Tuesday, December 2, 2014

आजको राशिफल वि.सं.२०७१ साल मंसिर १७ गते। बुधबार। सन् २०१४ डिसेम्बर ३ तारिख। >>>

Aries (चु, चे, चो, ला, लि, लु, ले,
लो, अ): प्रतिष्ठित काम गर्ने
मौका छ। सहयोगीहरूले
राम्रो साथ दिनेछन्। आत्म–
विश्वास बढ्नेछ। विशिष्ट
व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन
रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने
योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला।
कामबाट फुर्सद मिल्नेछ। रोकिएका काम सम्पादन
हुने र नयाँ काम पाइने योग छ।

Taurus (इ, उ, ए, ओ, वा, वि, वु,
वे, वो): केही मात्रामा खर्च
बढ्नेछ। आलस्य जाग्नेछ।
काममा लगानीको समय छ।
चुनौतीका बाबजुद नसोचेको काम
बन्न सक्छ। धैर्यले काम लिने समय छ। छर–छिमेकमा भने
केही असमझदारी बढ्ने योग छ। तापनि,
प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। वैदेशिक
क्षेत्रबाट लाभ लिने मौका छ। अनुकूल स्थानान्तरण
र टाढाको यात्रा सम्भावना छ।

Gemini (का, कि, कु, घ, ङ, छ, के,
को, हा): आम्दानी बढ्ने र उठ्नुपर्ने
रकम हातलागी हुने समय छ।
कृषि तथा पशुपालनमा त्यति लाभ
नभए पनि व्यापारमा प्रशस्त
फाइदाको योग छ । आज श्रमको भने समुचित
मूल्यांकन नहुन सक्छ । भएको आम्दानी र सञ्चित रकम
समेत खर्च गर्नुपर्ला । धेरै लगानीपछि कम प्रतिफल
पाइने र अरूको भरण–पोषणमा खर्च हुने समय छ ।
मालमत्ता समेत हराउन सक्छन्, सचेत रहनुहोला।

Cancer (हि, हु, हे, हो, डा, डि, डु,
डे, डो): आफ्नो क्षेत्रमा प्रभुत्व
जमाउन सकिनेछ । दाम, इनाम र
प्रतिष्ठा कमाउने बेला छ ।
सामाजिक कामको दायित्व
बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ
मिल्ने योग छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ ।
काममा मातापिताको सहयोग प्राप्त होला।
प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित
पारेर काम बनाउने समय छ।

Leo (मा, मि, मु, मे, मो, टा, टि,
टु, टे): सामाजिक उत्तरदायित्व
वहन गर्ने समय छ। रोकिएका काम
समेत सम्पादन हुनेछन् । नयाँ काम र
जिम्मेवारी हात पार्ने मौका छ ।
धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट
प्रतिष्ठा पाइनेछ। पढाइमा पनि राम्रै प्रगति हुनेछ।
यद्यपि स्वास्थ्यमा कमजोरी र परिश्रम धेरै गर्नुपर्ने
समय छ । तापनि काममा सफलता मिल्नेछ।
भाग्योन्नतिको समय छ।

Virgo (टो, पा, पि, पु, ष, ण, ठ, पे,
पो): काममा केही चुनौती देखिए
पनि समयको सदुपयोग हुनेछ । धेरैले
सहयोगको तत्परता देखाउनेछन् ।
नसोचेको फाइदा उठाउन सकिनेछ
। प्रयत्न गर्दा गोप्य रहस्य पत्ता लगाउन सकिनेछ ।
तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने
समय छ।
स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ,
इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला।

Libra (रा, रि, रु, रे, रो, ता, ति,
तु, ते): रमाइला ठाउँको भ्रमण गर्ने
मौका आउला। व्यापार–
व्यवसायमा भने सोचेको लाभ
नमिल्न सक्छ ।
यात्रामा पनि केही समस्या आउलान् ।
अलि बाध्यताका काममा जुट्नुपर्ने योग छ । दाम्पत्य
जीवन सुखद तथा समृद्ध बन्नेछ। आम्दानी बढ्नेछ।
तापनि, आम्दानीको अनुपातमा खर्च
केही बढी गर्नुपर्ला। नयाँ सवारी, आतिथ्यपूर्ण
सम्मान पाइएला। मित्रता र प्रेमको बन्धन कसिनेछ।

Scorpio (तो, ना, नि, नु, ने, नो,
या, यि, यु): रयत्न
गर्दा मौकाको फाइदा लिन
सकिनेछ । यात्रामा विशेष लाभ
होला । शत्रु र रोगबाट
छुटकारा मिल्ने समय छ। मुद्दा–
मामिलामा पनि विजयी भइनेछ। व्यापार
तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ।
काममा अधिकार
प्राप्तिका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।
प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले
केही चुनौती सामना गर्नपर्ने देखिन्छ।

Sagittarius (ये, यो, भा, भि, भु,
धा, फा, ढा, भे): सुखद समाचारले
अझ उत्साह बढ्नेछ। नयाँ ज्ञान
सिक्ने मौका छ। व्यापार–
व्यवसायमा विशेष लाभ लिने समय
छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ।
आम्दानी प्रशस्तै बढ्नेछ।
पढाइलेखाइमा प्रगतिको समय छ। आतिथ्यपूर्ण
सम्मान पाइएला। तर, सानो त्रुटिले बनिसकेको काम
बिग्रने वा झमेला आइलाग्ने समेत समय छ, सचेत
रहनुहोला।

Capricorn (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): परिवारजनको सहयोगले
फाइदा लिन सकिनेछ। मान्यजनसँग असमझदारी बढ्न
सक्छ। विगतका निर्णयले काममा चुनौती आउने
देखिन्छ। मान्यजनको सुझाव अप्रिय लाग्नेछ।
महत्वाकांक्षी योजना गोप्य राखेर
अघि बढ्दा फाइदा हुनेछ। मातृधनको उपयोगबाट
लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि लाभ
होला । अरूको भर पर्दा धोका हुन सक्छ, सचेत
रहनुहोला।

Aquarius (गु, गे, गो, सा, सि, सु,
से, सो, दा): सहयोगीहरूले
राम्रो साथ दिनेछन्।
रोकिएका काम बन्ने र नयाँ काम
सुरु गर्ने समय छ । उद्योग र
व्यापारमा विशेष फाइदाको योग छ। शत्रुहरू परास्त
हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ।
आम्दानी बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल
पाइनेछ। कृषिमा सामान्य र
व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। प्रशस्त
धन आर्जन गर्ने मौका छ । प्रतिस्पर्धाबाट लाभ
मिल्ने देखिन्छ।

Pisces (दि, दु, थ, झ, ञ, दे, दो,
चा, चि): मान–सम्मान बढ्नेछ।
बोलीको भरमा काम सम्पादन हुने
योग छ। अभिव्यक्तिले धेरैलाई
आकर्षण गर्ने समय छ। प्रशंसकहरू
बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै
फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन
लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–
पाठनमा प्रगति हुनेछ। विशेष सभा–
समारोहमा सहभागी बन्ने मौका छ।

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top