Friday, November 21, 2014

खोटाङमा जीप दुर्घटनामा ६ जनाको ज्यान गयो, घाइतेलार्इ काठमाडाैं ल्याइयो (तस्बिरसहित)

खोटाङ : हलेसी महादेवको दर्शन गरेर फर्कँदै
गरेका यात्रु बोकेको जीप शुक्रबार बिहान दुर्घटना हुँदा ६
जनाको ज्यान गएको छ ।
हलेसीमा बालाचतर्दशी मेला भरेर जयराम
घाटतर्फ फर्कँदै गरेको मे १ ज ७३२ नम्बरको मुस्ताङ
जीप दुर्छिम र बडहरे
गाविसको गौरी भीरमा दुर्घटना हुँदा ६
जनाको घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेहरु
दुर्घटनामा परी ज्यान गुमाउनेमा ओखलढुङ्गाको च्यानम–२
का ५६ वर्षीय टंक राया,
सिन्धुली लाङपाङटार–४ का ६५ वर्षीय
पुर्णमाया मगर, ३७ चन्द्रमाया कार्की र ४५
चन्द्रमाया तामाङ रहेका छन् ।
त्यसैगरी नुवाकोटको पाँचकन्यका ३८ वर्षीय
रोबहादुर पण्डित र ३५
वर्षीया सरस्वती पण्डित रहेका छन् ।
दुर्घटनामा घाइते भएकाहरु
दुर्घटनामा घाइते हुनेमा सिन्धुली लाम्पाङटार–४ का ७०
वर्षीय टेकबहादुर मगर, ६५
वर्षीया पुर्णमाया मगर, ७ वर्षीय आशिष
मगर, ३४ वर्षीय सनबहादुर मगर , २८
वर्षीय मञ्जु भण्डारी, ३८
वर्षीय शम्भु विश्वकर्मा, २६ वर्षीय
चेतबहादुर रमौली, लाम्पाङटार–३ का २८
वर्षीय चित्रबहादुर रमौली र
काठमाडौं कपनका १३ वर्षीय सिम्रम पण्डित
रहेका घटनास्थलबाट जिल्ला प्रहरी कार्यालय
खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज
खरेलले जानकारी दिए । खरेलका अनुसार घाइतेमध्ये
तीन जनाको अवस्था गम्भीर छ ।
दुर्घटनामा घाइते ९ जनालाई
उपचारका लागि नेपाली सेनाको हेलीकोप्टरबाट
राजधानी लैजाने तयारी भइरहेको छ ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।
मृतकको शवलाई दुर्घटनास्थलबाट सडकमा निकाल्ने काम
भइरहेको खोटाङका प्रहरी नायब उपरीक्षक
बिनोदराज खरेलले बताए ।

यात्रुबाहक जीप बिहान पाँच बजेतिर दुर्छिम र
बडहरेको सिमामा पर्ने
गौरी भीरको साँघुरो सडकबाट करिव दुईसय
मिटर तल खसेको घट्नास्थलबाट स्थानीय रसकुमार राईले
जानकारी दिए । घाइतेहरुलाई जीपबाट
उछिट्टिएर पाखामा छरिएको अवस्थामा उद्धार गरिएको छ । घाइतेहरुलाई
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल
प्रहरी र स्थानीयबासीले उद्धार
गरिरहेका छन् ।
दुर्घटनापछि जीपका चालक च्यास्मीटार
प्रहरी चौकीमाआत्मसर्मपण गरेका छन् ।
दुर्घटनामा हलेसीमा शुक्रबार
लागेको बालाचतुर्दशी मेला भरेर फर्किएकाहरु
परेको अनुमान गरिएको छ ।

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top