Tuesday, December 2, 2014

प्रधानमन्त्रीले भने–‘देशले ४/५ ओटा राज्य पनि धान्न सक्दैन’ (भिडियोसहित)

काठमाडौं, मंसिर १६ ।
प्रधानमन्त्री सुशील कोइरालाले
देशले चार/पाँचओटा राज्यलाई पनि धान्न नसक्ने भएकाले
जतिसक्दो थोरै संघीय राज्य बनाउनु पर्ने
बताएका छन् ।
नेपाल तामाङ संघले भीमबहादुर
तामाङको तेस्रो पुण्य तिथिको अवसरमा मंगलबार
काठमाडौंको स्वयम्भुमा आयोजना गरेको स्मृतिसभामा उनले
भौतिक पूर्वाधार बिनाका धेरै राज्य बनाउँदा अरुले हास्ने र
मजाकमा
उडाउने जिकिर गरे ।
निधारित मितिमै संविधान जारी गर्न सके
देशमा लोकतन्त्र र विकासको ढोका खुल्ने भन्दै उनले
देशमा शान्ति र अमनचयन भए १० वर्षमै
देशको कायापलट हुने दाबी गरे ।
प्रधानमन्त्री कोइरालाले
देशमा जातीय राज्यका चर्का नारा लगाउन छोडेर
जातीय पहिचान पनि भेटिने र द्धन्द्ध
पनि मेटिने गरी स्वं. भीमबहादुर
तामाङले अघि सारेको विचार आत्मसात गर्नुपर्नेमा जोड दिए

कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले स्वं.
तामाङको सरल जीवनशैली र
जातीय एकतालाई मजबुत बनाउने विचार
सबैका लागि प्रेरणादायक भएकोमा जोड दिएका थिए ।
प्रधानमन्त्री कोइरालाले
काठमाडौंको स्वयम्भुमा स्वं.तामाङको स्मृतिमा छ्योर्तेन र
शालिकको पनि मंगलबारै शिलन्यास गरे । शालिक र छ्योर्तेन
निर्माणमा सरकारले पनि सहयोग गर्ने उनले
प्रतिबद्धता जनाए ।

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top