बिश्वलाई चकित पार्नेगरी आर्थिक
प्रगति गरिरहेको छिमेकी मुलुक चीनले १४
सय किलोमिटर लामो कृतिम नदी बनाएर बिश्वलाई थप
आश्चर्यमा पारेका छ । चीनकै दोस्रो ठूलो एलो रिभरलाई
डाइभर्ट गरी राजधानी बेइजिङ लगायत
स्थानमा खानेपानी र
सिचाईंका लागि पानी आपूर्ति गर्न थालिएको छ । ११
बर्षअघि निर्माण सुरु गरिएको यो मानव निर्मित
नदीमा शुक्रबारदेखि पानीको बहाव छाडिएको छ
। यलो नदीमा बग्ने कुल पानीको ६ भागको एक
भाग मानव निर्मित नदीतर्फ फर्काइएको छ । १५ दिनभित्र
पानी बेइजिङ पुगिसक्ने बताइएको छ ।
नदी जोडने ‘साउथ-नर्थ वाटर डिभिजन
प्रोजेक्ट’का लागि चीन सरकारले ८१ अर्ब
अमेरिकी डलर छुट्टाएको छ । यस अन्र्तगत
तीनवटा मानवनिर्मित नदी बनाइने छ ।
पूर्वी खण्डमा अघिल्लो बर्ष नै पानी बग्न
सुरु भइसकेको छ भने मध्य खण्डमा शुक्रबारदेखि सुरु भएको छ ।
यलो नदीलाई बेइजिङ जोड्ने मध्य परियोजनाका लागि मात्र
३३ अर्ब अमेरिकी डलर खर्च गरिएको छ ।
परियोजनाका कारण विस्थापित भएका ३ लाख ३० हजार मानिसलाई
अन्यत्र सारिएको छ । मानव निर्मित नदीले
चीनका ३० करोड जनतासमक्ष
खानेपानी पुर्याउने छ । मानव निर्मित
नदी चीनका ठूला पाँच चमत्कारिक इन्जिनियरिङ
परियोजनामध्ये पर्दछ ।




0 comments: