Saturday, December 27, 2014

साप्ताहिक राशिफल, वि.सं.२०७१ पौष १३ गतेदेखि - पौष १९ गतेसम्म ====>>>>

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
यस साताको प्रारम्भमा ठूला आशा र
महत्वाकांक्षा त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ ।
आँफूले
गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ ।
परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ
। अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ ।
मङ्गलबारपछि समाजमा तपाईंका कुरा काट्नेको कमी हुने
छैन
। आकस्मिक यात्राको समय छ, तर यात्राबाट
सोचेजस्तो प्रतिफल प्राप्त हुनेछैन । मनमा विरक्तिको भाव
बहन सक्छ । बौद्धिक र प्राज्ञिक क्षमताको उपयोग हुन
सक्दैन । बिहीबारपछि व्यवसायिक क्षेत्रमा
बोलीको कदर हुने समय हो । वाणि र
व्यवहारप्रति विपरीतलिङ्गीको आकर्षण
बढ्नेछ, जोस र
जाँगर बढ्नेछ । धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ ।
भौतिक सम्पत्तिको जोहो हुनसक्छ ।
साताको अन्त्यमा आम्दानी बढ्ने र उठ्नुपर्ने रकम
हातलागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन
सकिने छ, त्यस्तै बन्दव्यापारमा समेत प्रशस्त फाइदा हुने
योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित
मूल्याङ्कन होला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
यस साताको प्रारम्भमा राज्यपक्षबाट लाभ प्राप्त हुनेछ ।
व्यापारबाट सोचेजस्तै मुनाफा प्राप्त हुने योग छ ।
पशुव्यवसाय र कृषिपेसाबाट सन्तोष मिल्नेछ । नोकरी र
सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ ।
गरेका कामबाट सन्तुष्ट भइन्छ । मङ्गलबारपछि सुखद
समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र
काममा पनि फाइदाको योग छ । पशुपालन
तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ ।
पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक
प्रतिस्पर्धामा विजयी भइनेछ । बिहीबारपछि
महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् । लाभदायक
वस्तुको किनमेल र कारोबार गरिने छ ।
लामो दूरीको लाभदायक यात्राको सम्भावना छ ।
घरायसी वातावरण पनि पक्षमा रहनेछ ।
समग्रतामा राम्रो परिणाम प्राप्त हुनेछ ।
साताको अन्त्यमा पारिवारिक सुख मिल्नुका साथै अध्ययन
—अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।
आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक
वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ ।
मनमा दोधारको अवस्था हुनसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
यस साताको प्रारम्भमा घरपरिवारबाट भरमग्दुर सहयोग
प्राप्त हुने छ । सानो प्रयासले रोजगारीको राम्रो अवसर
हात पर्न सक्छ । सरकारी जागिरेका लागि प्रशंसा,
बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । कुनै अप्रत्याशित
काममा सहयोग गर्नु पर्ला । मङ्गलबारपछि हाकिम,
मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित
तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध
कुनै
ठोस परिणाम देखा पर्नेछन् । तपाईंका सम्पूर्ण उद्यम र
परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ ।
बिहीबारपछि शरीरमा आलस्य र
थकानको अनुभव
हुनेछ । यतिबेला तपार्इंलाई नै भनेर कुनै ठूलो सहयोग
सद्भाव मिल्न कठिन छ । विचार गरेर काम गर्नुहोला ।
मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ,
खर्चको मात्रा बढ्न
सक्छ ।
साताको अन्त्यमा समाजमा तपाईंका कुरा काट्नेको कमी हुने
छैन । आकस्मिक यात्राको समय छ, तर यात्राबाट
सोचेजस्तो प्रतिफल प्राप्त हुनेछैन । मनमा विरक्तिको भाव
बहन सक्छ । बौद्धिक र प्राज्ञिक क्षमताको उपयोग हुन
सक्दैन ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
यस साताको प्रारम्भमा छात्रछात्रालाई भोजन प्रदान
गरेमा भाग्यबल बढ्ने छ र रोकिएका काम बन्न थाल्नेछन् ।
धार्मिक वा आध्यात्मिक प्रवचन वा गाथा सुन्दा
सन्तुष्टिको अनुभूति गर्नुहुनेछ । घरायसी सम्बन्ध राम्रै
रहने छ । मङ्गलबारपछि कतै
लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने
राम्रो हुन्छ ।
सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र
धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ ।
नयाँ काम
र जिम्मेवारी हात पार्ने मौका छ । बिहीबारपछि
बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग
पुर्याउने छन् । अपूरा कार्य पूर्ण हुनेछन् । धार्मिक
तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु
पर्नेछ र त्यस पाटोका काममा प्रशंसित हुने अवसर प्राप्त
हुनेछ । साताको अन्त्यमा सुखद समाचार सुन्न पाइनेछ ।
स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ ।
पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ ।
पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक
प्रतिस्पर्धामा विजयी भइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
यस साताको प्रारम्भमा विगतमा आफूले
गरेका कमीकमजोरीको नकारात्मक
नतिजा देखा पर्नसक्छ ।
घरेलु समस्यामै अल्मलिएर समय व्यतीत हुनेछ ।
लामो दूरीको यात्रामा ननिस्कनु राम्रो हुन्छ ।
परिवारका सदस्य अस्वस्थ हुनसक्छन् ।
मङ्गलबारपछि सानातिना काम र घरेलु समस्यामा नै समय
व्यतीत हुनेछ । प्रत्येक काममा बाधाअडचन आउने र
ढिलो गरी कार्यसम्पादन हुने समय छ ।
सवारी साधन
हाँक्दा सचेतता अपनाउनु बेस हुनेछ ।
स्वास्थ्यमा समस्या हुनसक्छ । बिहीबारपछि
व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ, चिन्तनमूलक
काम र अध्ययन, अध्यापन एवं लेखनका क्षेत्रमा बाधा छ ।
प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न
नसक्नाले थोरै तनावको सामना गर्नुपर्ने छ ।
साताको अन्त्यमा हाकिम, मातापिता वा विशिष्ट
व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ ।
नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम
देखा पर्नेछन् । तपाईंका सम्पूर्ण उद्यम र
परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
यस साताको प्रारम्भमा दाम्पत्य जीवन असल हुनेछ
वा अविवाहित हुनुहुन्छ भने कसैले नयाँ सम्बन्धको प्रस्ताव
राख्न सक्छ । छलफल, वादविवाद र
झैझगडामा आफ्नो जित हुनेछ । उपहार, चिट्ठा, पुरस्कार
आदिबाट आकस्मिक धनप्राप्तिको सम्भावना छ ।
मङ्गलबारपछि समय मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान
सिक्ने मौका छ । व्यावसायिक यात्राको सम्भावना छ ।
दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ ।
आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन
प्राप्तिको योग पनि छ । बिहीबारपछि
लामो दूरीको यात्रामा निस्कन वा यातायातको साधन
किन्न अनुकूल छ । धार्मिक तथा सामाजिक
कार्यमा महत्वपूर्ण भुमिका रहनेछ ।
टाढा रहेका आफन्तजनको उन्नति र प्रगतिको समाचार सुन्न
पाउनु हुनेछ । साताको अन्त्यमा कतै
लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने
राम्रो हुन्छ ।
सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र
धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ ।
नयाँ काम
र जिम्मेवारी हात पार्ने मौका छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
यस साताको प्रारम्भमा साथीभाइ टाढिने र व्यवहार
पनि शत्रुतापूर्ण हुने सम्भावना छ ।
पुख्र्यौली सम्पत्तिको विवादले अझ धेरै
तनावको सिर्जना हुनसक्छ । प्रतियोगिताबाट निराशा हात
लाग्नेछ । तार्किक र बौद्धिक क्षेत्रबाट सफलता लिन
सकिंदैन । मङ्गलबारपछि काममा अधिकार
प्राप्तिका लागि तर्क, बहस र छलफलमा दिन बिताउनु
पर्नेछ । प्रतिस्पर्धी र शत्रुहरूको चलखेल बढ्नाले
केही चुनौती र अपठ्याराको सामना गर्नुपर्छ ।
प्रयत्न
गर्दा समेत परिस्थिति आफ्नो पक्षमा आउने छैन ।
बिहीबारपछि गर्नु नपर्ने कामबाट जोगिने बेला हो,
छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । गुप्त र मानसिक
रोगले सताउन सक्छ । गर्न बाँकी काम
पनि केही समयका लागि थाती राख्नु नै बेस
हुनेछ । हरबखत
सजग एवं सचेत भई कार्य गर्नु होला ।
साताको अन्त्यमा सानातिना काम र घरेलु समस्यामा नै
समय व्यतीत हुनेछ । प्रत्येक काममा बाधाअडचन
आउने र
ढिलो गरी कार्यसम्पादन हुने समय छ ।
सवारी साधन
हाँक्दा सचेतता अपनाउनु बेस हुनेछ ।
स्वास्थ्यमा समस्या हुनसक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
यस साताको प्रारम्भमा बौद्धिक, साहित्यिक र
सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ । धनलाभ हुने
सङ्केत छ । शत्रुहरू पराजित हुनेछन् । सृजनात्मक
सफलता मिल्नेछ । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुनेछ ।
नयाँ योजना कार्यान्वयन हुनेछन् ।
मङ्गलबारपछि सन्तति पक्ष र भाइबहिनीले
खुसीको वातावरण सिर्जना गर्नेछन् । लेखन, प्रकाशन र
ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक र
सृजनात्मक सफलता मिल्नेछ । पारिवारिक जीवन सामान्य र
सन्तोषप्रद रहने छ । बिहीबारपछि सोचेजस्तै
सफलता प्राप्त हुनेछ । पराक्रम बढ्नुका साथै शरीर
फुर्तिलो रहने छ । दाम्पत्य जीवन सुखमय रहनेछ ।
साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने
योजना बनाउनु
भएको छ भने त्यसका लागि अनुकूल छ ।
साताको अन्त्यमा समय मनोरञ्जनपूर्ण रहनेछ ।
नयाँ ज्ञान सिक्ने मौका छ । व्यावसायिक
यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध
बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ ।
