काठमाडौं, पौष ८ । काठमाडौंमा सम्पन्न प्रथम दक्षिण
एसियाली महिला भलिबल
प्रतियोगिताको उपाधि भारतले जितेको छ ।
पाँच टिमले सहभागिता जनाएको राउन्ड
रबिनका आधारमा भएको प्रतियोगितामा अपराजित रहँदै
भारतले उपाधि जितेको हो । भारतले अन्तिम
खेलमा मंगलबार बंगलादेशलाई २५–१३, २५–६ र २५–९
को सोझो सेटमा हरायो ।
यता, अन्तिम खेलमा
श्रीलंकामाथि संघर्षपूर्ण जित हासिल गर्दै
नेपाल उपविजेता बनेको छ । सुरुआतका दुई सेट जिते
पनि त्यसपछिका दुई सेट हारेको नेपालले ‘बेस्ट अफ
फाइभ’को खेलमा अन्तिम सेट १५–१० ले जितेर खेल
आफ्नो पक्षमा पारेको हो ।
यसअघि सुरुका दुई सेट २५–२३ र २५–२२ ले
जितेको नेपालले त्यसपछिका दुई सेट १९–२५ र १४–२५
ले गुमाएको थियो । नेपालले भारतबाहेक सबै टिमलाई
हराएर उपविजेता भएको हो ।
विजेताले दुई हजार तथा उपविजेताले एक हजार
अमेरिकी डलर जितेको छ ।
प्रतियोगिताको दोस्रो संस्करण अर्को वर्ष भारतमा हुने
भएको छ ।




0 comments: