Thursday, December 18, 2014

रुखसँगै चितुवाको टाउको काटिँदा… (फोटोफिचर)>>>>

वनजंगल फडानीका कारण पर्यावरणीय
चक्रमा पुग्न गएको गम्भीर असरको बारेमा सबैलाई
जानकारी हुँदा हुँदै पनि यसको अभ्यास नेपाललगायत
विभिन्न देशहरुमा हुने गरेको पाइन्छ ।
यसका लागि विभिन्न सन्देशमूलक विज्ञापन पनि नगरिएका होइनन्
तर समस्या ज्यूँका त्यूँ छ । अझ भनौँ यो समस्या बढ्दो छ ।
हामीले विद्यालय जीवनदेखि नै पढ्दै
आएका छौँ – एउटा रुख काट्दा अरु २ ओटा रुख रोपौँ तर यो शिक्षालाई
कसैले पनि व्यवहारमा उतार्न सकेका छैनन् ।
वन फँडानीको असर मानिसलगायत विभिन्न जनावरलाई
पर्न जान्छ । एकपटक सोचौँ, एउटा रुख काट्दा त्यो सँगै
चितुवाको टाउको काटियो भने त्यो दृश्य कस्तो होला ? चितुवको साथसाथै
सुगा, बाँदर र अजिङ्गरको टाउको काटिएको देख्नु भयो भने झन् के
होला ? यो विषयमा कहिले सोच्नुभएको छ ? यदि छैन भने
यी रुखसँगै
जनावरको टाउको काटिएको फोटो यहाँ दिइएको छ ।
तर यी फोटोहरु वास्तविक हुन् भन्ने नसोच्नुस् ।
यी तस्बिरहरु एउटा सन्देशमूलक
सामग्रीका लागि तयार गरिएको हो जसलाई
भारतको पर्यावरण समाचार पत्रिका सेंक्चुरी एसियाले
बनाएको हो । रुख काटिँदा अन्य जीव
जन्तुको पनि टाउको काटिने अर्थात जीवन नष्ट हुन्छ
भन्ने सन्देशमूलक सामग्री देखाउन
खोजेका यी तस्बिरहरु निकै मार्मिक छन् । यस्तो मार्मिक
तस्बिरले कति वनफँडानी गर्ने मानिसहरुको मन छुन
सक्छ त्यो भने आउँने समयले नै बताउनेछ । (एजेन्सी)

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top