नयाँ सवारी साधन प्राप्तिको योग पनि छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
यस साताको प्रारम्भमा राम्रो समय छैन ।
आफूमुनिका परिवारजनसँगको आत्मीयतामा कमी आउनसक्छ
। कुनै महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्दै
हुनुहुन्छ
भने गोप्य राखेमा सफलता पाउनुहुनेछ । मित्रको व्यवहार
पनि शत्रुतापूर्ण हुनेछ ।
मङ्गलबारपछि खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ ।
शरीरमा आलस्य जाग्नेछ । काम गर्न जाँगर लाग्दैन ।
प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ ।
चिताएको काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ ।
धैर्यले काम लिने समय छ । बिहीबारपछि काम
गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न
समस्या आइलाग्न सक्छन् ।
झिनामसिना कामका लागि पनि निक्कै खट्नु पर्छ ।
भरिसक्य मुद्दामामिला र झैझगडाबाट टाढा रहनु होला,
निर्णय क्षमताले काम नगर्न सक्छ ।
साताको अन्त्यमा काममा अधिकार प्राप्तिका लागि तर्क,
बहस र छलफलमा दिन बिताउनु पर्नेछ । प्रतिस्पर्धी र
शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती र
अपठ्याराको सामना गर्नुपर्छ । प्रयत्न गर्दा समेत
परिस्थिति आफ्नो पक्षमा आउने छैन ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
यस साताको प्रारम्भमा दाजुभाइ र बन्धुबान्धवको सल्लाहले
रोकिएको काम बन्न सक्छ । धार्मिक र सामाजिक
काममा समय बित्नेछ । आध्यात्मिक भावनाको विकास हुनेछ
। दिनदुःखीलाई दिएको सानो सहयोगले
भाग्यबलमा अभिबृद्धि हुनेछ । मङ्गलबारपछि पराक्रम र
उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग
छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै
सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने
केही चुनौतीको सामना गर्नुपर्छ ।
बिहीबारपछि
विद्यार्थीहरुले आफ्नो क्षमता प्रदर्शन
गरी स्याबासी पाउने समय हो । अन्य
सबैका लागि भौतिक
सुविधाको दीर्घकालिक जोहो गर्ने अवसर र मौका देखापर्ने
छ । चिन्तन र बौद्धिकताको क्षेत्रमा राम्रो छ ।
साताको अन्त्यमा सन्तति पक्ष र भाइबहिनीले
खुसीको वातावरण सिर्जना गर्नेछन् । लेखन, प्रकाशन र
ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक र
सृजनात्मक सफलता मिल्नेछ । पारिवारिक जीवन सामान्य र
सन्तोषप्रद रहने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
यस साताको प्रारम्भमा मन प्रसन्न रहनेछ । आर्थिक लाभ
प्राप्त हुनेछ । परिवारमा मेलमिलापको बातावरण कायम
हुनेछ । मित्र र सहयोगी असाध्यै सहायक सिद्ध
हुनेछन् ।
यस समयको जति सदुपयोग गर्नुहुनेछ त्यत्ति नै अनुकूल हुने
सङ्केत छ । मङ्गलबारपछि आम्दानी बढ्ने र उठ्नुपर्ने
रकम हातलागी हुने समय छ । कृषि तथा पशुधनबाट
लाभ लिन
सकिने छ, त्यस्तै बन्दव्यापारमा समेत प्रशस्त फाइदा हुने
योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित
मूल्याङ्कन होला । बिहीबारपछि विदेश
वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले
राम्रो लाभ प्राप्त गर्नसक्छन् । तर घरमा बस्नेले
अनावश्यक दौडधुप गर्नु पर्नेछ ।
काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन् ।
नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन ।
साताको अन्त्यमा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ ।
शरीरमा आलस्य जाग्नेछ । काम गर्न जाँगर लाग्दैन ।
प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ ।
चिताएको काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ ।
धैर्यले काम लिने समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
यस साताको प्रारम्भमा निर्णय सार्थक हुनेछ ।
मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ ।
प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ ।
मनमा केही कमी भएझैं लागे
पनि समग्रमा लाभकारी नै हुनेछ
। मङ्गलबारपछि पारिवारिक सुख मिल्नुका साथै अध्ययन—
अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।
आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक
वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ ।
मनमा दोधारको अवस्था हुनसक्छ । बिहीबारपछि
धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र
धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार
आदि मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने
त्यसका लागि अनुकूल समय आएको छ ।
साताको अन्त्यमा पराक्रम र उत्साह बढ्नेछ । उद्योग र
व्यापारमा विशेष फाइदाको योग छ । सहयोगीहरूले साथ
दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र
व्यावसायिक काममा भने
केही चुनौतीको सामना गर्नुपर्छ ।

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top