महिलाहरुमा गुप्ताङ्गको दुर्गन्ध एक सामान्य समस्या हो । जिवाणु,
यिस्टको संक्रमण अथवा सफाइमा ध्यान नदिएका कारण
गुप्ताङ्गमा दुर्गन्धका हुने गर्दछ ।
गुप्ताङ्गको दुर्गन्धले कतिपय अवस्थामा महिलालाई निकै असहज
महसुस गराउने भएकाले यसलाई हटाउन यथाशिघ्र कदम चाल्नुपर्ने
हुन्छ ।
गुप्ताङ्गमा दुर्गन्धका कारणहरु
१. यिस्टको संक्रमण
२. गोनोरिया
३. अत्यधिक गुलियो भएको खानेकुरा खानाले
४. पेल्भिक इन्फ्लेमेटरी रोग
५. यौन रोग
६. सफाइमा कमी
७. बास्नादार र छालाका लागि कठोर साबुनको प्रयोग घरेलु तरिका
१. प्रशस्त पानी पिउनुहोस्
गुप्ताङ्गको दुर्गन्धबाट पार पाउनका लागि तपाईंले प्रत्येक दिन ८
देखि १० ग्लास पानी पिउनुपर्ने हुन्छ ।
पानीले शरिरबाट विषादि र जिवाणुलाई हटाउने काम गर्दछ ।
२. दहि
दहि खानाले गुप्ताङ्गको दुर्गन्धलाई नियन्त्रण गर्न सकिन्छ ।
यसमा ल्याक्टोबेसिलसको मात्रा अधिक हुने भएका कारण
गुप्ताङ्गको पीएचलाई सन्तुलनमा राख्ने गर्दछ ।
३. मेथी
दुई चम्चा मेथीलाई एक गिलास
पानीमा रातभरी भिजाउनुहोस् । अर्को दिन
उठ्ने बित्तिकै खाली पेटमा मेथी छानेर
पानी पिउनुहोस् । यो तरिकालाई दुई हप्तासम्म
अपनाउनुहोस् । मेथीले गुप्ताङ्गको दुर्गन्ध हटाउन
निकै धेरै सहयोग गर्दछ । यदि यसलाई नियमित रुपमा पिउने
गरेमा यसले महिलाको हर्मोन स्तरलाई सुधारेर नियमित
महिनावारी हुन मद्दत गर्दछ ।
४. लसुन
लसुनको ताजा लेप बनाएर गुप्ताङ्गको छेउमा लगाउनुहोस् र यसलाई
८–१० मिनेट यत्तिकै छोड्नुहोस् र त्यसपछि नुहाउनुहोस् ।
लसुनले गुप्ताङ्गको दुर्गन्ध हटाउन निकै मद्दत गर्दछ ।
५. निमको पानी
केहि निमको पातलाई पानीमा उमाल्नुहोस् । चिसो भइसके
पछि यो पानीले गुप्ताङ्ग धुनुहोस् । तपाईं निमको तेल
पनि प्रयोग गर्न सक्नुहुनेछ ।
६. अमला
अमला प्राकृतिक रुपमा रक्तशोधक हो र गुप्ताङ्गमा दुर्गन्ध फैलाउने
रोग ल्युकोरिया हुनबाट बचाउने भएका कारण यसलाई काँचै
अथवा अचारको रुपमा खाने गर्नुहोस् ।
७. अमिलो फल खानुहोस्
सुन्तला, कागती, अंगुरजस्ता अमिलो फल खानुहोस् ।
यसमा भिटामिन सी प्रचुर मात्रामा हुने गर्दछ जसले
तपाईंको प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्ने गर्दछ र
शरिरभित्रको अनावश्यक विषहरुलाई हटाउन मद्दत गर्दछ ।




0 comments: