Saturday, December 6, 2014

१४२ बर्षपछि दोस्रो भयो अमेरिका अर्थतन्त्रमा चीन पहिलो

काठमाडौ, मंसिर २१ - विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्दै
चीनले अमेरिकालाई उछिनेको छ । सन् १८७२
देखि विश्वको पहिलो अर्थतन्त्र बन्दै
अाएको अमेरिका पहिलो पटक दोस्रो नम्बरमा पुगेको इन्टरनेशनल
मोनेटरी फन्डले
जारी गरेको रिपोर्टमा भनिएको छ ।
फन्डको पछिल्लो रिपोर्ट अनुसार चीनको अर्थतन्त्र
१७ दशमलब ६१ टि्रलियन डलरको छ भने अमेरिकाको अर्थतन्त्र
१७ दशमलब ४ टि्रलियन डलर छ । सन् २०११
देखि चीन जापानलाई उछिनेर
विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको थियो ।

फन्डले प्रक्षेपण अनुसार पछिल्ला बर्ष औद्योगिकरणले उच्च
आर्थिक बृद्धि गरिरहेको चीनको अर्थतन्त्र
अबको ५ बर्षपछि २७ टि्रलियन डलर पुग्नेछ । जुन
त्यसबेलाको अमेरिकी अर्थतन्त्र भन्दा २० प्रशित
बढी हुनेछ । फन्डले अमेरिकाले अर्थतन्त्र ५
बर्षपछि २२ टि्रलियन डलर मात्रै हुने अनुमान गरेको छ ।

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top