Monday, December 1, 2014

जिन्दगी नै बर्बाद पार्ने यस्तो भुल कहिले नगर्नुहोस्

मानिसहरुलाई कल्पना गर्न कसैले
पनि छेक्न सक्दैन । आफू एक्लै भएको बेलामा होस्
वा साथीहरुको माझ, मानिसले कहिले पनि कल्पना गर्न
छोड्दैन । आफू एकातिर भएपनि मानिसहरुको सोच
कताकता डुलिरहेको हुन्छ । कहिले सृजनशील
विषयमा सोचिरहने मानिस कहिले यौनिक कल्पनामा हराउने गर्दछन् ।
युवापुस्ताले यौनीक कल्पना गर्नु सामान्य नै मानिन्छ ।
मानिसहरु कतिपय अवस्थामा आफ्नो पार्टनरसँग यौन सम्बन्ध
स्थापित गरिरहेको सोच्ने गर्दछ जसलाई सामान्य रुपमा हेरिन्छ ।
यसको नकारात्मक पक्ष केहि देखिँदैन । तर आफूसँग राम्रोसँग
घुलमिल नभएका मानिससँग यौनिक क्रियाकलाप गरिरहेको सोच्नुहुन्छ
भने यसको असर नकारात्मक हुने एक अध्ययनले
जानकारी दिएको छ । ‘द हेल्थ’ नामक
वेभसाइटमा प्रकाशित एक अनुसन्धानका अनुसार आफूसँग चिनजान
समेत नभएका मानिसहरुसँग सेक्स गरेको कल्पना गर्नु स्वास्थ्य र
जीवनको लागि घातक हुने गर्दछ । यस्तो कल्पनाले
मानिसको यौन व्यवहारमा नकारात्मक प्रभाव पार्ने र मनोरोगसमेत
देखिन सक्ने उक्त अनुसन्धानले जनाएको छ ।

आफूसँग राम्रोसँग
घुलमिल नभएका र चीनजानसमेत नभएका व्यक्तिसँग
अत्यधिक रुपमा यौनिक कल्पना गर्नाले स्वास्थ्यमा नकारात्मक असर
पर्न जान्छ । क्यानडाको ट्रेन्ट विश्वविद्यालयका डा. बेथ ए
भिजरका अनुसार आफ्नो पार्टनर वा घुलमिल
भएको व्यक्तिसँगको यौनिक कल्पना सामान्य भएपनि कतै देखेको मात्र
र कम घुलमिल भएका व्यक्तिसँगको यौनिक कल्पना अत्यधिक
मात्रामा हुनु निकै घातक मानिन्छ । कम चिनेको वा चिन्दै
नचिनेको व्यक्तिको विषयमा यौनिक कल्पना गर्ने व्यक्तिमा यौन
आक्रामकता बढि हुने र कतिपय अवस्थामा मनोरोगसमेत देखिने उक्त
अध्ययनले देखाएको छ । अध्ययनमा १ सय ९५ जोडि महिला र
पुरुषमा संलग्न थिए । त्यस्तै, ३५५ विद्यार्थीहरुलाई
पनि उक्त अध्ययनमा समावेश गरिएको थियो । (एजेन्सी)
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top