Monday, December 1, 2014

विप्लवको ठट्टा- तपाईलाई कति दिनमा देखाइदिनुपर्यो ? घोडा बन्ने त कुरै छैन, मालिक बन्नेलाई खाँदिन्छ

१६ मंसिर, काठमाण्डौ । स्थान- राष्ट्रिय नाचघर ।
कार्यक्रमचाँहि कुनै नाटक नभएर गम्भीर राजनीतिक
मुद्दामा केन्द्रित थियो ।
तर, सोमबार नाचघरमा आयोजित पत्रकार
सम्मेलनमा माओवादी नेता नेत्रविक्रम चन्दले
पत्रकारबाट सोधिएका गम्भीर प्रश्नहरुको जवाफ
हाँसो र ठट्यौली पारामै फर्काए ।
नाचगान गर्ने थलोमा सैयौं दर्शकको उपस्थितिवीच
विप्लव र विभिन्न पत्रकारवीच
चलेको प्रश्नोत्तरको झाँकी यस्तो थियो-
तपाईलाई दक्षिणपन्थी अवसरवाद उन्मुख नेता भन्ने
आरोप छ नि ?
- दक्षिणपन्थी के वादी भन्ने छ भन्ने सुनियो । मैले त
राम्रासँग हेर्न पनि पाएको छैन । मैले के भनेको छु भने
किरण दाइ, बादल कमरेडहरु इतिहासको सम्मानित
व्यक्तित्वहरु हो । तर, समय बलबान हुन्छ । लेनिनले
भन्नुहुन्थ्यो, हिजो त क्रान्ति हुन सक्थ्यो तर, आज
हुँदैन । अक्टोबर क्रान्तिमा भन्नुभो, आज हुनसक्छ,
भोलि सक्दैन । जो नेताले त्यसलाई बुझ्न सक्छ, त्यसले
लगाएको आरोप ठिकै हुन्छ । जसले त्यो बुझ्नै सक्दैन,
त्यसले लगाएको आरोपको अर्थ छैन ।

तपाईको विज्ञप्तिमा हाम्रा मुद्दा यी हुन्,
सुनुवाइ होस् भन्ने जस्तो छ । तर, भाषण भने
आक्रामक गर्नु भो । सर्वपक्षीय राजनीतिक
सभाको माग गर्नुभएको छ । सम्भवतः यो माग
सडकबाट वा सदनबाटै दबाव दिएपछि पूरा होला ।
सडकमा जाने प्रष्ट छैन ।
मूलधारको राजनीतिमा पनि हुनुुहुन्न । आफ्ना माग
कसरी पूरा गराउनुहुन्छ ?
- हामीले प्रस्तावमार्फत नै
अघि सारेका छौं कि संघर्षको स्वरुप
जनताको जनादेशअनुसार नै अगाडि जान्छ । मैले
पहिले पनि भनेँ कि संघर्षको कुनै सीमा हुँदैन ।
यति कुरा बुझि्राख्नुस् । संघर्ष हुँदैन, भइसक्यो भने
त्यसको सीमा हुँदैन । रत्नपार्कमा गएर मसाल बालेर
घर गएर सुत्ने कुरा मात्र हुन्छ कि हुन्न भन्न सकिन्न ।
त्यो राज्यको रबैयामा भरपर्छ ।

जहाँसम्म आक्रमक हुनुभो, यही टेबलबाट हुँदैन र ? भन्ने
छ, हामीले भनेका छौं हुनसक्छ । तर,
टुप्पीपुप्पीमा हिँड्ने वार्ताको कुनै औचित्य छैन ।
रिसोर्ट र होटल धाउने अनि २/४ हजार सिध्याएर
मस्त मीठो मीठो खाने वार्ताको औचित्य छैन ।
एउटा सुकुम्बासीको जीवनबारे वार्ता चाहिन्छ ।
हामी त्यसका लागि तयार छौं ।
नेपाली जनताको जीवनसँग
जोडिएको विषयमा वार्ता होस् ।
प्रचण्डले
शान्ति प्रक्रियाको हिरो गिरिजाप्रसाद हुन्
भनेका छन् । तर, तपाईहरुले फसाइयो भन्नु भो ।

गिरिजाप्रसाद हिरो हुन् कि भिलेन ?

