Friday, November 21, 2014

सेक्स गर्नु अघि के खानुहुँदैन?

तपाईंहरुले सेक्सको शक्ति बढाउने खानेकुराहरुको बारेमा त पक्कै
सुन्नुभएको छ होला । तर यस्ता खानेकुराहरुपनि छन् जसलाई
तपाईंले सेक्सअघि खानुहुँदैन । यिनीहरुले
सेक्सको वातावरणनै खराब बनाइदिनसक्छन् ।

गेडागुडी (बिन्स्) गेडागुडी फाइबर र
प्रोटिनको राम्रो स्रोत हो । तर यसमा एक प्रकारको गुलियो तत्व
हुन्छ जुन चाँडै पच्दैन र पेटमा ग्याँस पैदा गर्दछ । ग्याँस
भएको पेट लिएर सेक्स गर्न कति उचित होला ? आफै बिचार
गर्नुहोस् ।
लसुन लसुनले खानको स्वाद राम्रो बनाएपनि यसलाई
सेक्सअघि सकेसम्म नखाए राम्रो हुन्छ । यसले मुख
गनाउनेदेखि लिएर पेटमा ग्याँससमेत पैदा गर्न सक्छ ।
यसको सेक्सको लागि राम्रो वातावरण बनाउँदैन ।

चिज चिजको बासना पनि लसुन जस्तै कडा हुन्छ । यसले
लामो समयसम्म तपाईंको मुख गनाउने हुन्छ । यसले
तपाईंको पार्टनरको मुड बिगार्दिन सक्छ । त्यसैले सेक्सअघि चिज
पनि नखाए बेस हुन्छ ।
रातो मासु मासुभन्ने बित्तिकै हामी मध्ये
धेरैको मुखमा पानी आउँछ । यो आफ्नो दिन अन्त्य
गर्ने सबैभन्दा उत्तम तरिका पनि हुनसक्छ । तर रातो मासु
पच्नलाई निकै समय लाग्छ । यसले तपाईंलाई
अल्छी र सुताहा बनाउन सक्छ । त्यसैले यसले
सेक्सको दौरान तपाईंको प्रस्तुतीमा नकारात्मक असर
पुग्न सक्छ ।
फ्रेन्च फ्राई फ्रेन्च फ्राईमा बोसो हुनेहुँदा यसले
टेस्टोस्टेरोनको मात्रा र रगतको संचारलाई घटाउन सक्छ ।

यसमा नुनको मात्रा पनि धेरै हुँदा उच्च रक्तचाप
भएका मानिसहरुलाई लिंग उत्तेजित राख्न गाह्रो पर्न सक्छ ।
पुदिना पुदिना खाएपछि त झन् स्वासमा भएको दूर्गन्ध हटाएर
सेक्समा सहयोग पुग्नुपर्ने होइन र ? तर
पुदिनामा पनि टेस्टोस्टेरोनको मात्रा घटाउने तत्व हुने हुँदा यसले
सेक्सको दौरान तपाईंको प्रस्तुतीमा नकारात्मक असर
पुग्न सक्छ ।

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top