयो ।
त्यसपछि मलाई घरमा बस्न मन लागेन् ।

कतिपटक म
पनौतिको पाटीमा र
कतिपयबेला गोरखनाथको पाटीमा बसे । मलाई हजुरबा,
बुवा र भाइले पनि पिट्न थाले । त्यसपछि त मलाई
त्यो घरमो भित्ता भित्ताले पनि पोल्न थाल्यो ।

३० साउनमा पिडा सहन
नसकेर धुलीखेलको जंगलमा गएर मेटासिड खाएँ ।
धुलीखेल अस्पतालमा ३ दिन सम्म आईसियूमा राखे
पछि होस खुलेको हो । विष सेवन गर्नु
अघि डायरी लेखे
‘बुवाको श्रीमती हुनुभन्दा मर्नु वेस’ ।

मलाई सबै समाजले नराम्रो भन्ला । बाजे र बुवालाई आरोप लगाई
भन्लान् तर म मरे पछि मेरो डिएन ए टेस्ट गराएपछि सबै
कुरा छर्लङ्ग हुन्छ भनेर लेखेकी थिएँ ।

पछि घटना स्थलमा रहेको २,३ जना स्थानियले
त्यो डायरी पाएछन् र बुवा प्रकाशले
त्यो डायरी च्यातेर फ्याके छन् । यो सत्य घटना हो ।
यसमा पात्रको नाम परिवर्तन गरिएको छ ।

स्रोत - बिजनेससंसार

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top