माओवादीसँग विश्वासका साथ काम
गर्दा उहाँ हिरो नै हो । तर, माओवादीलाई कांग्रेस
फसाएर एक्लै जान खोजेको छ,
त्यहाँ गएपछि जिरो नै हुने निश्चित छ ।

(हलमा हाँसो …) त्यो कुरा हो । कांग्रेस एक्लै जान
सक्दैन । मैले अघि पनि भनंे कांग्रेस माओवादीसँग
बाँधिएको छ । माओवादीसँग बाँधिनुको अर्थ
नेपाली जनतासँग बाँधिनु पनि हो ।
नेपालका युद्धका प्रस्तावसँग बाँधिनु हो । त्यसलाई
छाडेर कांग्रेस एक्लै जान खोजेको छ, त्यो सम्भव छैन

तपाईले आज बन्दुकको जवाफ बन्दुकले दिन तयार
छौं भन्ने प्रष्ट संकेत गर्नुभयो । तर, एकीकृत
क्रान्तिको दस्तावेजमा अबको क्रान्तिको आधार
मध्यमवर्गीय जनतालाई गोलवद्ध गरेर अघि बढाउने
भन्नुभएको छ । तर, मध्यम वर्ग जोखिम लिन डराउने र
अवसर खोज्ने खालको हुन्छ । यसमा मध्यमवर्ग
कसरी क्रान्तिको आधार बन्न सक्छ ?

- यो सही कुरा हो । हामीले
भनेका छौं कि अबको क्रान्तिमा मजदुर किसानसँगै
मध्यमवर्गको सहभागिता अनिवार्य छ । यो तपाईले
भनेको जस्तो ढुलमुल पनि हुन्छ तर,
प्रतिक्रियावादी वर्ग होइन । सत्तासँग मिलेर
जनतालाई दमन गर्ने होइन, बरु प्रगति र
अग्रगमनको पक्षमा आउने वर्ग हो । त्यसैले
इन्जिनियर, डाक्टर, वकिल,
व्यापारी मध्यमवर्गका मान्छेहरु सबैलाई
क्रान्तिको घनिष्ठ मित्रशक्तिका रुपमा लिनुपर्छ ।
बाँकी तपाईको भनेको जस्तो बन्दुक नै बोक्न आउँछ
कि आउँदैन भन्नेमा हामीले बन्दुक बोकीहाल्ने
कुरा गरेका छैनौं । हाहाहा… हाम्रो काँधमा बन्दुक
छैन । त्यसैले आजैबाट मध्यमवर्गका साथीहरु तर्सिएर
ओहो ! भन्ने नबनाइदिनुस् ।

बन्दुक भनेको साधन हो । जुन तपाई सत्तासँग
असन्तुष्ट हुनुहुन्छ र प्रतिवाद गर्नुहुन्छ ।
त्यो पनि बन्दुकजस्तै कुरा हो । त्यो बन्दुक
भन्दा कमजोर होइन । भौतिक वस्तु त कहिले
काँही प्रयोग हुन पनि सक्छ । नहुन पनि सक्छ । त्यसैले
मध्यम वर्ग आजको क्रान्तिको घनिष्ठ मित्र हो ।

तपाईले शान्ति प्रक्रियापछि कांग्रेस र एमालेलाई
देख्नुभएको छ । बढी दोषी माओवादीका नेताहरु
होइनन् ?

- कांग्रेस, एमालेका केही साथीहरुलाई भेट्दा के
भन्नुहुन्छ भने तपाईहरुले भनेको त ठीकै हो तर, प्रचण्ड
बाबुराम लड्नै सकेनन् भन्छन् । हाम्रो भनाइ के भने
प्रचण्ड र बाबुरामले लड्ने नलड्नेसँग माओवादीको के
सरोकार । नेता हुँदा लड्नुपर्छ सही हो । तर,
उनी लडेनन्, त्यसैले सबै हसुर्दिउँ र खाइदिइहालौं भनेर
कांग्रेस र एमालेले पनि सोच्नु भएन ।

हाहाहा…. (हलमा फेरि हाँसो गुन्जियो )

यहाँ त जनता छन् । माओवादी भनेको व्यक्ति मात्र
होइन । प्रवृत्ति हो । धारा हो । जो एकछाक खान
नपाउनेदेखि नेपाललाई माया गर्नेहरुको धारा हो ।
तपाईले २/४ जना नेतालाई त किनिहालियो,
तानिहालियो अब जे गरे पनि हुन्छ भनेर सिंगै
माओवादीसँग व्यवहार गर्न खोज्नु भो भने
अर्को माओवादी चिहानबाट उठेर आउँछ ।

यो हाम्रो हकमा पनि हो । हामीले
गल्ती गर्यौं भने नेपालको माओवादी आन्दोलन
यहीँ सिद्धिन्छ भन्ने होइन ।
सत्ता साझेदारीको कुरा गर्नुभएको छ ।

कस्तो सत्ता साझेदारी खोज्नु भएको हो ?

यही भने वापत मलाई पार्टीमा आलोचना पनि हुन्छ
। कहिले भनिदे भन्ने पनि आउँछ । यो .. (हाँस्दै) दुईवटै
हुन्छ । यो कुरा पालुङटारमा भनिएको हो ।
विद्रोहमा दुबैको अस्तित्व स्वीकार नगरेसम्म
सहमति नै हुँदैन । शान्ति प्रक्रिया नै हुँदैन ।
राज्यमा हामी दुबै बराबर हो भनेपछि मात्र हुन्छ ।
त्यो स्वीकार गर्ने भनेको मान्छेलाई होइन ।

त्यसको सहभागिता र राज्यमा खेल्ने
भूमिका भनेको हो ।
साझेदारी भनेको विद्रोही पक्षले पनि त्यतिकै
अधिकार पाउनुपर्छ जति राज्य पक्षले पाउँछ ।

त्यो नीति निर्माण गर्ने ठाउँमा, अनुगमन गर्ने
ठाउँमा । समग्र क्षेत्रमा बराबर अधिकार पायो भने
त्यो शान्ति प्रक्रिया सफल हुन्छ । संसारको नियम
यही हो । एउटाले अर्कोलाई खाइदिन्छु,
सिध्याइदिन्छु भनेर सोचियो भने त्यो कहिल्यै सफल
हुँदैन ।
माओवादीलाई वार्तामा ल्याइयो, तर,
कार्यान्वयनमा जाँदा एक्ल्याउने काम भएको छ ।
यो सहअस्तित्व र सहकार्यको सिद्धान्त विपरीत छ
। यो माओवादीले कदापी मान्न सक्दैन ।
हामीले प्रस्ताव गरेको के हो भने समग्र
शान्ति प्रक्रियाको समीक्षा हुनुपर्छ ।
माओवादीसँग सेना थियो, सत्ता थियो ।

माओवादीसँग प्रशासन नियो र अदालत थियो ।
यो कुरालाई पहिला सहमतिमा आउने फोर्सले
स्वीकार गर्नुपर्छ ।
अहिले त छैन भन्ने हो भने म भन्छु
कति दिनमा तपाईलाई देखाइदिनुपर्यो ?
हामी तयार नै छौं ।
सहमति र साझेदारीबाट नजाने पुरानै कानुन अदालत
हाम्रो टाउकोमाथि थोपर्छौं, मान, घोडा बन भन्ने
हो भने घोडा बन्ने त कुरै छैन, मालिक बन्नेलाई
खाँदिन्छ । त्यो मानिँदैन ।
अर्को चर्चा पनि छ विप्लवले दुई चार दिन डाङडुङ
पार्न । वार्ता गर्ने र सत्तामा जाने भन्ने छ । अहिले
तपाईहरुले सोध्नु नै हुन्छ होला । तर, त्यो किमार्थ
होइन । यो देशमा हुने हरेक छलफलले
नेताको कुरा होइन, जनताको एजेण्डा लिएर
जानुपर्छ । यसमा तपाईहरु ढुक्क भए हुन्छ ।
कम्युनिष्टहरुले बन्दुक खोसेर विद्रोह गर्ने हो ।

तर,
विप्लवसँग लुकाइएका बन्दुक छन्, त्यसले क्रान्ति गर्न
सक्दैन भन्ने पनि सुनियो । तपाईसँग लुकाइएका बन्दुक
कति छन् ?
- बन्दुक कति लुकाको छस्
भन्दा यो कुरा प्रचण्डलाई सोध्नुपर्छ । (हाँस्दै) …
प्रचण्डजीले के भन्नुभएको छ भने सबै बन्दुक
बुझाइक्यौं । त्यसकारण यो प्रश्न मलाई सोध्ने होइन

तर, बन्दुक छ कि छैन भन्दा यहाँ (टाउकोमा देखाउँदै)
बन्दुक भयो भने जतिखेर पनि बन्दुक आउँछ ।
यो कुरा के ठान्नु होला भने
मान्छेको दिमागमा बन्दुक चढ्यो भने जतिखेर
पनि आइपुग्छ । अहिलेको विश्वमा त्यसको अभाव
महसुस नगर्नुस् ।

धमेन्द्र बास्तोलाले प्रधान शत्रु कांग्रेस
हो भन्नुभएको छ, कम्युनिष्टका लागि प्रधान दुश्मन
संघर्षको पहिलो आधार बन्छ । के तपाईहरुले
कांग्रेसलाई प्रधान शत्रु घोषणा गरिसकेको हो ?

- एउटा सन्दर्भमा धर्मेन्द्र कमरेडले भन्नुभएको हो ।
एक हिसावले सही पनि हो । तर, हामीले के
भनेका छौं भने आजको सन्दर्भमा जनताको दुश्मन
दलाल पूँजीवादी राज्यसत्ता हो ।

योपार्टीत्योपार्टीभन्दापनिकांग्रेसमाबढीदेखिन्छ
। बाँकी धेरै पार्टीमा यो प्रवृत्ति छ । कांग्रेसभित्र
पनि सच्चा प्रजातन्त्रवादी छन् । हामीले
छुट्याउनुपर्छ ।
प्रवृत्तिका हिसाबले आजको प्रधान शत्रु
भनेकोविदेशीकोआडमानेपालीजनतामाथिविदेशीले
चाहेको व्यवस्था लाद्न चाहने प्रवृत्ति हो । त्यससँग
जनताले संघर्ष गर्नुपर्छ ।

संघर्षको स्वरुप ग्रामीण हुन्छ कि कस्तो ?

- यो सबै हुन्छ । एउटा गाउँमा मात्र लड्ने,
काठमाडौंमा नलड्ने वा काठमाडौंमा मात्र लड्ने,
गाउँमा नलड्ने यस्तो हुँदैन ।

अहिलेको नेपालको सन्दर्भमा राजनीतिक
निर्णयहरुबाट गाउँका जनता मात्र उत्पीडित छैनन् ।
संसदवादी दलहरुको निर्णय र
विदेशीको उत्साहटको मारमा सहरका नागरिक
पनि छन् । किसान मात्र होइन, मध्यमवर्ग पनि छन् ।
सबैलाई एकतावद्ध गरेर लड्ने आजको संघर्षको स्वरुप
हुनेछ ।

तपाईले एकपटक आवश्यक पर्यो भने ‘रअ’ मात्रै के,
सबैसँग उठबस गर्न तयार छौं भन्नुभएको थियो

आजकल को-कोसँग कत्तिको उठबस छ ?

- अब नेपालमा रमाइलो कुरा के छ भने जो रअ
को मान्छे हुन्छ, उसले नै अरुलाई ‘रअ’को मान्छे भन्दै
हिँड्छ यो बडो रमाइलो कुरा छ ।

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top