Tuesday, December 2, 2014

अब आँखाले तपाईंको मस्तिकबारे बताउनेछ ----->>>>>watch>>--------

आँखा मस्तिकलाई चियाउने झ्याल हो । यसो भन्दा फरक नपर्ला ।
साइकोलोजिकल साइन्समा छापिएको एउटा अनुसन्धान रिपोर्टले यसै भन्छ
। त्यस अनुसन्धानबाट पत्ता लागेअनुसार आँखापछाडि हुने
साना नसाहरुले तपाईको मस्तिष्क कतिको स्वस्थ छ भन्ने कुरा बताउने
छ । उक्त अनुसन्धानमा संलग्न वैज्ञानिकहरुका अनुसार
आँखापछाडि लामा नसा हुनेहरुको सामान्य ज्ञान अधवैंशे उमेर
पुग्दा कमजोर हुने गर्छ । यस्तो अवस्था हुनुको लागि कतिपय
मानिसहरु धूमपान, डाइविटिज तथा आर्थिक सामाजिक अवस्थाहरुलाई
दोष दिएर उम्कने गर्छन् । तर सो अनुसन्धानका नेतृत्वकर्ता डा. इडान
सालेभका अनुसार त्यो कुरा सत्य होइन । सत्य के हो भने,
त्यसको जिम्मेवार उनीहरुको आँखापछाडिको नसा लामो हुनु
नै हो । उनका अनुसार, आँखाको नसाहरुले
मानिसको मस्तिष्कको अवस्थालाई प्रतिबिम्बित गर्ने गर्छ किनभने
मस्तिष्कका नसा र आँखाका नसाहरुको आकार, बनौट र
कार्यशैली एकै किसिमको हुने गर्छ । डा. सालेभ भन्छन्,
‘आँखाका नसाहरु ठीक त्यही कोषहरुबाट
बनेका हुन्छन्, जुन कोषहरुबाट मस्तिष्कका नसाहरु
पनि बनेका हुन्छन् ।’ यसभन्दा अगाडि गरिएका अन्य अध्ययनहरुले
आँखाका नसाहरुका आकार मतिभ्रम (dementia),
मुटुसम्बन्धी रोगहरु र हृदयघात जस्ता समस्याहरुसँग
सम्बन्ध हुने गरेको देखाएको थियो । तर ती अध्ययनहरु
बुढौली उमेरका मानिसहरुका गरिएको थियो । डा.
सालेभको टोलीले गरेको अध्ययनले
चाहिँ आँखाको नसाको अवस्थाले युवावस्था र
वाल्यावस्थाका मानिसहरुको मस्तिष्कको अवस्थालाई प्रतिबिम्बित गर्ने
देखाएको थियो । यो अध्ययनले मानिसको आँखाका नसाहरुको अध्ययनबाट
उसको मस्तिष्कको अवस्था मात्र हैन, सम्भाव्य
मुटुसम्बन्धी रोगहरुका बारेमा पनि बेलैमा थाहा पाउन सकिने
कुरा अनुसन्धानकर्ताहरुले बताएका छन् ।

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top