काठमाडौं ,
१६मंसिर ,औषधि व्यवस्था विभागका कर्मचारीको मिलोमतोमा अवैध
रूपमा सञ्चालनमा आएका औषधिपसललाई
कारबाही नभएको र उनीहरूले
जथाभाबी औषधि बिक्री गरेर मानव
स्वास्थमाथि खेलबाड
भइरहेको गुनासो आइरहेका बेला सोमबार
विभागका एक कर्मचारी सेवाग्राहीबाट घूस
लिँदालिँदै रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले
विभागका फार्मेसी अधिकृत श्यामकुमार
अधिकारीलाई १५ हजार रुपैयाँ घूससहित पक्राउ
गरेको हो।
अधिकारीको नेतृत्वको टोली लामो समयदेखि औषधि पसलको अनुगमनमा खटिने
र प्रतिवेदन तयार पारी विभागका प्रमुखलाई
बुझाउन काममा खटिएको थियो।
आयोगको टोलीले अधिकारीसहित
विभागका सवारीचालक मनोज महर्जनलाई पक्राउ
गरेको आयोगका सहायक प्रवक्ता केशव अधिकारीले
बताए।
अधिकारीका अनुसार काठमाडौंकै एक औषधि पसल
अनुगमनका बेला नमिलेका कुरा मिलाइदिने र
सञ्चालनका लागि प्रमाणपत्र दिलाउन सहयोग गर्ने
भन्दै सेवाग्राहीसँग घूस लिँदै गरेको अवस्थामा उनीहरू
पक्राउ परेका हुन्।
आयोगले नोटको नम्बरको रकेर्ड
राखी सेवाग्राहीमार्फत अधिकारीलाई बुझाउन
लगाएर निगरानी गरेको थियो। उनीहरूले प्रयोग
गरेको बा ३ च २७६२
नम्बरको हरियो रङको टोयोटा हाइलक्स गाडीसमेत
बरामद गरिएको छ।
सेवाग्राहीले दिएको सूचनाका आधारमा आयोगले
उनीहरूलाई समातेको हो। पक्राउ परेका उनीहरूलाई
आयोगको हिरासतमा राखिएको छ। आयोगले थप
अनुसन्धानका लागि मंगलबार म्याद थप गर्न
उनीहरूलाई विशेष अदालतमा हाजिर गराउने
भएको आजको अन्नपुर्ण पोष्टमा खबर छ ।
यसैबीच बैतडी जिल्ला स्वास्थ्य
कार्यालयका पूर्वकर्मचारी महादेव भट्टले कार्यालय
प्रमुख डा.गुणराज अवस्थीलाई
आफ्नो सरुवा रोकाउन एनजीओकर्मी नग्रेन्द्र
भट्टलाई ५० हजार रुपौयाँ घूस दिएको भन्दै
आयोगमा उजुरी गरेका छन्। रकम
लेनदेनको सूचना बाहिर ल्याएको भन्दै कार्यालय
प्रमुख अवस्थीले आफूलाई कार्यालयबाटै
निकालेको गुनासो भट्टले गरेका छन्।




0 comments: