एजेन्सी । संसारभर नै विजुलीको संकट
भइरहेको समयमा शोधकर्ताहरुले बल्ब बाल्नका लागि बिद्युत
ग्रिडको स्थानमा आलुको प्रयोग गर्न सकिनेबारेमा अनुसन्धान
गरी नयाँ तथ्य पत्ता लगाएका छन् ।
उनीहरुले यो प्रविधि विश्वकै साना सहर र गाउँहरुलाई
उज्यालो बनाउनका लागि प्रभावकारी हुने
दावी गरेका छन् ।
बीबीसीका अनुसार
इजरायलको जेरुसेलमको हिब्रु
विश्वविद्यालयका राबिनोविचको दावी छ कि एउटा आलुले ४०
दिनसम्म एलइडी बल्ब बाल्न सक्छ ।
उनले यो कुनै नयाँ सिद्धान्त नभएको र हाईस्कुलको किताबमा नै
यसबारे पढेको र व्याट्री यसमा कम लाग्ने जनाएका छन् ।
यसका लागि २ वटा धातु आवश्यक पर्छ । पहिलो एनोड अर्थात
नेगेटिभ इलेक्ट्रोड र दोस्रो क्याथोड अर्थात पोजेटिभ इलेक्ट्रोड ।
आलुभित्र रहेको एसिड जिंक र तामाको साथमा रासायनिक क्रिया गर्छ र
जब इलेक्ट्रोड एक पदार्थबाट दोस्रो पदार्थतिर जान्छ
त्यहा उर्जा पैदा हुन्छ ।
यसको खोज सन् १७८० मा लुईगी गेल्वनीले
गरेका थिए, जब उनले
मांशपेशीमा झड्का पैदा गर्नका लागि दुई धातुलाई बाँधेर
प्रयोग गरेका थिए ।
एक सय करोड भन्दा धेरै मानिसहरुले
घरमा बिजुली बाल्न सक्दैनन् र उनीहरुले
आलुबाट बिजुली बाल्न सक्छन् । जो अहिले
अध्यारोमा बस्दै आएका छन् ।
संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले जैविक पदार्थबाट
बिजुली उत्पादनका लागि त्यसको बचत आवश्यक छ ।
पहिलो आवश्यकता यो हो कि के खानका लागि पर्याप्त आलु छ ?
तर यसरी बनाइएको आलुव्याट्री भने चार्ज
गर्न समेत मिल्छ ।




0 comments: