ज्योतिषशास्त्र अनुसार मानिसका जीवनमा जन्मने
समयको ठुलो महत्व हुने गर्छ । जन्मेका समयका आधारमा नै
उसको भविष्यका सबै गतिविधिलाई ज्योतिषशास्त्रले एक एक
गरी निर्धारण गर्ने गर्छ । ज्योतिषशास्त्र अनुसार २४
घण्टाभित्रको कुन समयमा जन्म भएको मानिसहरुको स्वभाव
कस्तो हुन्छ पढ्नुहोस ।
१. बिहान ६ बजेदेखि ८ बजेभित्र जन्म
भएका मानिसहरुको स्वभाव सामान्यतया रिसाहा हुन्छन् तर
साहसी र स्वाभिमानी पनि हुन्छन् ।
यस्ता मानिसको लग्नमा शुभग्रहको दृष्टि परेमा सकारात्मक फलहरु
प्राप्त हुन्छन् र यस्ता मानिस बुद्धिमान पनि हुन्छन् ।
२. बिहान
८–१० बजे, यस समय अवधिभित्र जन्म भएका मानिसहरु
प्रायः अल्छी स्वभावका हुन्छन् र बिना सोच, विचार
बढी खर्च गर्ने हुन्छन् । यस्ता मानिसहरु
प्रायः जन्मस्थल छोडेर, केही पर आफ्नो उज्ज्वल
भविष्य निर्माण गर्दछन् ।
३. बिहान १०–१२, यो समय
अवधिमा जन्म भएका मानिसहरु प्रायः चञ्चल स्वभावका हुन्छन् र
त्यस्ता मानिसहरुले गीत, संगीत मन
पराउँछन् । त्यस्ता मानिसहरु बुद्धिमान् र उच्च ओहोदामा सम्मानित
हुन्छन् र प्रशस्त सम्पत्ति कमाउने एवं आफ्नै पौरखमा बाँच्न
चाहन्छन् ।
४. दिन १२–२, यस समय अवधिमा जन्म
भएका मानसहरु प्रायः स्वाभिमानी,
बुद्धिमानी एवं सफल व्यवसायी हुन्छन् र
त्यस्ता व्यक्तिहरुको ३० वर्ष उमेरपछि भाग्योदय हुनेछ ।
५. दिन
२–४, यस समय अवधिमा जन्म भएका मानिसहरु
दीर्घायु हुन्छन् । सत्यावादी र इमानदार भए
तापनि त्यस्ता मानिसहरुलाई आफन्तहरुबाट निकै दुःख पाउने
हुन्छन् ।
६. दिन ४–६, यो समय अवधिमा जन्म भएका मानिसहरु
कुरा गर्न सिपालु र कामवासनामा बढी आशक्त हुन्छन् ।
यस्ता मानिसको भाग्योदय २५ वर्ष उमेरपछि मात्र हुनेछ ।
७. साँझ
६–८, यस अवधिमा जन्म भएकाहरु दुब्ला,पातला र मध्यम
कदका हुन्छन् । अरुको रिस गर्ने स्वभावले गर्दा यस्ता मानिसले
कहिलेकाही बेइज्जती पनि कमाउनुपर्ने
हुन्छ । यस्ता मानिसको भाग्योदय वैदेशिक,
साझेदारी व्यवसायमा सफल हुने देखिन्छ ।
८. रात्रि ८–
१०, यो समय अवधिमा जन्म भएका मानिसहरु
प्रायः धनी, सुखी, विद्वान् एवं विख्यात
हुन्छन् । अनि स्वाभिमानी पनि हुन्छन् । पारिवारिक एवं
गृहस्थ जीवन, पेसा, व्यवसाय र
नोकरीमा सफल र लाभदायक हुन्छ ।
९. रात्रि १०–१२,
यस समय अवधिका मानिसहरु बुद्धिमानी हुने भएकाले
सबै कार्यक्षेत्रमा सफल हुन्छन् । यस्ता मानिसहरुले
बाल्यकालमा दुःख पाए पनि युवावस्थाभन्दा पछि सुखी,
सफल र सम्पन्न हुन्छन् ।
१०. रात्रि १२–२, यस समय
अवधिका मानिसहरु झट्ट हेर्दा राम्रा, सुन्दर देखिन्छन् ।
यस्ता व्यक्तिहरुले बाबुको माया र पैतृक सम्पक्ति प्रायः कम
मात्रामा पाउँछन् वा पाउँदैन । यस्ता व्यक्तिको भाग्योदय प्रायः २२–३२
वर्षे उमेरमा घर छोडेर गएपछि मात्र प्राप्त हुनेछ ।
आफ्नो उज्ज्वल भविष्य आफैँ निमार्ण गर्छन् ।
११. बिहान २–४,
यस अवधिमा जन्मेकाहरु साहसी,
पराक्रमी, तेजस्वी र मिठासपुर्ण
बोली भएका हुन्छन् र
यस्ता व्यक्ति प्रायः परोपकारी, समाजसेवी,
मित्रसेवी, कुलसेवी र
उद्यमी हुन्छन् । यस्ता व्यक्तिको भाग्योदय २०–२५
वर्र्षे उमेरमा हुनेछ ।
१२. बिहान ४–६, यस समय अवधिमा जन्म
भएका मानिसहरु प्रायः रिसाहा, क्रोधी, दुब्ला,
पातला हुन्छन् । तर, सबै शत्रुहरुलाई
आफ्नो बोलीको प्रभावले आफ्नो बसमा पारेर
आफ्नो राम्रो काममा प्रयोग गर्न र कार्य सफल गराउन सक्षम
हुन्छन् ।




0 comments: