Friday, December 12, 2014

आजको राशिफल:>>>>>>>


वि.सं.२०७१ साल मंसिर २७
गते। शनिबार। सन् २०१४
डिसेम्बर १३ तारिख
-
Aries (चु, चे, चो, ला, लि, लु, ले,
लो, अ): बौद्धिक
प्रतिस्पर्धामा विजयी भइनेछ।
प्रतिष्ठित काम सुरु गर्ने मौका छ।
सन्तान वा अनुयायीले सहयोग
जुटाउनेछन् । तर, अप्रिय समाचारले खिन्नता बढ्न
सक्छ । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला ।
व्यापार व्यवसायमा समेत कम मात्र फाइदा होला ।
धैर्यले काम लिने समय छ। पशुपालन
तथा कृषि क्षेत्रबाट भने सामान्य लाभ मिल्ने योग
छ।

Taurus (इ, उ, ए, ओ, वा, वि, वु,
वे, वो): साझेदारीमा विवाद आउन
सक्छ। पशुधन र जग्गा–जमिनबाट
भने सामान्य फाइदा उठाउन
सकिनेछ। परिवारजनको सहयोगले
फाइदा लिन सकिनेछ। तर अनावश्यक शंका जाग्ने र
शंकाकै कारण आत्मीय सम्बन्धमा कमी आउने योग छ।
मान्यजनको सुझाव अप्रिय लाग्नेछ। उच्च
महत्वाकांक्षा र विगतका गलत निर्णयले
पनि काममा चुनौती आउने देखिन्छ।

Gemini (का, कि, कु, घ, ङ, छ, के,
को, हा): नयाँ काममा हात हाल्ने
समय छ। प्रशस्त धन आर्जन र संग्रह
समेत गर्ने मौका छ । पराक्रम र
उत्साह बढ्नेछ ।
आम्दानी राम्रैगरी बढ्नेछ। सहयोगीहरूले पनि राम्रै
साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ ।
उद्योग र व्यापारमा विशेष फाइदाको योग छ।
प्रतिस्पर्धी परास्त होलान् । कृषिकर्म र
व्यावसायिक काममा पनि प्रशस्त फाइदा हुनेछ।

Cancer (हि, हु, हे, हो, डा, डि, डु,
डे, डो): अलि द्विविधामा परिने र
निर्णायक क्षमतामा कमी आउने
योग छ । सोचेको काम
समयमा सम्पादन गर्न नसकिने र
अवसर फुत्कने सम्भावना बलशाली देखिन्छ।
सहयोगी वा हितैसी जनले
तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न
सक्छन्, सचेत रहनुहोस् । तापनि, विभिन्न अवसर भने
पाइनेछ। धैर्यसाथ निरन्तरको प्रयत्नले फाइदा हुनेछ।

Leo (मा, मि, मु, मे, मो, टा, टि,
टु, टे): मन पर्ने वस्त्र, अलंकार
आदि उपहार पाइएला। स्वादिष्ट
भोजनको आनन्द मिल्नेछ।
प्रतिष्ठित काम गर्ने मौका छ।
आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग
भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ।
पठनपाठनमा प्रगति हुनेछ । रोकिएका काम बन्ने र
नयाँ काम पाइने योग छ। तर,
स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने
बेला छ।

Virgo (टो, पा, पि, पु, ष, ण, ठ, पे,
पो): वैदेशिक क्षेत्रबाट लाभ हुनेछ।
टाढाको यात्रा पनि सम्भावना छ। तर, विभिन्न
चुनौती पनि आइलाग्लान्। काममा आलस्य जाग्नेछ।
केही मात्रामा खर्च बढ्नेछ।
व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। दण्ड
वा जरिवानामा परिने योग छ, धैर्यले काम
लिनुहोला। छर–
छिमेकमा पनि केही असमझदारी बढ्ने योग छ।
तापनि, प्रतिस्पर्धा गरेरै फाइदा उठाउन सकिनेछ।

Libra (रा, रि, रु, रे, रो, ता, ति,
तु, ते): पढाइमा प्रगति हुनेछ। समय
उत्साहवर्द्धक रहला।
गरेका कामबाट प्रशस्त लाभ हुने
समय छ। श्रमको उचित मूल्यांकन
होला। नयाँ ज्ञान प्राप्त हुने योग छ।
आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।
पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रो लाभ हुनेछ।
कृषि तथा पशुपालनमा त्यति लाभ नभए
पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ।

Scorpio (तो, ना, नि, नु, ने, नो,
या, यि, यु): अरूलाई प्रभावित
पारेर काम लिन सकिने छ।
व्यापारमा पनि राम्रै
फाइदा हुनेछ। काममा विशिष्ट
व्यक्तित्वको सहयोग प्राप्त होला।
कीर्तिमानी काम सम्पादन होला। दाम, इनाम र
प्रतिष्ठा कमाउने बेला छ। सामाजिक
क्षेत्रमा पनि नेतृत्व हातलागी हुनेछ। भूमि, वाहन र
पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन
सकिनेछ। कामबाट प्रशस्त फाइदा मिल्नेछ।

Sagittarius (ये, यो, भा, भि, भु,
धा, फा, ढा,
भे): सानातिना काममा महत्वपूर्ण
समय बित्न सक्छ।
सहयोगीहरूको साथ दिए
पनि काम पूरा नहुने समय छ।
ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन
सक्छन्, सचेत रहनुहोस्। सामाजिक उत्तरदायित्व वहन
गर्ने समय छ। नयाँ काम र जिम्मेवारी हात पार्ने
मौका छ। धार्मिक अनुष्ठान तथा परोपकारजन्य
क्रियाकलापमा रुचि बढ्नेछ। तर, शारीरिक
अस्वस्थता पनि सम्भावना देखिन्छ।

Capricorn (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): समयको सदुपयोग
हुनेछ । प्रयत्न गर्दा गोप्य रहस्य पत्ता लगाउन
सकिनेछ । सहयोगीहरूले काममा तत्परता देखाउनेछन् ।
नसोचेको फाइदा उठाउन सकिनेछ। तर
पनि काममा विभिन्न चुनौती देखिनेछन्।
मनमा अधैर्यपना बढ्नेछ। सानातिना काम र घरेलु
समस्यामा अल्झनुपर्ने समय छ।
स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ,
इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला।

Aquarius (गु, गे, गो, सा, सि, सु,
से, सो, दा): प्रेम र
मित्रताको बन्धन कसिने बेला छ।
आम्दानी प्रशस्तै बढ्नेछ।
नयाँ सवारी साधन
प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान
पनि पाइएला। नयाँ ज्ञान सिक्ने मौका छ।
पढाइमा प्रगति हुनेछ।
व्यवसायका लागि यात्रा सम्भावना छ।
केही अधैर्यपना बढ्न सक्छ। तापनि दिन
मनोरञ्जनपूर्ण रहनेछ। दाम्पत्य जीवन सुखद तथा समृद्ध
बन्ने देखिन्छ।

Pisces (दि, दु, थ, झ, ञ, दे, दो,
चा, चि): दिगो फाइदा मिल्ने
काम सुरु होला। मुद्दा–
मामिलामा पनि विजयी भइनेछ।
व्यापार तथा उद्योगतर्फ
फाइदाको योग छ। यात्रामा विशेष लाभ होला।
अधिकारका लागि भने अलि संघर्ष गर्नुपर्ला। शत्रु
तथा प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले
केही चुनौती सामना गर्नुपर्ने देखिन्छ। तापनि,
प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। शत्रु र
रोगबाट छुटकारा मिल्नेछ।

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top