२०७१ मङ्शिर १८
: भारतको हरियाणा सरकारले गुडिरहेको बसमा जिस्क्याउने युवकलाई
पेटीले कुट्ने दुई दिदीबहिनीलाई
सम्मान गर्ने घोषणा गरेको छ।
राज्यका कृषिमन्त्री ओमप्रकाश धनखडले
उनीहरूलाई गणतन्त्र दिवसमा ३१-३१ हजार
रुपैयाँ पुरस्कार दिएर सम्मान गर्ने बताए।
बसमा उनीहरूलाई जिस्काउने तीन युवकलाई
पक्राउ गरिएको छ। ती युवकलाई १४ दिनको न्यायिक
हिरासतमा पठाइएको छ।
ती तीनजना युवकमध्ये दुईजनाले
सेनाको परीक्षाका सबै जाँच उत्तीर्ण
गरेका थिए र केही दिनमा सैनिक सेवामा नियुक्ति पाउँदै
थिए। ती युवकलाई आपराधिक कार्यमा संलग्न
भएको अभियोगमा सेनामा नोकरीका लागि अयोग्य
घोषणा गरिएको छ। शुक्रबार बसमा भएको यस घटनाक्रमको मोबाइल
फोनबाट भिडियो खिचिएको थियो। २२ वर्षीया आरति र १९
वर्षीया पूजाले बसमा युवकहरूले यौनदुव्र्यवहार
गरेपछि लगाएको बेल्ट निकाली निकै कुटे। अहिले
यो भिडियो टेलिभिजन च्यानल र सामाजिक सञ्जालमा चर्चाको विषय
बनेको छ। रोहतक क्षेत्रका ती युवतीले
बसमा बहादुरी देखाए, तर बसमा सवार अन्य यात्रु भने
चुपचाप देखिए। यस्तो घटनामा महिला किन एक्लै भन्ने
विषयमा पनि सामाजिक
सञ्जालमा टीकाटिप्पणी भइरहेको छ।
हरियाणाका मुख्यमन्त्री मनोहरलाल खट्टरले
राज्यमा महिला यात्रुको सुरक्षा सुनिश्चित गर्नेमा आवश्यक कदम
चाल्ने बताएका छन्। बसका चालक र सहचालकलाई
पनि भविष्यमा यस्तो घटना नहोस् भनेर
चेतावनी दिइएको छ। पूजाले भनेकी छन्,
'तीन युवकले हामीलाई धम्क्याउँदै
दुर्व्यवहार गर्न थाले। हामीलाई बसमा कसैले
पनि सहयोग गर्न आएनन्। त्यसपछि बाध्य भएर बेल्ट निकालेर
आफ्नो सुरक्षा आफैं गर्नुपर्यो।'
भारतको राजधानी नयाँदिल्लीमा सन् २०१२
को डिसेम्बरमा गुडिरहेको बसमा एक छात्राको सामूहिक बलात्कार र
हत्यापछि महिला सुरक्षालाई लिएर कानुन बनेको छ, तर
महिला कति सुरक्षित भन्नेमा अहिले पनि प्रश्न उठ्ने गरेको छ। -
एजेन्सी
Facebook Unveils A Smarter Search Engine Is Now Available
Samsung Beefs Up Chromebox With A Core I5 Processor
Dylan: What It Takes To Compete With Silicon Valley
Wednesday, December 3, 2014
बसमा जिस्क्याउने केटालाई कुट्ने आरति र पूजालाई नगद पुरस्कार (भिडियोसहित) |
Labels:
news




0 comments: